Skip to main content

एउटा चोक, फुटबल र हस्ताक्षर


हस्ताक्षर गर्दै जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण बि.क.

“अझै दुई गोल भएको भए त एघारै जनालाई एकएक गोल पुग्थ्यो नी !” २०१४ को विश्वकप प्रतियोगिताको एशियाली छनोटमा जोडर्नसँगको आफ्नो पहिलो खेल ९–० को विशाल अन्तरले गुमाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापक कोहीपनि आलोचनाको परिधीबाट फुत्कन पाएनन् । सकभर बराबरी वा पराजित भएपनि थोरै गोल संख्याको अन्तरले मात्र पराजित हुने विश्वास बोकेर अम्मान उडेका नेपाली राष्ट्रिय टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस् यस पराजय पछि सबभन्दा बढी आलोचित पात्र रहे । आफ्ना खेलाडीहरुमा जोर्डनका खेलाडीहरुलाई टक्कर दिने अद्धितिय क्षमता रहेको बताउँदै आएका रोबर्टस्, टोलीका अन्य खेलाडी सदस्यहरु पक्कै पनि आफ्नो दाबीले पानी खाँदा सर्बाधिक चिन्ताग्रस्त थिए होलान नै तर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्तामा नेपाली फुटबलप्रेमीहरुले त्यो अकल्पनीय हारबाट विक्षिप्त हुँदै आलोचनात्मक टिप्पणीको हदै पार गरेर आफ्ना भित्ताहरु कुरुप पारे । 
हुनसक्दछ, हामी नेपालीको यो एउटा संस्कारगत त्रुटी हो, वा परम्परा नै हो । कमजोर पक्षमाथि आलोचना गर्नु स्वभाविक पनि मान्न सकिएला । तर आलोचनाको पनि सीमा हुन्छ भन्ने यथार्थ हामीले कहिल्यै बुझ्न सकेका छैनौं । के हाम्रा खेलाडीहरुले खेल गुमाए भन्दैमा हामीले त्यसलाई अस्वभाविक र अप्राकृतिक मान्नै पर्दछ ? के खेलमा जीत र हार स्वभाविक विषय हैनन् र ? हामीले यस्ता बखतमा किन सम्झदैनौं कि सन् २०१० को विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले पहिलो चरण पनि पार गर्न सकेन ? फुटबल आफैमा अनिश्चितताको खेल हो भनिन्छ, तर हामी नेपालीहरु यो विश्वव्यापी मान्यतालाई ठाडै अस्विकार गर्दछौं । त्यसैले हामी मुर्खतापूर्वक अनिश्चित खेलमा पनि सुनिश्चित र स्पष्ट नतिजाको पूर्वानुमान लगाउने गर्दछौं । र, आफूले चाहे अनुसारको नतिजा राष्ट्रिय फुटबल टोलीले हात पार्न सकेन भने दुर्वासाको जस्तो रिस प्रदर्शन गर्न थाल्दछौं ।
उत्कृष्ट प्रतिफल हात पार्नका लागि लगानी पनि सोही अनुरुपको हुनु पर्दछ । हाम्रो कुनैपनि खेलकुद क्षेत्रमा सरकारी वा गैर्‍हसरकारी निकायको लगानी शुन्यप्रायः छ । चिया र दुनोटको भरमा प्रशिक्षणमा उभ्भिन विवश हाम्रा खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलक्षेत्रमा लगानीभन्दा उत्कृष्ट नतिजा हात पार्ने गरेको यथार्थलाई हामीहरुले नकार्न मिल्दैन । त्यसकारण पनि हाम्रो राष्ट्रिय फुटबल टोलीले खेल गुमाउँदा आलोचनाका तीखा ब्यङ्ग्य बाण हैन सहानुभूतिका शब्दहरुको खाँचो रहन्छ । खेलाडीहरुको मनोबल गिराउने गरी आलोचनात्मक टिप्पणी कुनै पनि हालतमा शोभनीय मान्न सकिदैन । नेपाली खेलकुदप्रेमीले जान्नै पर्ने के हो भने, खेलमा हारजीत स्वभाविक हुन्छ ।
खेल गुमाउँदा त हामीले तथानाम गर्‍यौं तर घरेलु मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै त्यही टोलीलाई जब हाम्रो टोलीले १–१ को बराबरीमा रोक्दै सुखद नतिजा हात पार्न सफल रह्यो हामीले बधाईका लागि पनि कन्जुस्याइ गर्‍यौं । नेपाली टोलीको शानदार प्रदर्शनमा खुशी ब्यक्त गर्दै बधाईस्वरुप हामी केही उत्साही युवाहरुले मिलेर श्रावण १३ गते जिल्ला प्रशासन कार्यालय अगाडि भत्काइएको वीरेन्द्रको शालिकमा हस्ताक्षर संकलन गर्ने काम गरेका थियौं । धेरै मान्छेहरुको भीड हाम्रै अगाडिबाट आफ्ना गन्तब्यतर्फ लम्किरहेका थिए, कतिसँग फुर्सद थियो – हस्ताक्षर गर्ने, बधाइ ज्ञापन गर्ने, हाम्रो अभियानमा ऐक्यबद्धता ब्यक्त गर्ने र अलिकति भलाकुसारी गर्ने तर कतिपय यस्ता मान्छेहरु पनि त्यहाँ हिडिरहेथेँ, जो सँग आफ्नो हस्ताक्षर गर्न ५ सेकेण्डको फुर्सद सम्म पनि थिएन । म जान्दिन, उनीहरु के कति कारणले यति बिघ्न ब्यस्त देखाइरहेथे आफूहरूलाई तर मलाई त्यतिखेर अत्यन्तै दुख लाग्यो – जतिखेर जिल्ला विकास समिति म्याग्दीका केहि अधिकृतहरु त्यही बाटो हिड्दै गर्दा हामीले गरेको आग्रहलाई उनीहरुले महत्व दिएनन् । खाना खान हतार भएको जनाउँदै हस्ताक्षर गर्नका लागि ५–१० सेकेण्ड सम्मको समय ब्यवस्थापन गर्न नसकेका ती “अतिब्यस्त मनुवाहरुले” आफूहरुले फर्केपछि हस्ताक्षर गर्ने जानकारी पो गराए । मानौं कि हामीहरु उनीहरुकै हस्ताक्षर लिन चोकमा भेला भएका थियौं र उनीहरु नआइन्जेल हामीहरुले त्यहाँ उभ्भिएर उनीहरुकै प्रतिक्षा गरिरहने छौं । तर ती “अतिब्यस्त मनुवाहरुले” हुलाकचोक सम्म पुग्न १० मिनेट खर्च गरे– बाटामा भेटिएका मान्छेहरुको नमस्ते फर्काउदै र आफ्नो हाकिमी शानको भद्दा प्रदर्शन गर्दै । यहि सानो दृष्टान्त काफि छ, जुनसुकै क्षेत्रमा हामी किन असफल छौं ? थाहा पाउनलार्इ ।
हुन त राजनीति सप्रिन नसकेको देशमा क्षेत्रगत रुपमा ती क्षेत्रको विकास हुनुपर्दछ भनेर हामीले सोच्नु सायदै गलत हुन सक्दछ । तथापी, बिग्रेको वा भत्केको कुरामा टिकाटिप्पणी मात्र गरिराख्नु भन्दा सप्रेको वा सप्रन सक्ने विषयप्रति अलिकति बढ्ता संवेदनशील भएर लाग्नु आजको आवश्यकता हो । कुनै पनि क्षेत्रमा यदि हामी स्पष्ट सुधार वा प्रगति हेर्न, देख्न चाहन्छौं भने त्यस क्षेत्रको सुधार वा प्रगतिमा हामीले के योगदान दिन सक्दछौं त्यतापट्टि पनि हाम्रो ध्यान जान जरुरी छ । तसर्थः नेपाली फुटबल इतिहासमै पहिलो पटक दक्षिण एशियाको सबभन्दा उत्कृष्ट टोलीका रुपमा फिफा वरियाताक्रममा हाम्रो राष्ट्रिय टोली दरिनुलाई हामीले हाम्रो प्रतिष्ठाको विषय बनाउन सक्नुपर्छ । राज्यले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न ध्यान दिनु आवश्यक छ । अझ कम्तिमा पनि खेलकुद क्षेत्रमा लाग्नेहरुको आर्थिक भविष्य सुनिश्चित हुन सक्ने वातावरण निर्माण गर्न सक्ने हो भने हामीले खेलकुदका क्षेत्रमा अझ अरु उत्कृष्ट नतिजाहरु आत्मसाथ गर्न समर्थ हुन सक्नेछौं । होइन भने, चिया र दुनोट खाएर खेलको अभ्यास गर्ने हाम्रा खेलाडीहरुले प्राप्त गर्ने जस्तोसुकै नतिजामा हामी सन्तुष्ट हुन तयार हुनुपर्छ ।
(यो लेख नबविकल्प साप्ताहिकका लागि सुरक्षित गरिएको छ - लेखक)

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...