Skip to main content

Posts

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – " को अंकल ? " मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, " को अंकल हुनु ? हजुरको बाबा के !" " कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ । " मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो । यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर्वाचनमा प्राप्त गरेको टिकटका बारे थाहा पाएपछि मैले बाबाटै आधिकारिक पुष्टी लिन चाहेँ । फोन गरेँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रह्यो त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, " बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो । " " चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ । " फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान ग...

नेताको छोरा १ - समाज, विकास र चुनाव

चुनाव प्रचारका क्रममा म्याग्दी दुर्गम गाउँ चौरखानी जाँदै बाटोमा “यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत पाँच बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै पाँचवटा बिसौनी पार गरेर पन्ध्र मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन ।  सडकमा मान्छेहरु हतारिदै आफ्ना गन्तब्यतिर गैरहेको देख्छु । अनि फेरि मनमा अर्को प्रश्न उब्जन्छ, किन यी चिया पसल या चोकहरुमा रोकिएर कुरा गरिरहेका छैनन् ? के यीनले कुरा नगर्ने सन्दर्भ नै नपाएका हुन त? सन्दर्भ त जति पनि छन । तर यी बेफ्वाँकको गफ लगाएर नबस्दा रहिछन । एकपटक मैले रेल बिसौनीमा आधा घण्टाजति बिताउनु परेको थियो । छेउकै कुनामा मेरो सहपाठी मस्त ध्यान ...

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु । उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र म...

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्ड मा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङ मा धेरै सुधार ल्याउन मद्दत गर्यो । टाइपिङ मा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड ...

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुराईरहेछ ।' 'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनला ई  सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मला ई  । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक  ई बी,  ईख  अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मला ई  त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन ।  तर आज? आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मला ई  लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूला...

खोंच, अभिशप्त सोंच र एउटा मञ्च

मलार्इ समितिहरूमा संलग्न हुन उति चाख लाग्दैन । मलार्इ खादा पहिरिनु या पहिराउनुमा श्रेयस्कर पनि लाग्दैन । मलार्इ कथित विजयको अबीर लगाउनुमा अभिरूची छैन । आजसम्म मनोनित गरिएका पदहरू न मैले लिएकै छु न त्यसमा मैले त्यस्तो गहिरो रूची नै राखेको छु । तर केहि हप्ता पहिले सामाजिक संजालमा बाँडिएको एउटा सूचनाले मेरो ध्यान खिच्यो । ख्वै किन किन एक भेलाले गठन गर्ने भनिएको एक समितिमा सदस्य बनेर काम गर्न भित्रैदेखि मन उद्वेलित भएर आयो । एकदम मनदेखि ।  मैले जीवनका महत्वपूर्ण पाँच वर्षहरू बिताएको बेनीको फूलबारीमा अवस्थित जिल्लाकै एक मात्र आंगिक क्याम्पसमा एकदम अनुशासित र लगनशील बिधार्थी भएर बिताएका स्वर्णीम पलहरू मलार्इ अझै पनि उत्तिकै प्रिय लाग्दछन । त्यो क्याम्पसमा प्रवेशसँगै मैले आफूमा हुर्कदो युवाका तनावहरू र तीनलार्इ सामना गर्न सक्ने उर्जा विकासमा आफ्नो प्रतिभालार्इ तिखार्न सिकेको छु । म्याग्दी-कालीको खोंचमा सकुंचित मानवीय चेतनाहरूभन्दा अलिकति विस्फारीत सोंच र विचार लिएर युवाहरूलार्इ जीवन दर्शन सिकाइरहनुहुने आदरणीय अध्यापक/अध्यापिकाहरूसँगको सामिप्यतासँगै मैले आफ्नो बौद्दिकताको स्तरोन्नती भ...

किन यस्तो फेरियौं हामी?

तस्वीर स्रोत अब त आफ्नोपनका बारेमा लेख्नुपनि धक मान्नुपर्ने अवस्था सृजना हुन लाग्यो । किनकी, आफ्नापनका बारेमा मानिसहरूलार्इ रूची लाग्नै छाड्यो । अझ विप्रेषणको भरमा राज्य धानिएको हाम्रो जस्तो देशमा प्रत्येकलार्इ के लाग्न थाल्यो भने हामीसँग केहि छैन, जे छ विदेशीहरूसँग छ । हाम्रा संस्कारहरू, संस्कृतिहरू, रितीरिवाजहरू ती सबै मक्किएका छन । हामी मध्ये धेरैलार्इ यस्तो पनि लाग्न थाल्यो कि हाम्रा पहिचानको जगेर्ना गर्नुपर्छ भनेर यदि कसैले आवाज उठाउँछ भने कि त त्यो बदलिदो युगको परिवर्तनको वेगसँग प्रवाहित हुन असमर्थ छ या कि त ऊ पाखण्डी हो । पाखण्डी त तपाइँ हामी जस्तो देखासिकीमा सभ्यता देख्ने, अरूमा आफ्नो पहिचान परावर्तन भएको देख्नेहरूलार्इ भनिनुपर्ने हो तर विडम्बना आफ्नोमा आफ्नै सुगन्ध स्वादन गर्ने मान्छेहरू पाखण्डी भनिएका छन् । जोन टोमलिन्सन भन्छन्, सांस्कृतिक साम्राज्यवादको उति लामो इतिहास छैन । इश्वीसनको ६० को दशकदेखि यो विषयमा छलफल हुन थाल्यो । पश्चिमाहरूको प्राविधिक प्रगतिले जतिजति उन्नति गर्दै गयो, त्यो भन्दा तिब्रतर गतिमा यिनका सांस्कृतिक प्रभावमा गरिप राष्ट्रहरू पर्न थाले । आर्थिक आ...

गलतलाई म गलत भन्छु, म गलत भए मलाई सच्चाऊ

हामीले अर्को एउटा उत्कृष्टता हासिल गरेछौं । धेरै मानिसहरूले यसलाई अभूतपूर्व संयोगका रूपमा ब्याख्या पनि गरेँ । केहि बुझक्कीहरूले भने - अब नेपालले फड्को मार्यौ । अनि केहिले सुझाए - यसमा पृथक टिप्पणी गरिनु नकारात्मकताको अर्को एउटा पोयो फुकाउनु हो । मैले फेरि पनि भने - कोही कसैको केही थियो भनेर सहानुभूतिपूर्वक उसलाई कुनै पदमा निर्वाचित गराउनु, ल्याइनु प्रजातान्त्रिक चरित्र पक्कै थिएन । होईन । र, यो लोकतान्त्रिक मुलुकको एउटा यस्तो दुर्भाग्य बनेको छ कि केही मानिसहरू कसैको कोही भएकै कारणले सांसद बनाइएका छन्, मन्त्री बनाईए र पछिल्लो परिघटना हामीले देख्यौं - (जननेता) कुनै पार्टीका संस्थापक भएकै नाताले बिध्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित पनि हुनुभो । भर्खरै जारी संविधानको संरक्षकत्व गर्ने देशको प्रमुख ओहोदामा एक महिलाको उदयले मलाई पनि प्रफुल्ल पार्नु पर्ने थियो । म पनि भक्कानिनुपर्ने थियो - भावविह्वल हुनुपर्ने थियो । हर्षोल्लास् मनाउनु पर्ने थियो । तर अहँ यो विकसित घटनाक्रमले मलाई कुनै हिसाबले गौरभान्वित बनाउन सकेको छैन । म पूर्वाग्रही भएको पनि हैन, यस्तो फरक विचार आउनुका...

अत को मनको भडाँस

समकालिन अंग्रेजी साहित्यका युवा कवि क्रिश जेमीको एउटा भनार्इ छ -  “There are two circumstances that lead to arrogance: one is when you're wrong and you can't face it; the other is when you're right and nobody else can face it.”  (दुर्इ वटा परिस्थतिहरू जसले आक्रोशपूर्ण अवस्थामा लैजान्छन् - एउटा जतिखेर तिमी गलत हुन्छौं, र त्यसको सामना गर्न सक्दैनौ, र अर्को त्यतिखेर जतिबेला तिमी सहि हुन्छौ तर अरू कसैले  त्यसको सामना गर्न सक्दैनन् ।) दुरूस्तै यहि भनार्इको सादा अर्थ, अहिले हामीले भोगिरहेकाे अवस्था हाे । ६५ बर्ष अगाडिदेखिको सार्वभौम सत्ता सम्पन्न जनताको चाहनाअनुरूप संविधानसभाले संविधान जारी गर्यो, खुशियाली मनाउनुपर्छ । दिपावली गराउनुपर्छ । एशियाकै उत्कृष्ट संविधान आएको छ । जोजससँग असन्तुष्टिहरू छन् ती पनि समयक्रमसँगै संबोधन हुँदै जान्छन् । बग्रेल्ती यस्तै टिप्पणीहरू सुनेँ, पढेँ । ९० प्रतिशत भन्दा बढी जनताका प्रतिनिधीहरूले हस्ताक्षर गरेको संविधान जारी हुँदा एक नेपाली हुनुको नाताले प्रफुल्ल हुनुपर्ने हो तर हृदयदेखि मुस्कान मेराे निस्किन सकेन, मलार्इ माफ गर्नुहोला । तर यहि ...

म "खेल" खेल्दिनँ

आयरल्याण्ड (स्कटल्याण्डमा समेत) मा आयोजित २० ओभरको विश्वकप छनोट प्रतियोगितामा अपेक्षित खेल पस्कन सकेको भए हाम्रो राष्ट्रिय क्रिकेट टोलीले अर्को बर्ष दक्षिणी छिमेकी राष्ट्र भारतमा विश्वकप खेल्ने अवसर प्राप्त गर्ने थियो । तर छनोटचरणका ६ खेल मध्ये वर्षाका कारण स्थगित एक खेल बाहेक बाँकी पाँच मध्ये चार खेलमा नेपालको हार लज्जास्पद त थियो नै, क्रिकेट प्रशंसकका नाताले मलाई हाम्रो टोलीले जितेको एक खेलमा समेत तारिफ योग्य प्रदर्शन गरेजस्तो लागेन । खेल हो, हारजित हुन्छ । यसले मलाई उती दुखित पनि बनाएन । तर अभ्यासखेलदेखि लयमा नफर्केको टोलीले छनोट खेलमा पनि तारिफयोग्य खेल पस्कन असमर्थ रह्यो ।  कुरो क्रिकेट खेलको मात्र पनि रहेन, अरु खेलहरुमा पनि हामीले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनौ । फिफाको विश्व फुटबलको वरियताक्रममा नेपाली राष्ट्रिय टोली निरन्तर ओरालो लाग्ने क्रम कायमै छ । भलिबल, बास्केटबल र कबड्डीमा पनि नेपाली राष्ट्रिय टोलीले कहिल्यै पनि सुखद नतिजा हासिल गरेनन । कुनै बेला हामी दक्षिण एशियाली क्षेत्रमा मार्शल आर्टसमा तारिफयोग्य प्रदर्शन गर्दथ्यौं, तथापी पछिल्ला दिनहरुमा त्यसमा पनि हाम्...

म पुस्तक पढ्दिनँ

पाँच वर्षपहिले नर्वेमा छँदा, एक बेलायती साथीले मुहारप्रिस्थिका (फेसबुक) मा सयवटा कितावहरुको सूची प्रस्तुत गरेपछि म निकै बेर सोचमग्न बने । अंग्रेजी साहित्यका पुस्तकहरुको सूचीमा दिइएका मध्य तीनवटा पुस्तकहरुका समीक्षा सम्म मैले पढेको रहिछु । एनीमल फार्म, ग्रेट ग्याट्सबी, वथेलो ! तर उमेरले म भन्दा ३ वर्ष कान्छी उनले एक सय मध्य सत्ताइसवटा पुस्तकहरू अध्ययन गरेकी रहिछन् । र, बाँकी त्रिहत्तर वटा पुस्तकहरू क्रमशः पढ्दै जानेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेकी थिईन ।  कितावसम्बन्धी उनको सम्प्रेषण पढेपछि मैले पनि नेपाली साहित्यका दशवटा पुस्तकहरुको सूची बनाएर मुहारप्रिस्थिकामा राखेको थिएँ । तीन दिनसम्म मेरो सम्प्रेषण बार्‍ह जनाले मन पारेको, र एकजना मित्रले चाँहि सूचीमा रहेको तीन वटा पुस्तकहरु अध्ययन गरेको टिप्पणी राखे । बाल्यकालमा पढिसकेको तर कथावस्तु बिर्सीसकेको एक कृति पनि मैले त्यो सूचीमा रोखको थिएँ । जुन कृति पढिसकेको भनेर टिप्पणीकर्ता मित्रले गरेका थिए । त्यसकारण, मैले मित्रवरको टिप्पणीमा विश्वेश्वरप्रसाद कोइरालाको “मोदिआइन” कृतिका बारेमा उनको धारणा जान्न चाहेँ । उनले भने – “खासै त...

Reservation at Finnish Police Station

In Finland, it's quite confusing for new comers to get adapted with various systems. For instance, if you have to apply for the visa extension or identity card, you have to go to police station but you have to have an appointment. To facilitate you, here I've come with every steps that you need to follow- १. सर्वप्रथम   यहाँ थिच्नुस्   , जसले यहाँलाई प्रहरी कार्यालयमा सेवा लिने हेतू समय निर्क्यौल (Time Book) गर्ने पृष्ठमा पुर्याउँछ । a. के उद्वेश्यका लागि प्रहरी कार्यालय जान लाग्नुभएको Select a purpose लेखेको dropdown menu क्लिक गर्नुस् ।जस्तैः तपाइँ फिनल्याण्डको नागरिक होइन र पुलिस कार्ड चाहिएको अवस्थामा identity card for a foreign citizen छान्नुस् । आफ्नो लागि भए For myself र अर्कैको लागि हो भने On behalf of another person क्लिक गर्नुस्, यदि तपाइँसँग अर्को ब्यक्ति पनि सँगै जाने हो भने Add another person गर्न सक्नुहुन्छ । 2. त्यसपछि कुन प्रहरी कार्यालयमा गएर सेवा लिन उपयुक्त हुन्छ त्यसका लागि आफू बसेको स्थानको Postal Code राख्नुस् । उदाहरणका लागि मैले मेरो पो...

त्यो एक दिन

रेलभित्र यात्रुहरु पस्दै थिए । म भित्र छिरे लगत्तै एउटी मगन्ते फिनिश बुढीआमा पनि रेलभित्र पसीन । रेलको टिकट बेच्ने मानिसले मलाई पुलुक्क हेर्दै, आँखा झिम्काउँदै ती बुढी आमालाई टिकट छ ? भनेर सोध्यो ! टिकट बेच्नेलाई जाँच्ने अधिकार भएपनि उनीहरुले त्यसो गरेको मैले देखेको थिइँन । उसले मलाई आँखा सन्काएका हिसावले मैले के बुझेँ भने – ऊ सायद रेलका यात्रुहरु ती बुढी आमाको माग्नेकामले आजित नहुन भन्ने चाहन्थ्यो । बुढीआमा टिकटको वैधानिकता जाँच गर्ने यन्त्र भएको ठाउँमा पुगिन, यन्त्रमा यात्रुकार्ड राखेपछि हरियो बत्ति बल्यो । बुढीआमा यथास्थानमा फर्किन । ऊ मुसुक्क हाँस्यो । बुढी आमालाई धन्यवाद भनेर चालक कक्षभित्र छिर्यो । म ट्वा परेँ ! माग्नेमान्छे समेत टिकट लिएर यात्रा गर्छ । माग्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ । हाम्रो र यिनीहरुको संसार कति फरक ?! नियमका कुरा सबैलाई बरावरी लागू हुन्छ । र, नियमको सम्मान पनि त सबैले नै गर्छन । यहाँका मान्छेहरुको “सभ्य व्यवहार” को उत्कृष्ट नमुनाहरुको दृश्यपान गरेपछि मैले धेरैपटक यसरी नै ट्वा पर्नु परेको छ ।  *** एकदिन जेब्रा पारमा म, एकजना युवती...