Skip to main content

किन यस्तो फेरियौं हामी?

तस्वीर स्रोत
अब त आफ्नोपनका बारेमा लेख्नुपनि धक मान्नुपर्ने अवस्था सृजना हुन लाग्यो । किनकी, आफ्नापनका बारेमा मानिसहरूलार्इ रूची लाग्नै छाड्यो । अझ विप्रेषणको भरमा राज्य धानिएको हाम्रो जस्तो देशमा प्रत्येकलार्इ के लाग्न थाल्यो भने हामीसँग केहि छैन, जे छ विदेशीहरूसँग छ । हाम्रा संस्कारहरू, संस्कृतिहरू, रितीरिवाजहरू ती सबै मक्किएका छन । हामी मध्ये धेरैलार्इ यस्तो पनि लाग्न थाल्यो कि हाम्रा पहिचानको जगेर्ना गर्नुपर्छ भनेर यदि कसैले आवाज उठाउँछ भने कि त त्यो बदलिदो युगको परिवर्तनको वेगसँग प्रवाहित हुन असमर्थ छ या कि त ऊ पाखण्डी हो । पाखण्डी त तपाइँ हामी जस्तो देखासिकीमा सभ्यता देख्ने, अरूमा आफ्नो पहिचान परावर्तन भएको देख्नेहरूलार्इ भनिनुपर्ने हो तर विडम्बना आफ्नोमा आफ्नै सुगन्ध स्वादन गर्ने मान्छेहरू पाखण्डी भनिएका छन् ।
जोन टोमलिन्सन भन्छन्, सांस्कृतिक साम्राज्यवादको उति लामो इतिहास छैन । इश्वीसनको ६० को दशकदेखि यो विषयमा छलफल हुन थाल्यो । पश्चिमाहरूको प्राविधिक प्रगतिले जतिजति उन्नति गर्दै गयो, त्यो भन्दा तिब्रतर गतिमा यिनका सांस्कृतिक प्रभावमा गरिप राष्ट्रहरू पर्न थाले । आर्थिक आधारमा समुदाय वा राष्ट्र गरिव हुन सक्छ तर के संस्कृति कसैको गरिव र कसैको धनी हुन सक्छ ? तर बनार्इदोरहिछ । एक खास संस्कृतिमा बाँचेका मानिसहरूको सोचलार्इ विकृत बनाइदिएपछि संस्कृतिलार्इ पनि आर्थिक आधारमा धनी र गरिवका नाममा वर्ग विभाजन गरेजसरी टुक्राउन सकिदोरहिछ । यतिसम्म निकम्मा बनाउन सकिदो रहिछ कि एकसमय मेरो एकजना नाइजेरियाली साथी वासिऊले मलार्इ बताएथे कि अफ्रिका र एशियाका मानिसहरूलार्इ पश्चिमाहरूले यस्तो दिमाग हाल्देका छन् ताकी हामीहरू हाम्रो केहि राम्रो देख्दैनौं, राम्रोजति सबै उनीहरूमै छ भन्नेमा हाम्रो अन्धसमर्थन छ!
टुन्स्टलले सांस्कृतिक साम्राज्यवादको सरल टिप्पणी यसरी गरेका छन – विश्वभर विभिन्न समुदायमा छरिएर रहेका असली, परम्परागत र स्थानीय संस्कृतिहरू विशेषतः अमेरिकाबाट उत्पादित विभिन्न चिप्ला व्यापारिक मिडिया उत्पादनहरूका कारण निस्तेज पारिएका छन । हुनपनि विदेशी चमकधमकमा हामीहरूले आफ्ना प्रमाणिक अस्तित्वहरूलार्इ यसरी मेटाउँदै गएका छौं कि ती सामान्य बोलिचालीका भाषामा समेत सहज लाग्न थालिसकेँ । जस्तो, हाम्रा गाउँघरतिर बुढा बाजे बज्यैहरू 'कति बज्यो ?' को सट्टा 'ट्याम कति भो?' भने सोध्ने गर्नुहुन्छ ?
ख्रिष्ट्रियन पर्व क्रिसमसको बेला प्रतिष्ठित पत्रिकाले आफ्नो मुख पृष्ठमै एउटा कार्टुन छाप्यो । कार्टुनमा क्रिसमसको अवसरमा नेपालका प्रधानमन्त्रीले मन्त्रिपदको उपहार बाँडेको देखार्इएको छ । ब्यंग्य जति जायज छ, व्यंग्यको जुन पृष्ठभूमी तयार पारिएको छ । त्यो लज्जास्पद छ । महत्वपूर्ण कुरो नेपालमा मुश्किलले २ प्रतिशत मात्र क्रिश्चियन धर्मावलम्बीहरू रहेको सन्दर्भमा 'क्रिसमसको उपहार' का रूपमा प्रधानमन्त्रीले उपहार बाँडेको देखाउनु कुन हिसाबले सहि ठहर्याउन सकिन्छ ? नबिर्सौ नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपनि त्यो ८० प्रतिशत भन्दा बढी हिन्दु र १२ प्रतिशतभन्दा बढी बौद्द धर्मावलम्बीहरूको घर हो । र, अधिकांशले मनाउने चाड दशैं तिहार नै हो । आफूलार्इ उदार बताउने केहि युवायुवतीहरूले रमार्इलाका लागि या सामाजिक सञ्जालमा सम्प्रेषण गर्नका लागि क्रिसमसका भोजहरूमा भड्किला नाचहरू नाचे, रक्सी पिए या 'क्रिसमस ट्रि' का अगिल्तिर उभ्भिएर तस्वीर खिचे भन्दैमा त्यो देशको चाड हुँदैन ।

सांस्कृतिक साम्राज्यवादको जकडमा हाम्रा जस्ता गरिव राष्ट्रका जनताहरू यसरी आक्रान्त बनाइएका छन कि करिबकरिब हामीहरू विकल्पविहीन बनाइएका छौं । हामीलार्इ हाम्रालागि सोच्न पनि हाम्रो आफ्नै मगजमा भन्दा आयातित मगजमा निर्भर हुनुपर्ने अवस्था सृजना हुँदैछ । हाम्रा चिजहरू विदेशीहरूले 'वाह! तिम्रा यी चिज कस्ता राम्रा!' नभनुन्जेल हामीलार्इ राम्रो लाग्दैन । राम्रा त ती उनीहरूले नबताउन्जेल अघिसम्म पनि बिछट्टै राम्रा थिए नी, तर हामीले आफ्ना चीजमा सुन्दरता देख्न छाड्यौं । के हामी फेरिएकै हौं त ?

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...