Skip to main content

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुराईरहेछ ।'

'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनला सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मला । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक बी, ईख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मला त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 

तर आज?

आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मला लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूला सूचना र तथ्यका मसिना पक्षहरूसँग साक्षात्कार गरी केहि सिक्ने अवसर दिएको छ भन्ने मेरो ठनाइ थियो, तर मेरो बुझा आंशिक पुष्टा मात्र हुन सक्ने स्थितीमा रहेछ । हामीहरू धेरैला के लागेछ भने, हाम्रा लहैलहैहरू, हाम्रा एकपक्षीय बुझाईहरू मात्र ठीक र सहि छन । 

२० वर्षपछि, सात मध्ये तीनवटा नाम विहीन प्रदेशहरूमा पहिलो चरणको निर्वाचन सम्पन्न भ नतिजाहरू आउने क्रम रहँदै गर्दा, मैले पनि ब्यग्रताका साथ मेरो नगरपालिकाको निर्वाचन परिणामला कुरिरहेथेँ । विगत १४ बर्षदेखि राजनीतिमा सापेक्ष स्वतन्त्र परिचय बनाउन प्रयासरत मला यो निर्वाचनको नतिजापश्चात: जिल्लाका तथाकथित बुद्दिजीवी, युवा र समाजसेवीहरूका तारन्तारका सामाजिक सम्प्रेषणले तटस्थ रूपमा रहनै दिएनन । म उनीहरूका सामु लाचार छायाँ बन्ने स्थिती आएपछि मैले अभिब्यक्त हुन बाध्य ठानेँ । भएँ । र, हुँदैछु पनि ।

अचेल सामाजिक सञ्जाल विशेषतः फेसबुक हाम्रा लागि शिघ्र प्रतिक्रिया या विचार सम्प्रेषणका लागि एउटा गतिलो मञ्च बनेको छ । परन्तु, निर्वाचन शुरू हुनूपूर्व र मतदान भैसकेर गणना हुँदै मत परिणाम आउने बेलासम्म हामीले फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग भन्दा बढी दुरूपयोग गर्यौ । सचेत युवादेखि दुबिस उमेर खासकेका सामाजिक पहिचान बनाएका ब्यक्तित्वहरू नै फेसबुकमा यति नांगो रूपमा प्रस्तुत भएकी फरक विचार र आस्थाका नेता, कार्यकर्ताहरूको उल्लिबिल्ली गर्ने मात्र नभै नानाथरीका ब्लगहरूमा प्रकाशित अत्यन्तै भ्रामक, आधारहिन अनलाइन समाचार, टिप्पणीहरू सम्प्रेषण गर्दै 'बल्ल खाइस'को भावमा प्रस्तुत भयौं । आफूला सचेत, बौद्दिक र वस्तुनिष्ठ विश्लेषण गर्ने क्षमता राख्दछु भनेर विश्वास गर्ने साथै समाजले पनि असल चरित्रका रूपमा स्वीकार गरिसकेका उर्जाशिल, प्रेरक ब्यक्तित्वहरूबाट यो हदसम्म निकृष्टता मेरा लागि अकल्पनीय मात्र नभै अस्वीकार्य थियो, छ र रहनेछ । 

तटस्थ भएर आत्मसाक्षी राखी चुनावी नतिजाको विश्लेषण गर्ने हो भने, बेनी नगरको निर्वाचन परिणाम एक वा दुपार्टीको विजयसँग गाँसिएको विषय होन । हुँदै होन । तर यसला यसरी नै परिभाषित गर्ने धृष्टता गरिदैछ ताकी १७ बर्ष पहिले मैले लेखेको कविताको शिर्षकमा जस्तो बेनी नरहोस् । मानौं, यसला शान्त रहने छुट नै छैन । 

निष्ठावान ब्यक्तित्वको छवि कायम गरेका ब्यक्तित्वला स्वंयको मात्र नभै अर्को एक राजनैतिक शक्तिको इमान्दार साथ र समर्थन प्राप्त भएर मात्र वहाँला आज प्रथम नगरपिताका रूपमा पदस्थापन हुने सौभाग्य जुरेको हो । जुन सौभाग्य उस्तै साथ र समर्थनको सम्झौता गरेर उपमेयरसहित चुनावी मैदानमा उत्रेको दलला प्राप्त भएन । बिडम्बना त्यो भन्दा बढि यो रह्यो कि आफ्नो दलले एक्लै चुनावमा लडेर त्यो मुकाम हासिल गरेको झैं बिजयको उन्माद मनाउँदै गर्दा कतिपय होनहार युवाहरूला लाग्यो, अब नगरपालिकाको बागडोर हाम्रै हो । हामी नै सर्वेसर्वा हो । हामीले चाहेकै हिसाबले नगर चल्नेछ । मतगणनाका अधिकांश समय चुपचाप, उद्विग्न अनि पूरै सन्नाटमय भएको जमात मेयरको ताजसँगै जर्याकजुरूक भएर अकल्पनिय विजयको अस्वभाविक बिजयोत्सव मनाउनु पुग्दा अर्को पक्षला असैह्य हुनू स्वभाविक हुने नै भयो । तर ...

तर के आफ्नो छटपहाटला अभिव्यक्त गर्दैगर्दा जनमतको बेज्जत गर्ने छुट त्यो पक्षला छ त ? छैन । एकदम छैन । 

आफूला सजिलो पर्ने तथ्याङ्कको दावाले यहाँहरूको बहुमतको पुष्टि हुँदैन । जनताको अभिमत गणितिय तथ्याङ्कमा त्यति सजिलो तरिकाले ब्यक्त गर्न मिल्दैन । ख्याल गर्नुस् त, यहाँहरूले जितेका वटै वार्डमा यहाँको विजेता उम्मेदवारले प्राप्त गरेको मत र अरू दलबाट पराजित निकटम प्रतिद्वन्द्वीसहित अन्यको मत जोड्नुस् कुन पक्षको ज्यादा हुन आउँछ ? सबैभन्दा धेरै मत ल्याउनुको मतलब सबैले उनला रोजे या धेरैले उनला रोजे भन्ने होन । यो अभिमत त  मैदानमा उत्रिएका बिकल्पहरू मध्य एक जना छानिए भन्ने होन र ? यहाँहरूको विपक्षले जितेको मेयर पद जस्तै यहाँहरूले जितेको दुतिहा पदहरू जनताको प्रतिनिधी मत मात्र हुन । यसला दूर्बोध्य नबनाउनु मै सबैको हित छ । 

चुनावी अभियानमा भएका तिक्तताहरूला बिर्सेर तपाइँहरू किन जनताहरूला सामूहिक एकताको भावबाट हामीहरूले खोजेको विकास सम्भव छ भन्ने सन्देश दिने प्रयत्न गर्नुहुन्न ? 

मेरा प्रिय कांग्रेसी मित्रहरू, बिपीले परिकल्पना गरेको नेपालको समाजबाद ब्यवस्थाको कुन अध्यायमा छ कि विपक्ष मतहरू व्हाइट वास गर्नुपर्छ? नबिर्सिनुस्, राष्ट्रिय स्वाधिनता खतरामा परेको महशुस गरेपछि जिन्दगीभर जसको विरूद्द बिपी लड्नुभो उसँगै हातेमालो गरी राष्ट्र निर्माणका लागि बिपी त्यसै फर्किनुभएको थिएन । लहड र वंशका आधारमा कांग्रेसी हुनुभएको हो भने प्रबुद्द एवं आदरणीय प्रदिप गिरीसँग काङ्ग्रेसका बारे बुझ्ने यत्न गर्नुस । 

त्यस्तै प्रिय कम्युनिष्ट मित्रहरू, जनताको बहुदलीय जनबादको कुन परिच्छेदमा मदन भण्डारीले विपक्षीले धम्काए, ढुंगा हुत्याए भने तीनका छातिमा छुरी रोप्नुपर्छ भनेर उल्लेख गर्नुभएको छ ? अझ त्यो पनि प्रहरी प्रशासनकै अगाडि । खुलेआम । खुल्ला आकाशमुनि, हजारौं मान्छेहरूको भिडमा ? यहि हुँकार गर्दै एकताका गामवेशी, शहरबजार कुद्ने 'क्रान्तिकारीहरू' को हविगती जनमतले के गरादियो ? हेक्का राख्नुस् कामरेडहरू, यो उन्नाइसौ‌ शताब्दीको रक्तरंजित पूर्वाद्द हैन । हामी २१ औं शताब्दीमा प्रवेश गरिसक्यौं, जहाँ प्रतिशोध बन्दुक उठाएर हैन जनमत लिएर गरिन्छ । 

जसरी नगरवासीहरूले आफ्नो जनमत ब्यक्त गरेका छन, त्यसला शिरोपर गर्दै नगरविकासको खाका कोर्न एकजुट हुने समय शुरू भएको छ । जनताले वर्षको समय दिएका छन् । समयको ख्याल गरौं । अनि नबिर्सौ, अबको वर्षपछि धेरै जनताहरू अझ अरू जागरूक हुनेछन । र, सायदै कोही मासुभात खुवाएर, पेट्रोल राखिदिएर, एक बोरा चामल वा एउटा लुङ्गीमा आफ्नो अमूल्य मत बेच्नेछन् । 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...