Skip to main content

म, मेरी क्रिसमस र मेरो जिज्ञासा

स्नातक अध्ययन गर्दाताका समाजशास्त्रका लेक्चररले समाजशास्त्रका विभिन्न विषय, सन्दर्भ र प्रसङ्गहरुका बारेमा थुप्रै कुराहरु भने । गोरखसरको कक्षा मैले कहिल्यै पनि छाडिनँ । किनकी ती अत्यन्तै रोमाञ्चक बहसले भरिपूर्ण हुन्थे । रमाईला यस अर्थमा कि उनले पढाउने विषयमा केहि समाजशास्त्रीहरु पनि देखापर्थे र बिबाहलाई बैधानिक बेश्यावृतिको अर्को रुप भनेर वकालत गर्थे अनि मजस्ता चिचिला दिमाग भएकाहरुलाई त्यो कक्षा लिएको दिनभरीजसो ‘ह्याङ’ बनाईरहन्थे । यी र यस्तै विषयहरुलाई फरक र विस्तृत पाराले केलाइएका पाठहरुका बारेमा उनी आफ्ना धारणाहरु राख्थे र हामी विधार्थीहरुलाई छलफल गर्न प्रेरित गर्ने गर्दथे । छलफलका ती विषयहरुमा कुनै दिन  परसंस्कृतिग्रहण (Acculturation) र आत्मसाथिकरण (Assimilation) का बारेमा पनि लामै बहस भएको म राम्ररी सम्झन्छु । र, आज त्यो छलफल पुनर्लेखन नगरी फेसबुकका भित्तामा हिन्दु र बौद्धमार्गी नेपालीहरुले क्रिसमसको शुभकामना पोतिरहेको सन्दर्भमा आफूलाई लागेका केहि कुराहरु लेख्न चाहेको छु । कोशिस गरेको छु ।

ईदको दिनमा म उति सारो ईद मुबारकको शुभकामना देख्दिनँ । म जान्दिनँ धार्मिक सहिष्णुता राख्ने मेरा महान नेपाली बन्धुबान्धवहरु ईदको शुभकामना दिन किन बिर्सन्छन् ? शिख धर्मावलम्बीहरुले भब्यतापूर्वक मनाउने उनीहरुका प्रिय गुरु नानकको जन्मदिनका दिन किन शुभकामनाहरु लेखिदैनन्, जैनहरुको महत्वपूर्ण मानिने महावीर जयन्तिका दिन किन शुभकामना लेखिदैनन् ? तर क्रिसमसका अवसरमा सबैजना जुरुक्कै भएको देख्छु । प्रायःको मुखमा झुण्डेको पाउँछु – मेरी क्रिसमस । अचम्म लाग्छ मलाई । म एकोहोरिन्छु । हुँदाहुँदा मैले दुईचार साथीहरु यस्तो पनि पाएको छु – जसले दशैं र तिहारलाई अस्वीकार गर्दछ । हार्दिकता पूर्वक शुभकामना अस्वीकार गर्छ, जिकिर गर्छ – बाहुनवादलाई बढावा दिने पर्व हुन यी । हिन्दुहरुका चाड हुन यी भन्छ । तर क्रिसमसका बेलाँ उनीहरु आफै मलाई चिच्याईचिच्याई शुभकामना प्रदान गरिरहेको पाउँछु – मेरी क्रिसमस ! सनातनदेखि चलि आएका पर्वहरु बाहुनवादी भए, केहिवर्ष अगाडिदेखि पैसा र प्रलोभनमा परेर धर्म परिवर्तन गरेकाहरु अहिले बार्‍ह हात उफ्रिरहेछन् । क्रिसमस उनीहरुको महान पर्व भएको छ, जिसस उनका महान देवता भएका छन् ! सोचनिय विषय हो यो । 
तस्बीरः इन्टरनेट श्रोत
क्रिसमसका बारेमा खास जानकारी नराख्नेहरु पनि ख्यालख्यालैमा क्रिसमसका शुभकामनाहरु बाँडेको भेटेको छु मैले । लौं माने मैले शुभकामना बाड्न बन्देज छैन । एउटा क्रिश्चियनले अर्को क्रिश्चियनलाई वा एउटा हिन्दु वा बौद्धमार्गीले कुनै क्रिश्चियनलाई ‘मेरी क्रिसमस’ को शुभकामना दिनु स्वभाविक होला । हुनसक्छ । तर एउटा हिन्दुले अर्को हिन्दुलाई, ‘मेरी क्रिसमस’ को शुभकामना अलाप्नुलाई म के भनुँ ? कसरी बुझुँ ? मैले मेरो क्यानेडेली क्रिश्चियन साथी ज्याक्सलाई ‘ह्याप्पी राम नवमी’ भनेँ भने के होला ? वा, त्यसले कुनै अर्थ राख्दछ ? मैले मेरो मुश्लिमसाथी मोर्ताडालाई ‘ह्याप्पी लक्ष्मीपूजा’ भन्नुको कुनै तुक छ ? त्यसकारण यहाँ नेर मेरो भन्नुको तात्पर्य के हो भने – तिमी नेपाली हौं, र तिमी हिन्दु हौ वा धर्म परिवर्तन गरेर क्रिश्चियन नै भएका किन न हौं – तिमिले मलाई ‘मेरी क्रिशमस’ को शुभकामना ब्यक्त गर्नुमा म कुनै तुक देख्दिनँ । 

एकले अर्काको धर्मको सम्मान गर्न सक्नु वा सिक्नु धार्मिक सहिष्णुता हो । तर धार्मिक सहिष्णुताका लागि एउटा हिन्दु क्रिसमस मनाउन चर्च पुग्नु, ईदका बेला मस्जिद पुग्नु र बुद्ध जयन्ती मनाउन चैत्य पुग्नुमा मैले केहि अर्थ देख्दिनँ । त्यसरी धार्मिक सहिष्णुता निर्माण हुँदैन । देखाउनका लागि देखाउनु वा मान्नका लागि मान्नुको केहि अर्थ हुँदैन । परन्तु श्रद्धापूर्वक एक धर्मावलम्बीले अर्को धर्मको देवास्थलको भ्रमण गर्नु, सबै धर्मको अस्तित्वलाई स्वीकार्नु र अर्को धर्मको संस्कारलाई ग्रहण गर्नु फरक विषयहरु हुन भन्ने बुझ्नु जरुरी छ । 

यी र यिनै प्रसंगहरु विश्वव्यापीकरणका नाममा भित्रिएका विसंगतीहरु हुन भन्दा फरक पर्दैन । धनी र शक्तिशाली देशहरुले आर्थिक रुपमा मात्र हैन सांस्कृतिक र धार्मिक रुपमा समेत उनीहरुमा परनिर्भरता बनाउन खोज्नुको प्रपञ्च बाहेक अर्थोक यो हुनै सक्दैन् । हामीहरु बेलैमा सचेत हुनु जरुरी छ । किन गरिब बस्तीहरुमा चर्च ठड्याइदै छ ? किन हिन्दुहरुको सङ्ख्या बढि देखाइयो (खासमा क्रिश्चियन मानिनेहरुको संख्या कम देखिएकोमा हो) भन्दै जनगणनाको प्रतिवेदनलाई आगोमा हालिदै छ ? को छ यी सब हुनुको पछाडी ? बुझ्नु जरुरी छ । 

हुनसक्लान हाम्रा धर्म, संस्कृति र संस्कारहरुमा त्रुटीहरु । ती त्रुटीहरुलाई सच्याउनुको साटो हामी अरुका धर्म, संस्कृति र संस्कारहरुलाई राम्रो देखेर अंगाल्नपट्टि लाग्यौं भने त्यसले हाम्रो पहिचानको संरक्षण गर्ने हैन हाम्रै अस्तित्व मेटाइदिनेछ । हरेक चम्किने बस्तुहरु हिरा हुँदैनन् भन्ने ज्ञात हुँदाहुँदै आयातित पर्वका चमकदमकमा अल्झिन खोज्यौ भने प्रकारान्तरमा त्यसले हामीलाई सबभन्दा ठूलो क्षति पुर्‍याउनेछ ! यो अवश्यंभावी छ । 

Comments

  1. Ramro lekh hajur. Jay Hindu Rastra Nepal

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...