Skip to main content

Posts

भ्यूटावर, लामा झोलुंगे पुल र बालबाग

बेनी कालीपुलस्थित भ्युटावर तस्वीर: प्रकाश शर्मा विकासका योजनाहरू कसरी बनाइन्छन् ? यीनका छनौटहरू कसरी गरिन्छन् होला ? ती विकासका योजनाहरूको अपरिहार्यताको पुष्टी कसरी गरिन्छ होला ? भन्ने प्रश्नहरूले मलाई सधैं नै घच्घचाइरहन्थे । तर पछिल्ला २/४ वर्षदेखि नेपालका सन्दर्भमा हुने विकासका योजनाहरूका बारे सुन्दै, देख्दै र भोग्दै आएपछि मलाई लाग्न थाल्यो - यो त नेताको सनकको विषयमात्र रहेछ । जस्तो - कोही उड्डयन मन्त्रीले ठूलो फराकिलो चौर देख्यो - उसको दिमागमा विमानस्थलबाहेक त्यो चौरमा बन्न लायक अर्को कुनै योजना हुँदैन् । कुनै सांसदले एउटा खोला देख्यो - उसको मगजले त्यहाँ बढीमा देख्ने ठूलो सपनाभनेको मोटर गुड्ने पुल नभए एउटा झोलुंगे पुल । र, कुनै मेयरले बालुवाका वगरमा क्रसर उद्योगबाट पैसा उठाउने बाहेक अर्को कुरामा ध्यान दिन सक्दैन । नेताको सनकका अगाडि योजनाको आवश्यकता, औचित्य र महत्वका बहस निरर्थक रहने हाम्रो देशको बिडम्बनापूर्ण व्यवस्था बन्न गएको छ । यो सनकले भरिपूर्ण बिडम्बनाको गाडी काठमान्डुको सिंहदरबारबाट पूर्व-पश्चिम राजमार्ग भएर त्यसका सहायक मार्गहरूलाई पछ्याउँदै गाउँ गाउँका सिंहदरबारसम्म पुग्दो...

एउटा गल्ती, एउटा प्रश्न अनि साइबर जंकीहरू

पहिलो घटना सार्वजनिक हुँदा ती भाइले आफ्नो गल्तीलाई अस्वीकार गरिरहे । सामाजिक संजालमा देखिएका टिप्पणीहरू हेर्दा के बुझिन्थ्यो भने - उनले आत्मालोचित हुनै मानेनन् । यी युवाको वदनियतपूर्ण कर्मसँग एक युवतीको भविष्य जोडिएको थियो ।  उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा लिएकी ती गाउँले युवतीले यिनै भाइको विश्वासमा परेर रकम बुझाएकी थिइन - उनी विश्वस्त थिइन् - उनको भर्ना हुनेछ । परीक्षाको फाराम भरिनेछ, परीक्षा दिन पाउनेछु । परीक्षापछि के के गर्ने उनका आफ्नै योजनाहरू थिए हुनन, तर जब परीक्षाका लागि प्रवेश पत्र बुझ्न उनी गाउँबाट झरिन् । क्याम्पसमा पुगेपछि उनका आँशुहरू झरे ।  आँशुहरूसँगै उनका सपनाहरू पनि भुँइमा पछारिए, ती कम्तिमा पनि एकवर्षका लागि सम्हालिन नसकिने गरी टुक्रेका सपनाहरू थिए ।  ती गाउँले बैनीसँग आफ्नो गल्तीका लागि उनले माफि माग्न समेत उचीत ठानेनन् । बरू आफ्ना साइबर जंकीका बथान भेला पारेर सामाजिक संजालमा सुनियोजित षडयन्त्रको पाठको रटान लगाइरहे । अहँ उनले सुध्रने अठोट गरेनन् ।  फेरि अर्को उहि प्रकृतीको घटना बाहिर आएको छ । घटनामा उहि भाइ जोडिन पुगेका छन् । यो घटनासँगै सामा...

अनुत्तरित प्रश्नहरू र नांगा मान्छेहरू

त्यो घरझगडा मात्र थिएन । त्यो मात्र घरझगडा होइन् । यसलाई यस्तरी पनि बुझ्न सकिन्छ कि तपैंका उन्नत ‘दिमाग’ले मान्दैमा, त्यो घरझगडा नै हो भनेर ठोकुवा गर्नुपर्ने घटना पनि होइन । तर त्यो समाजको दूर्नियती नै यस्तो भैदियो कि तपाइँहरूलाई त्यस्तै लागेपछि धेरैलाई त्यो त्यस्तै नै होला भन्ने भ्रम हुनजान्छ । अनि त समाज केहि सिमीत मान्छेहरूलाई लागेको ‘भ्रम‘ को सति जान्छ । हेर्दा यो यति सामान्य घटना जस्तो लाग्न सक्छ, तर वास्तवमा यो असामान्य परिघटना नै हो । हुन त  कोही समाचार संकलकलाई यस्तो लागिदियो कि सामान्य घरझगडाको कुरा किन संकलन गर्नु ? वित्थामा गाल मात्रै पर्छ । चिनजानको दायरा अलिकति भएपनि किन खुम्चाउनु ? फलानो ठाउँमा काम गर्ने तिलाना सरको मन दुख्न सक्छ, फेरि वहाँसँग चिया पिउँदै रमाइला गफ गर्ने वातावरण बिग्रन सक्छ । आफ्ना स्वार्थका सम्बन्धहरू बिग्रने डरमा हामी कसैको बिग्रेको परिस्थितीलाई नजरअन्दाज गर्छौं । यो के दुर्भाग्यको कुरा होइन ?  एक असाक्षर व्यक्तिसँग जोडिएको घटना भएको भए यसलाई सामान्य घटना मान्न सकिन्थ्यो तर राष्ट्रसेवक प्रहरी संगठनको प्रहरी निरीक्षक अझ त्यसमाथि मुद्दा फाँटको अध...

सरकारी साहबहरू, राज्यप्रणाली अनि झिंगाहरू

यो ब्लग पढिरहँदा कतिपयलाई नमज्जा लाग्नसक्छ, लागोस् । तर आफ्ना विचारलाई निस्पृह गर्नु आवश्यक ठानेकाले यो ब्लग लेख्दैछु । यो ब्लग यस कारण पनि लेख्नु आवश्यक ठानेँ कि आम मानिसहरूले आफ्ना भूमिका र दायित्वका बीचको भिन्नता थाहा पाउनै पर्छ । मानिसहरूले यो पनि बुझ्नुपर्छ कि राज्यप्रणाली भन्दा माथि देशको कार्यकारी समेत हुँदैन, दुई चार करोडका कारोबार अनि चार पाँचजना अरौटे भरौटे अघिपछि लगाउनेहरूको कुरै भएन । अतः तीनले मात्र हैन आम मान्छेहरूले पनि बुझ्नु जरूरी छ, नागरिकको सेवामा राज्यप्रणाली जिम्मेवार हुन्छ, कोही कसैको लहड होईन । उसो त देशभर यो विषय सामान्य अभ्यासमा नै छ । तर म्याग्दीमा यो अति सामान्यकृत गरिएको छ । मानिसहरूलाई न राज्यको भूमिकाका बारे ज्ञात छ, न उनीहरूले आफ्ना दायित्वका बारे बोध नै गरेका छन । यसो किन पनि भो भने पछिल्ला बर्षहरूमा बेनी खाल्डोको साँघुरो घेराभन्दा फराकिलो सोंच निर्माणमा समाजमा चिनिएका (फेसबुके पहिचान) हरू नै असमर्थ रहे । बरू उनीहरू नै सहज राज्यप्रणालीलाई जबरजस्त निकम्मा बनाउन लागिपरेका छन । मलाई सबभन्दा खेद (😒) त ती सरकारी साहबहरूप्रति छ,  जसले नेपाल सरकारको ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

विद्वान एनआरएन र भुँइमान्छे

एउटा सामान्य आग्रह थियो त्यो, जसको मैले अति नै असामान्य जवाफ पाएको थिएँ । इतिहास नभैसकेको अस्ति भर्खरको सन्दर्भ हो त्यो । गैरआवासीय नेपालीहरूको संस्था जस्ता संगठनहरूमा लोकतान्त्रिक मात्र नभै सृजनशील अभ्यासहरूलाई आत्मसाथ गरिनुपर्छ भन्ने मेरो ठनाई हो । त्यसैकारण, मैले मेरो सामान्य बुझाई सामाजिक सञ्जालमा राखेको थिएँ - को नयाँ ? को पुराना ? जोसँग ‘नेतृत्व गर्न सक्ने क्षमता मसँग छ’ भन्ने आत्मविश्वास छ भने त्यो जोसुकै होस् लोकतान्त्रिक प्रक्रियाबाट चुनिएर नेतृत्वमा आउने अवसर उसले पनि पाउनुपर्छ । के आफ्नो आत्मविश्वासको परख गर्न नपाउने उसले?   म आफू भुँइमान्छे भन्ठान्छु, त्यसैले मेरा बुझाईहरूमा सिमितता छन् भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । तर म भुँइमान्छेको भुँइप्रश्नको जवाफ एक जिम्मेवार ब्यक्तिले गैरजिम्मेवार तरिकाले दिएको भान भएपछि, मैले यो ब्लग लेख्दैछु । मेरो नेपाली भाषाको सम्प्रेषणमा मित्रको अंग्रेजी भाषामा जवाफ पाएपछि, अंग्रेजी साहित्यमा आफू अध्ययनरत क्याम्पसको सर्वोत्कृष्ट नतिजासहित स्नातक गरेको मेरो अहम रन्थियो नै, मैले अंग्रेजी जवाफको लागि मित्रलाई अंग्रेजीमा नै जवाफ फर्काइसकेको...

एनआरएनए - नट रिप्लेशएबल अर नट एसेप्टेबल ? के बनाउने ?

                 हेलसिन्कीबाट ३७ किमी पर अरू डेढ दुई दर्जन नेपाली विधार्थीहरूले जस्तै भर्खर पढाई शुरू गरिरहेको मलाई यो देशमा पनि एनआरएनए भन्ने कुनै संस्था छ भन्ने थाहा थिएन । धरोधर्म, फिनल्याण्डमा गैर आवासीय नेपालीहरूको संस्था जिवित छ, वर्षमा दुईचार कार्यक्रमहरू गर्छ भन्ने कुरो मैले थाहा पाएको मुश्किलले साढे २ वर्ष भए होला । उसो त गैर आवासिय नेपालीहरूको संगठन (एनआरएनए) को २०१७ मा संसोधन हुनुपूर्वको विधानले तोकेको योग्यता अनुसार, २०१३ को मार्चसम्म म यस संस्थाको सदस्य बन्न योग्य गैर आवासीय नेपाली नागरिक थिएँ ।                     म, यस संस्थाको सदस्य भएको हालै एक वर्ष मात्रै भएको छ । मेरो चिनजानका करिब ९० प्रतिशत फिनल्याण्डबासी नेपाली मित्रहरू यस संस्थामा औपचारिक रूपमा  जोडिसकेका छैनन । यो लेख तयार पार्दै गर्दा एनआरएनएको विश्वभरका राष्ट्रिय संघमा आबद्द सदस्यहरूको केन्द्रिय तथ्याङ्क भण्डारमा खोजी गर्दा फिनल्याण्डबाट मात्र ८३ जना यस संस्थामा आबद्द भएको पाएँ । परन्तु, करिब २ हजार ५ स...

नेपाली रेष्टुरेन्टमा हुन नसकेको एउटा मम पार्टी

तिनताका म हेलसिन्कीबाट करिब ४० किमीको दूरीमा रहेकाे यारभेनपा शहरमा बस्थेँ । हेलसिन्की खासै आइदैन्थ्यो । पहिलो त बेकामे जो थिईयो, अतः खर्च हुने हर यूरो बराबरको नेपाली रकमको हिसाबले दिमाग रन्थनाउने बेला थियो त्यो । दोश्रो कामै नभएपछि कुकुरको जस्तो घुमाईमा उति रूची कहिल्यै भएन जीवनमा । २०१२ निख्रिनै लागेको समय थियाे त्यो । अहिले २०१९ को एक चाैथाई सकिन लाग्याे । पूरापूर ६ बर्ष पुगिसकेछ, त्यो सामान्य जस्ताे लाग्ने घटना घटेकाे । तर कुनै कुनै चलचित्रको अति नै मनछुने कुनै दृश्यको प्रत्येक वस्तुस्थिति झल्झल्ती याद भएजस्तै गरी मलाई, त्यो घटनाकाे प्रत्येक घटनाक्रम याद छ । घटना सामान्य नै मान्न सकिएला, तर अहिले त्यसको याद गर्नूको छुट्टै मज्जा छ ।  एकजना साथीले भर्खर काम पाएको थियो । कामको खडेरी परेको समय, सबभन्दा पहिला काम पाएको उसले मलाई विशेष भोज दिन्छु भनेर उसकै खर्चमा रेलगाडी चढाइवरी हेलसिन्की झारेको थियो । एउटा नेपाली रेष्टुरेन्टमा मम पाइन्छ, मम खुवाउँछु भन्दै लगेको थियो । मुखमा मम नपरेको पूरै साढे ४ महिना भैसकेको थियो । किनकी अन्तिमपल्ट फिनल्याण्ड उड्नुभन्दा अघिल्लो रात केहि साथीह...

नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !

चुनाव प्रचारका क्रममा Photo: Nirajan Thapa बेनी त्यसै त कोप्चो ठाउँ झन मंसिर लागिसकेको समय,  जाडोले लास्टै ल्याङ हानिरहेथ्यो । अनि चुनावको चटारोले देशलाई छपक्कै छोपेको समय, म चाँहि दुईथान सिरकले छोपिएर बिस्तारामा लडिरहेथेँ, त्यो बिहानको आरम्भ एउटा फोनबाट भयो । मलाई यस्ता फोनले मंसिर लागेपछि अति नै ल्याङ गरिरहेथे । बेनीबाट चारपाँच घण्टाको पैदल यात्रामा पुगिने गाउँबाट एकजना अति नै नजिकका चिनजानको भाईको फोन थियो त्यो, उनको उर्दि थियो, "दाई, एकजना बैनी आज बिनी (बेनी) झर्दैछिन, तिनैका हाता १५, १६ हजार पठाईदिनु होला हैं !"  यी तिनै भाई थिए, जो म चुनावका लागि नेपाल जाने तयारीमा रहेका बेला मलाई बारम्बार फेसबुक म्यासेन्जरमा चारा हालिरहेका हुन्थे    “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” उनले भनेको मेहनत सानोतिनो कुरो थिएन । त्यो मेहनत अर्थोउपार्जन गर्ने मेहनत नभै अर्थवितरणसम्बन्धि मेहनत थियो । जुन मैले फोन आउँदाको दिनको साँझमा गरेको थिएँ ।  साँझको समय, मेरा तीनजना हितैषी चुनावकै लागि आफ्नै खर्चमा काठमान्डुबाट बेनीमा झरेका थिए । ...

नेताको छोरो ४, गोजीमा कति छ ?

यो श्रृङ्खला चुनावका लागि उता नेपाल गएर यता फिनल्याण्ड आइसकेपछि पनि चुनावको ह्याङले धेरै दिनसम्म रन्थनाएका कारण लेख्न आरम्भ गरेको थिएँ, किन्तु, तीन वटा श्रृङ्खला लेखिसकेपछि यसलाई बिचमा छाड्न पुगेछु । अपितू, लेख्नै छाडिसकेको चैं छैन । अतः आज ७ महिनापछि उक्त श्रृङ्खलाको अर्को अध्याय पस्कने कोशिस गरेको छु ।  काठमान्डू ओर्लिसकेपछि चुनावी गर्मीको नमीठो हपहपले स्याप्पै पार्यो । कस्तो अत्यास लागेको जस्तो अनुभूति गर्न पुगेँ मैले । वाक्क लागेर आयो । खासमा त्यस्तो ठूलो उत्साह पनि ममा थिएन । सिवाय, बिसौं बर्षको बुबाले पार्टी राजनीतिमा पुर्याउनुभएको योगदानस्वरूप निकै धपेडीपश्चातः संघिय सांसदको उम्मेदवारीको टिकट पाउनुभएकोमा चाँहि नजानिदो तरिकाले खुशी थिएँ । बस त्यत्ति । त्यहाँभन्दा परको स्वार्थ ममा केहि थिएन ।अहिले यस्तो लेख्दै गर्दा यो पढ्ने जति धेरैलाई बाले जितेको भएर जेपनि लेखेको जस्तो लाग्न सक्छ, त्यो स्वभाविक पनि हो । तर घर पुगेपछि बुबासँगको भेटमा एउटा संवादको जति महत्व थियो मेरा निम्ति त्यो भन्दा पर अरू खासै महत्व राख्ने केहि थिएन ।   image: image source चुनावी खर्च जुट्न...

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे । तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठत...

नेताकाे छाेरो ३, हैन कहिले आउने हो ?

चुनाव सम्पन्न भैसकेपछि छलफलको एक तस्बीर, तस्वीरः दिपेन्द्र श्रेष्ठ बाको उम्मेदवारी निश्चित भैसकेपछि, मैले केही वर्षपहिलेदेखि चिनेको एकजना भाई मसँग निरन्तर सम्पर्कमा थिए । “बुढाको सादागीपन देखेर जनताहुरले (जनताहरुले) भोट दिन्छन् दाई । तपाइँ ढुक्क हुनुस्, बुढाले जित्छन् ।” प्रत्येक पटक गफगाफ गर्दा उनले यो वाक्य तारन्तार दोहोर्याइ रहन्थे ।  जुझारु स्वभावका उनी बा संलग्न दलमा थिएनन । अहिले पनि मलाई अचम्म लाग्दछ कि मैले कहिल्यै पनि कुराकानीको आरम्भ नगरेता पनि फेसबुकमा मेरो उपस्थिती हुँदा साथ उनले संवादको थालनी गरिहाल्थे, “दाई, नमस्कार । सन्चै हुनुुहुन्छ ?”  यो सामान्य औपचारिकता पूरा गरेपछि उनले एक संशयका साथ संवादलाई अगाडि बढाउथे, “हैन तपाइँ नआउने हो र? ढिला भैसकेन र ?”  मेरो उही जवाफ हुन्थ्यो, “म मिलाउँदैछु ।” अनि मात्र उनी मसँग कुराकानीलाई लगभग बिट मार्न खोज्थे, “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” चारपाँच महिना पहिले उनी जस्तै विभिन्न वर्ग, उमेर, लिङ्गका अनेक थरी ब्यक्तिहरुसँगको कुराकानीमा धेरै पटक दोहोरिने शब्दहरु मध्य एक थियो— मेहनत !...

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – " को अंकल ? " मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, " को अंकल हुनु ? हजुरको बाबा के !" " कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ । " मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो । यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर्वाचनमा प्राप्त गरेको टिकटका बारे थाहा पाएपछि मैले बाबाटै आधिकारिक पुष्टी लिन चाहेँ । फोन गरेँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रह्यो त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, " बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो । " " चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ । " फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान ग...