तस्वीरः गुगल :) ”भगवान कसम, त्यति राम्रा परेला भएकी केटी मैले अहिले सम्म देखेको पनि छैन, देख्न पनि नपरोस् !” – हामीसँगै भर्खर भर्खर फिनल्यान्ड पढ्न आएको एक मित्रले बैङ्क खाता खोलेर आएको दिन मेरी बास्सैको ‘खड्काजी' को शैलीमा बैङ्ककी खजाञ्ची युवतीको परेलाको तारिफ गर्दै सुनाएका थिए । सुन्नेमा एउटा म पनि थिएँ, मेरो त्यतिन्जेलसम्म बैङ्क खाता थिएन । प्रथम वर्षको म पनि विलखबन्दमा थिएँ, निर्णय लिन नसकेर कि खाता कुन बैङ्कमा खोल्ने ! दोश्रो वर्षका विद्यार्थीहरू प्रायःको खाता त्यही बैङ्कमा रहिछ । अर्थात उही परेला राम्री भएकी युवतीले काम गर्ने बैङ्कमा । अतएवः ईश्वीसन् २०१२ को सेप्टेम्बरको पहिलो हप्ता निख्रिदै गर्दा म पनि त्यही बैङ्कमा नै खाता खोल्नको लागि गएँ । निवासमा खजाञ्ची युवतीका राम्रा र तिखा परेलाका बारेमा निकै चर्चा भएकाले, ममा त्यो युवती हेर्ने उत्कट चाहना थियो । सौभाग्यवशः मैले खाता खोल्दा मलाई सहयोग गर्ने कर्मचारी त्यही युवती थिई जसका ठाडा ठाडा परेका खेलौना गुडियाका जस्ता परेला थिए । त्यो दिन खाता खोल्दै गर्दा उसँग भएको वार्तालापमा भन्दा मेरो ध्यान उसकै परेला एकदमसँगले आकर्षि...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।