Skip to main content

Posts

त्यो एक दिन

रेलभित्र यात्रुहरु पस्दै थिए । म भित्र छिरे लगत्तै एउटी मगन्ते फिनिश बुढीआमा पनि रेलभित्र पसीन । रेलको टिकट बेच्ने मानिसले मलाई पुलुक्क हेर्दै, आँखा झिम्काउँदै ती बुढी आमालाई टिकट छ ? भनेर सोध्यो ! टिकट बेच्नेलाई जाँच्ने अधिकार भएपनि उनीहरुले त्यसो गरेको मैले देखेको थिइँन । उसले मलाई आँखा सन्काएका हिसावले मैले के बुझेँ भने – ऊ सायद रेलका यात्रुहरु ती बुढी आमाको माग्नेकामले आजित नहुन भन्ने चाहन्थ्यो । बुढीआमा टिकटको वैधानिकता जाँच गर्ने यन्त्र भएको ठाउँमा पुगिन, यन्त्रमा यात्रुकार्ड राखेपछि हरियो बत्ति बल्यो । बुढीआमा यथास्थानमा फर्किन । ऊ मुसुक्क हाँस्यो । बुढी आमालाई धन्यवाद भनेर चालक कक्षभित्र छिर्यो । म ट्वा परेँ ! माग्नेमान्छे समेत टिकट लिएर यात्रा गर्छ । माग्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ । हाम्रो र यिनीहरुको संसार कति फरक ?! नियमका कुरा सबैलाई बरावरी लागू हुन्छ । र, नियमको सम्मान पनि त सबैले नै गर्छन । यहाँका मान्छेहरुको “सभ्य व्यवहार” को उत्कृष्ट नमुनाहरुको दृश्यपान गरेपछि मैले धेरैपटक यसरी नै ट्वा पर्नु परेको छ ।  *** एकदिन जेब्रा पारमा म, एकजना युवती...

त्यत्तिकै देश बन्दैन् हजुर!

समय मैं ऋतुकालमा प्रविष्ट नहुने असाध्य नारी रोगले आक्रान्त मेरी धर्मपत्नीको व्यथा नेपाल छाड्दा पनि उस्तै नै रह्यो । त्यसकारण , उनले यो विदेशी भूमीमा पहिलो पटक यहाँको चिकित्सकसँग चेकजाँच गराउनु पर्ने भयो । त्यस हेतू नजिकैको सरकारी स्वास्थ्य केन्द्रमा फोन मार्फत हामीले चेकजाँचको लागि समयको अग्रीम प्रबन्ध ग र्‍ यौं । उनका लागि आकस्मिक सेवा आवश्यक नभएका कारण , स्वास्थ्यकेन्द्रले तीन हप्तापछिको समयको ब्यवस्था गरिदियो ! तीन हप्तापछि बिहान आठ बजे उनी स्वास्थ्य केन्द्र पुगीन । “ नयाँ ठाउँ , नयाँ परिवेश , नयाँ हावापानीका कारण सिर्जित तनावका कारणले त्यस्तो भएको रे डाक्टरले भनेकी ! ” स्वास्थ्यकेन्द्रबाट फर्केर आफ्नो झोला समेत नबिसाई एकै श्वासमा पत्नीले सुनाईन । “ ए , ए ! हामी त्यसै के के सोचेर आत्तिएछौं ! ठीकै छ नी त उसोभए । ” मैले यतिभनेपछि आफूले स्वास्थ्यकेन्द्रमा बिताएको आधा घण्टाभन्दा बढीको समयमा के के भयो र कस्तो अनुभव रह्यो उनले सविस्तार सुनाइँन । जुन मेरा लागि नौलो विषय थिएनन् । “ म तल बसिरहेकी थिएँ , मेरो नाम लिदैँ डाक्टर आइन । मलाई ह्युभा हुवामेन्ता (शुभप्रभात) भन्दै अभिवादन...

हाम्रो बच्चा हुर्काउने काइदा

तस्वीरमा छोरी  चार बर्षपहिलेको एउटा घटना याद भो, “आमा, अब मलाई ज्यामिति बाकस चाहिन्छ है, पर्सीबाट ज्यामितीको पढाई हुन लाइच्च !” म त्यहीबाटो भएर कतै जाँदै थिएँ, एकजना गाउँले भाईले आफ्नी आमासँग ज्यामिति बाकसको माग गर्दैथिए । उनकी आमाले झर्किदै भनिन् – “तेरो बाउले पैसा नपठाएको पाँच महिना भैसक्यो, मैले कहाँबाट ल्याएर दिने हो ?” म बाटोमा टक्क रोकिएँ, आमा–छोराको वार्तालाप सुन्नलाई । बच्चाले माग राखिनै राख्यो, उसलाई बाबुले पैसा पठाउनु या नपठाउनुसँग सम्बन्ध थिएन । आमाले प्रतिजवाफ दिईराखीन् । एकछिन पछि पट्यांग आवाज आयो । आवाजसँगै अर्को करुण आवाज आयो । त्यो रुवाईको आवाज थियो । लगत्तै, म निशब्द त्यहाँबाट हिडेँ । एकपटक अमेरिका घुमेर फर्केपछि नयिका रेखा थापाले सार्वजनिक टिप्पणी गरेकी थिईन – “अमेरिकामा अरु त सबै ठीक लाग्यो तर आफ्नो बच्चालाई एक दुई झापड लगाउन पनि नपाइने कुरोले ताजुब बनायो । त्यो कस्तो नियम हो ?” आमा पनि नबनेकी उनले गरेको सार्वजनिक टिप्पणीले एउटी छोरीको बाबु बनिसकेको मलाई चाँहि आश्चर्यचकित बनायो । त्यो अलिकति स्वभाविक टिप्पणी भैकन पनि त्यसले नेपाली संस्कारको दुर्बल पाटोलाई...

मैले एकदिन श्रीमतीलाई खाजा बनाएर खुवाएँ

गएको हप्ता त हो नी छोरीले आफ्नी आमा (ममी) को मोबाइल फोनमा ‘मिस्ड कल’ गरेको, अनि मेरी दुलहीले छोरीलाई फोन गरेको । आमा–छोरीको मोबाइल वार्ता सुन्दै गर्दा बोलीरहेका दुईजनामा मैले प्रशन्नताको स्पष्ट भाव पाएथेँ, तर मलाई अलि धेरै गम्भीर बनाईदिए मेरा दुई परीहरुले ! “के गर्दैहुनुहुन्छ नी ?” हामीले यताबाट “छोरी” भनेपछि उताबाट छोरीले बोल्ने पहिलो वाक्य नै यहि हो ! त्योदिन पनि छोरीले उनकी आमाले “छोरी” सम्बोधन गरेलगत्तै यहि प्रश्न गरीन् । “तिमीसँग कुरा गर्दैछु ।” वा “भर्खर खाजा खाएँ ।” भनेको भएपनि आज म यसरी सायदै यो लेखिरहेको हुनेथिएँ । तर मेरी पत्नीले भनीन – “म भर्खर पढेर आएको, बाबाले खाजा बनाउनु भयो अनि हामीले खायौं !” यसो भनेर सकेपछि उनले पुलुक्क मतिर फर्केर हेरीन् । उनको त्यो हेराईमा मैले असीम अनुग्रहीत भाव पाएथेँ । उनीहरु अरु धेरै कुराहरु गर्दै थिए, मलाई चाँहि पत्नीले बोलेको पहिलो वाक्यले नै एक हिसाबले स्तब्ध बनायो । अझ यस्तो भनूँ कि त्यसले मेरो भावुक हृदयलाई क्षतविक्षत पार्‍यो । उनको तात्कालिक अनुग्रहीत भावले मेरो हृदयमा ल्याएर आएको कम्पनको अहिले म वर्णन गर्न सक्दिनँ । प्रायःजसो म कामबाट ...

मेरो नानीलाई नेपाली बोल्नै आएन

म बस्ने घरबाट रेल बिसौनीतिर जाने बाटोको मध्य भागतिर बालबालिकाहरुको स्याहार गर्ने पाइभा कोटी (बालबालिका दिवा स्याहार गृह) छ । किनमेलका लागि पसलहरुमा जाँदा म त्यहीबाटो भएर हिड्ने गर्छु । ग्रिश्मकालीन सन्ध्याहरू यति रोमाञ्चक हुन्छन कि राती एघारबजेसम्म घामको उज्यालो हुन्छ । र, एक साँझको ७ बजेतिर म किनमेलका लागि पसल जादैँ थिएँ । मैले एक फिनिश स्वास्नीमान्छेलाई आफ्ना दुईजना बच्चाहरुसँग त्यही स्याहार गृहको खेलमैदानमा खेलिरहेको देखेँ । “आइती...” लामो लेघ्रो तान्दै उनको सानो बच्चा आफ्नी आमालाई केही सोध्दै थियो । उसले “आइती” भनेर आमालाई बोलाएको मात्र मैले बुझेँ । किनकी फिनिशमा “आइती” भनेको आमालाई भनिन्छ भन्ने मैले यहाँ आउँदाको पहिलो महिनातिरै थाहा पाइसकेको थियो । बाँकी उसले के सोध्यो मैले बुझिनँ । उसकी आमाले केहि बताइन । ऊ “कितोस” भन्दै खुरुरु दौडियो । उसले आमालाई धन्यवाद भनेको थियो । तत्क्षण मैले मेरी ७ बर्षीया छोरीलाई याद गरेँ । उनले आफ्नी हजुरआमा (मेरी आमा) लाई आमा, र आफ्नी आमालाई ममी भनेर सम्बोधन गर्ने गरेको सम्झेँ । अनि मैले यो पनि सम्झेँ कि मैले मिठाईहरु लगिदिदा वा वार्षिक तथा त्रैमासि...

शिशा पुछ्दै गर्दा आएथ्यो देशको याद

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो ।  पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड १  छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं !  हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पा...

म शिशा पुछ्दिन

“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ । त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैल...

युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलाई गोविन्द दाई भन्ने गर्थेँ । उनलाई मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भाइ । म त्यसै त्यसै पुलकित हुन थालेँ । पछिफेर सामिप्यता बढेपछि, मैले उनलाई अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दाईले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलाई असिम खुशी पनि लाग्दछ । तर ६० को प्रारम्भ...

म्याग्दी, तर्क र नांगो नाच

म्याग्दीमा अचम्मको राजनीति छ । उसो त नेपाल नै अचम्मको राजनीतिमा चलिरहेको देश हो । उधोग बाणिज्य संघमा राजनीति, क्याम्पस संचालक समितिमा राजनीति । राजनीतिबाट अछुतो छैन- जिल्ला बाल संगठन, वा कुनै सामुदायिक बिधालयको व्यवस्थापन समिति । अझ म्याग्दीमा त काङ्ग्रेस र एमालेका छुट्टाछुट्टै नीजि बोर्डिङ, केबुल, सहकारी, पसल, ट्युसन सेन्टर, ढिकुटी खेलाउने घोपा, रेष्ट्रँरा, होटल, करिब करिव सबैसबै सेवा प्रदायकहरू छुट्टाछुट्टै छन् । अझ राजनीतिको प्रभाव शुन्यः हुनुपर्छ भनेर ठानिने रेडक्रसमा समेत राजनीति छ म्याग्दीमा । पहिला पहिला काँग्रेसीहरू आलोपालो हुन्थे रेडक्रस अध्यक्ष, अहिले एमालेहरू चलार्इराखेका छन् । मानौं म्याग्दी जिल्ला एमाले र कांग्रेसको बिर्ता हो । र, त्यहाँ उनीहरू आफ्नो क्षमता, शक्ति र पैसाका आधारमा नांगो नाच नाच्न रूचाउँछन् । पछिल्लो क्रममा, राजनीतिको नांगो नाच एमाले र कांग्रेसले खुलेर नाचिरहेका छन् । यो नांगो नाचमा सर्वाङ्ग नाङ्गो नाच चाँहि काङ्गेसले नाचिरहेछ । गीतको बोल छ – जिल्लाबाट बनेका छन् तीनजना सभासद हाम्रै माननीयले पाउनु पर्छ प्रमुख अतिथीको पद ... संविधानसभाको पछिल्लो निर...

सिंहदरबार, एउटा जोगी र घण्टा

केहि बर्ष पहिले हाम्रो गाउँमा वैदिक सनातन धर्म उत्थानका लागि भनेर एकजना स्वामीको प्रार्दुभाव भो । समथर चौरको सानो सुर्का जसलाई ठाडो चौर भनिन्छ, तहाँ स्मावीमजीले आश्रम बसाले । केहि गाईहरू पालिए । सागपात लगाईए । केराका बोटहरू लगाइए । बेलौती पनि फलेकै छन् । उजाड सुर्को हरियाली भो । आक्कल झुक्कल आउने स्वामीले प्रवचन पनि दिन शुरू गरे । सुन्नलाई मान्छेहरू जम्मा हुन थाले । एकाध मान्छेहरू बैष्णव भएर त्यतै कुटीमा पनि बसे । केहि मान्छेहरू ठाडा टिका पहिरिएर बैष्णव बने । तीनलाई मन नपार्नेहरूले "ठाडटिके" को विशेषण पनि दिए । कृष्णतट देखि ७०० मिटरमाथिको उचाइमा रहेको मेरो गाउँमा मान्छेहरू दुईचीरामा विभक्त भए । एकथरी ती ठाडटिकेहरू जसले वैष्णव संस्कार शिरोधार्य गरे, ललाटमा ठाडो चम्किलो पहेंलो रंगको तिलक पहिरिनेहरू, र अर्काथरी तीनै तिलकधारीहरूलाई मन नपार्ने मान्छेहरू । ठाडटिकेहरू कस्ता भने, यी भिन्दै किसिमका । घर परिवारका अरू मान्छेहरूले पनि छोएको वा पकाएको नखाने, अत्यन्तै शुद्दता कायम गर्ने । त्यो शुद्दता कस्तो भने ठाडटिके संस्कारसहित भर्खर भर्खर गोबर ग्याँस प्लान्ट पनि गाउँ छिरेको त्यो बखत पा...

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । ...

कुरी कुरी कांग्रेस, कुरी कुरी सभासद !

केहि वर्ष पहिले, जिल्ला परिषद बैठकमा एमालेका तत्कालिन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पहिलो संविधानसभामा म्याग्दी जिल्लाबाट प्रत्यक्ष निर्वाचित एकिकृत माओवादीका सभासद गोविन्द पौडेल उर्फ प्रविनको जिल्लाका हिमाली भेगमा संकलन हुने यार्सा गुम्बाको चोरी तस्करीमा संलग्नता भएको बारे राष्ट्रिय मिडियामा प्रकासित÷प्रसारित समाचारका बारेमा उल्लेख गर्दासाथ मञ्चमा सँगै आसिन माओवादीका जिल्ला संयोजक समेत रहेका एक कँडेल थरका नेताले कुर्सी प्रहार गरेपछि त्यतिखेर ठुलै हंगामा भयो । धेरैले घटनाको टिप्पणी गर्दै गर्दा माओवादीको उग्रताको खुलेरै विरोध गरेँ । ती मध्ये कतिपयले त्यस हर्कतले. माओवादीमा जंगली स्वभावको अवशेष अझै रहेको पुष्टि भएको बताए । विभिन्न दावा गर्ने क्रमको अघिल्लो पंक्तिमा नेपाली कांग्रेसका स्थानीय नेताहरु नै थिए । र, अहिले त्यस्तै अर्को जंगली स्वभावको अवशेषको प्रदर्शनी भएको छ,  बेनी नगरपालिकाको परिषदमा । र, त्यो हर्कत कुनै सामान्य व्यक्त्तिले होइन, नेपालसरकारले दोश्रो संविधानसभामा मनोनित गरेका २६ सभासदहरु मध्य एक सभासद – रेशम बानियाँले गरेका छन् ।  राष्ट्रियस्तरमा योगदान पुर्‍य...

क्रान्तिकारीहरू र बिजगणितको एउटा सुत्र

हामी आठमा पढ्थ्यौ । तिहारपछि भर्खर स्कुल खुलेको थियो । स्कुल खुलेको त्यस्तै तीन चार दिनभएको हुनुपर्छ । चाडपर्वपछि फेरि क्रान्तिकारीहरूको कृयाकलाप उग्र बन्दै थियो । यस्तैमा हँसिया हथौंडा अंकित झण्डा बोकेर आफूलार्इ क्रान्तिकारी भनेर बताउने हामीभन्दा दुर्इ तिन वर्ष जेठा उमेरका किशोरहरू हाम्रो कक्षामा पसे । त्यो पार्वती मिसको क्लास थियो । एकबजेपछिको त्यो घण्टीमा गणित मिसले हामीलार्इ बीजगणितकको " सरल गर्ने "  हिसाब सिकाउँदै हुनुहुन्थ्यो । र, कालोपाटीमा ए स्क्वाएर प्लस बी स्क्वायरको सुत्र लेखिएको थियो । मिससँग अनुमति लिएर उनीहरूले त्यो पिरियडभरि क्रान्तिकारी भाषण गरे । र, हामीले पढ्दै गरेको शिक्षा बुर्जुवा शिक्षा भएको र यसले कसैलार्इ पनि सफल बनाउन नसक्ने जिकिर गर्दै ती मध्येको एउटाले आफ्नो तर्क पेश गरे - " ए स्क्वायर प्लस बी स्क्वायरको सुत्रले " होलो (हलो) बनाउन सिकाउँछ ? डोको बुन्न सिकाउँछ ? कि खेत खन्दा काम लाग्छ ? केहि गर्न पनि सिकाउँदैन । हामी किसानका छोराछोरीले यो अंकगणित र विजगणित पढेर केहि काम छ ? साइन्स पढेर हामीले डाक्टर बन्न सक्दछौ ? साइन्स भनेका धनीमानीका...