सानो छँदा तीज आउँदा आमाको पछि लागेर मामाको घर जाने गर्दथ्यौं म र मेरो भाई । आमा, छामाहरु र ठूलीआमाहरुको भेटघाट हुने त्यतिखेरको तिजले हाम्रा आमाहरुलाई एउटा औसर जुटाउने गर्दथ्यो – टाढाटाढाका दिदीबहिनीहरुलाई करिब एक बर्षपछि एकै ठाउँमा जुराउने । आमाहरुले वर्षभरी अनुभूत गरेका दुःखसुखका कुराहरु सुन्न पाउँदा अर्कै किसिमको आनन्द आउने गर्दथ्यो, मलाई पनि । मामाकै घरको तगारोबाहिर रहेको खुल्ला चौरमा गाउँका अरु चेलीबेटीहरु पनि जम्मा भएका हुन्थे, उनीहरुले तीजका भाकामा गाएका गीतहरुले गाउँ नै जुरुक्क पाथ्र्यो । हातका औंला झुराझुरा पर्ने गरी उनीहरुले बजाउने मादलको आवाजले निर्माण गर्ने रौनकका बारेमा शब्दमा म कसरी ब्यक्त गरुँ ? साँच्चीकै भिन्न थियो हाम्रा आमाहरुले उतीबेला मनाउने तिज । जति जति मेरो उमेर हुर्कदों छ, उति उति हाम्रा चाडपर्वहरु मनाउने शैलीमा पनि परिवर्तन हुँदै आएको महशुस गर्दै आएको छु, मैले । तीज, महिलाहरुको महान पर्व भन्ने गरिए पनि कतै यो महिलाहरुकै पहुँच बाहिर जान लागेको त हैन ? तीज बिशेष कार्यक्रमहरुमा निश्चित आर्थिक हैसियत भएका महिलाहरुको मात्र उपस्थिती देख्दा यस्तै अनुभूत गरेक...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।