Skip to main content

Posts

प्रित बुझेको मेरो साथी

हिजो म मित्र लक्ष्मीसँगै निवासतिर फर्किदै थिएँ, एकाएक प्रणय दिवसको बारेमा कुरो उठ्यो । प्रितलाई नै केन्द्रविन्दु बनाएर प्रित संवाद जारी रह्यो – करिब आधा घण्टासम्म । उनी प्रेमका राम्रा ब्याख्यता हुन भन्ने मेरो आफ्नै बुझाई छ, र मलाई विश्वास छ – उनी एक असल प्रेमी पनि हुन । आदर्शवादी प्रेममा विश्वास गर्ने मान्छे हुन उनी । तर यसको मतलब यो पनि हैन कि प्रेमलाई अनुभूत गर्न/गराउन परस्परमा उपहार आदानप्रदान हुनुहुँदैन वा त्यो एकदम भौतिक कुरो हो भन्नेमा उनी विश्वास गर्दछन् । हाम्रो आधा घण्टे प्रितसंवादमा प्रेमको खास मतलब उनले के लगाए भने “प्रेम” को अर्थ मात्र “प्रेम” हो, यसभन्दा पल्तिर विभिन्न उपविषय वा उपप्रसङ्गहरु जोडेर प्रेमलाई ब्याख्या गर्न मिल्दैन । वा हुँदैन ।  ऋणात्मक ४ डिग्री सेन्टिग्रेडको ठन्डीमा हामी हिडिरहेथ्यौं । फुसफुस हिउँ झरिरहेथ्यो । प्रणयदिवसका बारेमा हामी संवाद गरिरहेथ्यौं – झल्याँस्स मैले ६२ फाल्गुणको प्रणय दिवसको याद गरेँ । जतिखेर तल बेशीमा समेत हिउँ परेको थियो । र, एक हुल रित्ता ठिटाहरु हामी जामुनाखर्कको उकालो चढेथ्यौं हिउँमा रमाएर तस्बिर खिच्न । कल्पिदैँ – सायद म पनि कस...

प्रणय दिवस, प्रेम र यौन

तत्कालिन रोमन साम्राज्यमा विवाह गर्न वर्जित गरिएका सैनिकहरुको विवाह गरिदिएको आरोपमा सन्त भ्यालेन्टाइनले जेल बस्नु पर्‍यो । र, जेल सजाय काटिरहेकै समय जेलरकी सुन्दरी पुत्रीसँग प्रेममा परेपछि उनलाई मृत्युदण्ड दिइयो । तीनै प्रेमी भ्यालेन्टाइनले आफूलाई झुण्ड्याईने दिनको अघिल्लो साँझ आफैले आफ्नी प्रेमिकालाई एउटा कार्ड बनाएका थिए । त्यो कार्ड जहाँ उनले आफ्नो प्रेमिल हृदयबाट आफ्नी प्रियतमाका लागि मारिनु अगाडि कुन शब्द लेखेर आफ्नो प्रेमका भावना पोखेका थिए होलान ? सायदै हामी परिकल्पना गर्न सकौंला ।  जेहोस अहिले हामी उनै भ्यालेन्टाइनको सम्मानमा प्रणय दिवस मनाउँदै आइरहेका छौं । थाहा छैन, कतिपय हामी प्रणय दिवसको महत्व बुझेर मनाउँदछौं यो, या मनाउनका लागि मात्र मनाउँछौ । तर महत्वपूर्ण कुरो के हो भने यसको विशेष महत्वलाई हामीले बुझ्नु जरुरी छ – कम्तिमा पनि यदि हामी आफूलाई असल प्रेमी वा प्रेमीका मान्छौं भने ।  उसो त हिजाँल प्रणय दिवसको महत्व सस्तो भएको छ । यसको अपब्याख्या भएको छ । गरिएको छ । फगत यसलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मात्र बुझिएको छ । अधिकांश प्रेमीजोडीहरु यो दिनलाई रमाई...

राजनीति, मेरो बुबा र म

एउटा समय थियो, जतिखेर बुबा आफ्नो पार्टीको सांगठनिक काममा एकदमै ब्यस्त हुनुहुन्थ्यो र म प्राथमिक तहमा अध्ययनरत थिएँ । घरमा बुबाको उपस्थिती अति नै पातालो हुने गर्दथ्यो । जिल्लाका विभिन्न गाउँहरुमा उहाँ पुगिरहँदा घरमा चाँहि म, भाई र आमा बुबाकै विषयमा कुरा गरेर बस्थ्यौं । आमा निकै नै चिन्ता लिनुहुन्थ्यो विशेषगरी बुबाको स्वास्थ्यप्रति । किनकी, बुबा हुनुहुन्थ्यो नै त्यस्तो । आफ्नो स्वास्थ्यको पटक्कै ख्याल नगर्ने – जस्तो खानेकुरा तात्तातै खाने, मदिरापान गर्ने आदि ईत्यादि । समाज र देश निर्माणको महानअभियानमा टेवा दिन पार्टीको काम लिएर गाउँगाउँ पुग्ने पिताजीलाई आफ्नै घर व्यवहारमा उति गम्भिर चासो रहेन । यो एउटै कारण थियो, म सानो छँदा पनि बुबासँग यहि विषयलाई लिएर झगडा गर्थे । सात कक्षाको विद्यार्थी हुँदा वर्षायामको एकरात एकहप्तापछि घर फिर्नुभएको पिताजीलाई मैले भनेको थिएँ – “तिमी बुढालाई हाम्रो केही मतलब छैन, खाली पार्टी पार्टी भनेर हिड्ने, अझ घर आउँदा रक्सी पिएर आउने ? तिमी जिउँदो लाश हौ !” मलाई थाहा छ खास त्यती धेरै मात्ने गरी रक्सी पिउनुभएको थिएन पिताजीले, परन्तु म हदभन्दा तल गिरेर बुबालाई गा...

प्रेम गर्नु अपराध होईन्

तस्बीर स्रोतः नागरिक अनलाइन उदयपुरमा तीन महिने बसाई अत्यन्तै सुखद रहेको थियो, मेरो । तीन महिनाको बसाई एउटा जिल्लालाई बुझ्नका लागि त्यति पर्याप्त समय पक्कै पनि हैन । तर किनकिन मलाई आफ्नो दोश्रो गृहजिल्ला जस्तो लाग्दछ उदयपुर । र, खबरहरुमा म उदयपुरलाई त्यति नै नजिकबाट पछ्याईरहेको हुन्छु, जति म मेरो जिल्लालाई नजिकबाट हेरिहेको हुन्छु । एउटै देशको एकै चौकिल्लाभित्र भएपनि मेरो जन्मजिल्ला र उदयपुरमा धेरै नै फरक पाएको छु मैले । सबै कुरा उस्तै आखिर कहाँको नै हुन्छ र ? तथापी हामीसँग केही संस्कारगत समानता भने पक्कै छन् । र, आज एउटा यस्तै संस्कारगत संयोग भेटे खबरमा । नागरिक दैनिकको अनलाइनसंस्करणमा महेश्वर चामलिङ दाईले लेख्नुभएको खबर – प्रेमलाई निषेध गरिएको खबर ! विस्मातजन्य खबर ! समाचारमा लेखिएको छ – उदयपुरको ताम्लिछा गा.वि.स.को विधालयमा कक्षा १० मा अध्ययनरत एक किशोरले आफ्नै सहपाठी किशोरीलाई प्रेमपत्र लेखेका कारण किशोरीका पिताले मरणाशन्न हुनेगरी कुटपिट गरेछन् । गाउँलेहरु हेरेको हेरै । परिवारका मान्छेहरु पनि जिल्लाराम ! धेरैलाई लाग्न सक्दछ यो सामान्य विषय हो । र, कतिलाई यो पनि लाग्न सक्छ कि आफ...

एउटा पत्र प्रिय सहिदहरूलाई

दिवंगत सम्पूर्ण मेरा प्रिय सहिदहरु भावपूर्ण श्रद्धान्जली लेख्नुपर्ने विषयहरु धेरै छन् । सन्दर्भहरुपनि थुप्रै छन् । प्रसङ्गहरु त कति छन् भनिसाध्य छैन । त्यसकारण पनि म अलमलमा छु – पत्र लेख्छु भन्ने अठोट त गरेँ, परन्तु शुरु कसरी गरुँ ? जेहोस्, आफ्ना प्राणको आहुति दिएर कम्तिमा पनि मलाई र मेरा आफन्तहरुलाई बाँच्ने वातावरण निर्माण गराईदिनु हुने तपाइँहरुजस्ता महान ब्यक्तित्वहरुलाई म भूपिले जस्तो चूनौति दिन असमर्थ छु – .. मरेर शहिद हुनेहरु हो जिएर त हेर जिउन झन गार्‍हो छ ... यस्तो हाँक दिन असहज लाग्दछ मलाई । सायद, त्यत्रो घगडान हैसियत बनी सकेको छैन मेरो । खैर, भूपिले के भनेका थिए भन्ने विषयमा ब्याख्या गर्ने हेतू होईन मेरो । समयको पाबन्दी छ मलाई । अलिकति कामकाजी छु । ब्यस्त छु – कुनैपनि विषयमा त्यति विधी गहिरिएर विश्लेषण गर्ने समयको अभाव छ मसँग । तरपनि किञ्चित विस्मात छैन मलाई कि मैले मेरा सहिदहरुलाई पत्र लेख्नका लागि पनि आवश्यक समयको चाँजोपाजो मिलाउन सकिनँ । किनकी, म परिस्थितीको दास छु । र, मलाई यस्तै ब्यक्तिवादी बनाएको छ मेरो समाजले । यहाँहरुलाई अवगत गराईहालुँ कि मेरो समाजले मलाई सिकाएको जीवन ...

हाइजिन पासको जाँच एक अनुभव

४० पृष्ठको यहि किताव अध्ययन गरेको थिएँ मैले हाईजिन पास परीक्षाको तयारीका लागि आज दुई चार प्रश्नहरू सोध्नु मन लाग्यो प्रिय मित्रहरूलाई - तपाइँलाई रेस्टुरेन्टमा मःम खान जाँदा कहिलेकाही बासी मःम खान बाध्य पारिएको छ कि नाई ? हाम्रा मिष्ठान्न भण्डारमा राखिएका मिठाई या अन्य तयारी परिकारहरू खानको लागि कत्तिको स्वस्थकर छन् होला ? के कहिल्यै यस विषयमा ध्यान दिनु भएको छ ?  हामीलाई खाना ख्वाउने होटल, मिष्ठान्न भण्डार र रेष्टुँराहरूमा काम गर्ने कामदारहरू खाद्यपदार्थको स्वस्थता, सरसफाई र सुरक्षाप्रति कत्तिको जानकार छन् होला ? अनि साँच्ची, परिकार तयार पारिने भान्छाचाँहि कत्तिको सफा र सुग्घर हुन्छ होला ? वा, यसो भनुँ हामीले रकम तिरेर खाना खाइने ठाउँमा हामीलाई उपलब्ध गराउने खानेकुराहरू स्वस्थकर हुनुपर्छ भन्ने विषयमा हाम्रो राज्य कत्तिको सचेत छ होला ? मेरो अनुभवले भन्छ - यसप्रति हामी कहिल्यै सचेत भएकै छैनौं । न त यससम्बन्धी ब्यवसाय गर्ने व्यवसायीहरूले यस विषयमा आफ्नो दायित्व केहि छ भन्ने नै सम्झन्छन् न त हाम्रो राज्य संयन्त्र नै हामी उपभोक्ताको स्वस्थ खाना खान पाउने अधिका...

सरकार, गुलाफको भाषा बुझिदेऊ !

ब्लगिङको नियमितताबाट केहि दिन विश्राम लिने विचार त थिएन, तर अवस्था त्यस्तै सृजना भैदियो । उसो त आफ्ना नीजि जीवन उति लेख्दिनँ म ब्लगमा म लेख्नलाई केहि न केहि "ईश्यु" को खोजीमा हुन्छु । र, ती पाइरहेकै हुन्छु । फेरि ब्लगको नाम छनौट गर्ने बेलामा पनि अलिकति होस पुर्याउन सकेनछु कि भन्ने लागेको छ । जसले गर्दा, म मेरो नीजि ब्यथाहरू "सापेक्ष बुझाई" को नाम मन्तिर उसैगरी लिपीबद्द गर्न सकिरहेको छैन जसोगरी म केहि अन्य राजनैतिक र सामाजिक मुद्दाहरूमा केन्द्रित भएर आफ्ना सापेक्ष बुझाईहरू पस्कन्छु । हुन त केहि पहिला देखि आफ्ना लेखाईहरूलाई "लेवल" पनि दिएकै हुँ, नदिएको हैन् जस्तो कि "नीजि कुनो" तर त्यसको प्रयोगमा म उति गम्भीरतापूर्वक लाग्न सकिनँ सायद, फलतः मेरा नीजि भोगाई, जीवन र अनुभूतिहरू उति पस्कन सकेको छैन । अब छिट्टै म सामाजिक वा राजनैतिक विषयवस्तुको टिकाटिप्पणीहरू कम, नीजि समस्या, त्रुटी र अनूभूतिहरूमा समालोचना गर्न अझ अरू केन्द्रित हुने प्रयत्न गर्नेछु । तर आज भने एउटा सामाजिक मुद्दाका बारेमा सानो टिप्पणी पस्कन्छु - देशको हाल बेहाल मैले भनिरहनु पर्दैन, अख...

छिः हाम्रो वाहियातको स्वाभिमान

अलिकति ब्यक्ति केन्द्रित छौं सायद हामी । सम्पूर्णतामा विश्लेषण गर्ने प्रयास गर्दैनौ हामीहरु वा सामथ्र्य राख्दैनौं त्यसो गर्नलाई । हामी हरेक विषय वा बस्तुको एउटा पाटोलाई नराम्ररी उछाल्छौं अनि असफल बन्छौं – सान्दर्भिक निचोड तय गर्नमा । त्यसैले पनि होला कहिलेकाही मलाई लाग्नेगर्छ – नेपाली संस्कार लिएर जति कोशको यात्रा गरेको छु मैले जीवनमा धेरैपटक जानअन्जानमा केही दुरीहरु गलत दिशातिर यात्रा गरेको छु कि ! यसर्थः पनि होला प्रायशः आफू “आफू” नै भएर जन्मिएकोमा गर्व गर्न डराउँछु । र, कवि भूपिले म जन्मनुभन्दा दुईतीन दशक पहिले लेखेको त्यो हरफले सधैं छोएकै हुन्छ मलाई – हामी फगत पानीका थोपा हौं । पानीका निर्वलिया फोका । हामी आफूसँग सिमीत ज्ञान छ भन्ने कुरो केहि गरी पनि स्वीकार गर्दैनौं । बरु, हरेक विषयमा आफू दख्खल भएको प्रमाणित गर्न कुनै कसर बाँकी राख्दैनौं । सोच्छौं कि संसार आफ्नो मुठ्ठीभित्र छ र यो हरतरहले आफ्नो नियन्त्रणभित्र छ । हामी आफूमा समाहित छ । जस्तो कि एकजना महासेनानीलाई युद्ध अपराधको आरोपमा बेलायतमा पक्राउ गरिदाँ केहि मानिसहरु हाम्रो राष्ट्रियतामा चोट पुगेको आँकलन गर्छन र राष्ट्रभक्ती...

यौन हिंसा र हामी लिलिपुटहरू

तस्बीर स्रोत मलाई हामी नेपालीहरुमा फोस्रो आडम्बर छ भन्ने लाग्दछ । अकिंचन हामी हाम्रा सगरमाथा र लुम्बिनीमा मात्र गर्व गर्दछौं । बीर गोर्खाली हौं भन्ने दम्भ पनि गर्छौ । यी बाहेक हामीसँग गर्व गर्न लायक अरु विषय वा क्षेत्रहरु पनि छैनन् सायद । तर गर्व गर्न मात्र लालयित हामीहरु आफूहरुमा आईरहेको नैतिक स्खलनका बारेमा ‘चूँ’ पनि बोल्दैनौ । त्यसैले त हामी हाम्रो समाजमा हुर्कदै गएको यौन कुण्ठा र त्यसले ल्याएको विकृती र अपराधका बारेमा चुप छौं ।  कतिपय हामीहरुलाई लाग्दो पनि हो – हाम्रा नकारात्मक कुराले हामीहरुको बेईज्जती गराउँदछ । हाम्रो इज्जतदार “गोर्खे शीर” नत गराउँदछ । र त हामीहरुलाई सदियौंदेखि आफू र आफ्ना समाजमा घटित थुप्रै घटनाहरूलाई आफ्नै परिधीभित्र सीमित गर्न किञ्चित हिच्किचाहट लागिरहेको छैन । धन्य हुन, भारतीय मिडिया र जनताहरु जसले दिल्लीमा भएको सामूहिक बलात्कारको घटनालाई बाहिर ल्याए र २१औं सदियौंमा पनि विद्यमान “नारी हिंसा” को घिनलाग्दो प्रवृत्तिका विरुद्धको जेहाद छेडे । र, अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दै आवाज बुलन्द     पारिरहेछन् ।  मेरो अहोभाग्यका कारण म त...

मेरो नयाँ वर्ष र इश्वी सन्

तस्बीर स्रोत प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मेरो समयरेखामा आजबाट २०१३ त्यसरी नै थप गर्‍यो जसरी एक बर्ष अगाडि मध्य पौषको कुनै एकदिन ईश्वी सन् २०१२ को पहिलो दिन अरुसबैसँगै मेरो जीवनमा पनि पर्दापण भएको थियो । हुन त नयाँ वर्षहरु थुप्रै नै आए जीवनमा जसै गरी ईश्वीसनको नयाँ वर्ष २०१३ आएको छ, परन्तु बिक्रम सम्वतको नयाँ वर्षमा जस्तो खास रौनक ईश्वी सनको नयाँ वर्षले ल्याउन सकेको छैन मेरो जीवनमा । यस अर्थमा धेरै मान्छेहरुले मलाई बिक्रम सम्बतको पक्षपाती पनि भन्लान् । तथापि म बिक्रम सम्बतको पक्षपाती भन्दा पनि ईश्वी सन् र यस इतरका पक्षहरुले हाम्रो मौलिकतामा पारेको दुष्प्रभावबाट केहि बढि चिन्तित छु । नढाँटि भन्नुपर्दा, ईश्वी सनको नयाँ वर्ष र यो सँगसँगै आउने विभिन्न उत्सवहरुले खास अर्थ दिदैनन् मलाई ।  यति हुँदाहुँदै पनि यसका केहि निश्चित तर विशिष्ट विशेषताहरुले मलाई लोभ्याउन भने छाडेका छैनन् जस्तो कि प्रत्येक फ्रेबुअरी १४ मा मनाइने प्रणय दिवस, अप्रिल १ को “अप्रिल फुल”, मे १ को अन्तर्राष्ट्रिय श्रम दिवस त्यस्तै डिसेम्बर १ को विश्व एचआइभी एड्स दिवस । यसलाई म विश्व भूमण्डलीकरणको प्रभाव भन...

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुस्  “ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं ।  साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ...

म, मेरी क्रिसमस र मेरो जिज्ञासा

स्नातक अध्ययन गर्दाताका समाजशास्त्रका लेक्चररले समाजशास्त्रका विभिन्न विषय, सन्दर्भ र प्रसङ्गहरुका बारेमा थुप्रै कुराहरु भने । गोरखसरको कक्षा मैले कहिल्यै पनि छाडिनँ । किनकी ती अत्यन्तै रोमाञ्चक बहसले भरिपूर्ण हुन्थे । रमाईला यस अर्थमा कि उनले पढाउने विषयमा केहि समाजशास्त्रीहरु पनि देखापर्थे र बिबाहलाई बैधानिक बेश्यावृतिको अर्को रुप भनेर वकालत गर्थे अनि मजस्ता चिचिला दिमाग भएकाहरुलाई त्यो कक्षा लिएको दिनभरीजसो ‘ह्याङ’ बनाईरहन्थे । यी र यस्तै विषयहरुलाई फरक र विस्तृत पाराले केलाइएका पाठहरुका बारेमा उनी आफ्ना धारणाहरु राख्थे र हामी विधार्थीहरुलाई छलफल गर्न प्रेरित गर्ने गर्दथे । छलफलका ती विषयहरुमा कुनै दिन  परसंस्कृतिग्रहण ( Acculturation ) र आत्मसाथिकरण ( Assimilation ) का बारेमा पनि लामै बहस भएको म राम्ररी सम्झन्छु । र, आज त्यो छलफल पुनर्लेखन नगरी फेसबुकका भित्तामा हिन्दु र बौद्धमार्गी नेपालीहरुले क्रिसमसको शुभकामना पोतिरहेको सन्दर्भमा आफूलाई लागेका केहि कुराहरु लेख्न चाहेको छु । कोशिस गरेको छु । ईदको दिनमा म उति सारो ईद मुबारकको शुभकामना देख्दिनँ । म जान्दिनँ धार्मिक सहिष्णुता ...

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १

अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ?  तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन...