तस्बीर स्रोत मलाई हामी नेपालीहरुमा फोस्रो आडम्बर छ भन्ने लाग्दछ । अकिंचन हामी हाम्रा सगरमाथा र लुम्बिनीमा मात्र गर्व गर्दछौं । बीर गोर्खाली हौं भन्ने दम्भ पनि गर्छौ । यी बाहेक हामीसँग गर्व गर्न लायक अरु विषय वा क्षेत्रहरु पनि छैनन् सायद । तर गर्व गर्न मात्र लालयित हामीहरु आफूहरुमा आईरहेको नैतिक स्खलनका बारेमा ‘चूँ’ पनि बोल्दैनौ । त्यसैले त हामी हाम्रो समाजमा हुर्कदै गएको यौन कुण्ठा र त्यसले ल्याएको विकृती र अपराधका बारेमा चुप छौं । कतिपय हामीहरुलाई लाग्दो पनि हो – हाम्रा नकारात्मक कुराले हामीहरुको बेईज्जती गराउँदछ । हाम्रो इज्जतदार “गोर्खे शीर” नत गराउँदछ । र त हामीहरुलाई सदियौंदेखि आफू र आफ्ना समाजमा घटित थुप्रै घटनाहरूलाई आफ्नै परिधीभित्र सीमित गर्न किञ्चित हिच्किचाहट लागिरहेको छैन । धन्य हुन, भारतीय मिडिया र जनताहरु जसले दिल्लीमा भएको सामूहिक बलात्कारको घटनालाई बाहिर ल्याए र २१औं सदियौंमा पनि विद्यमान “नारी हिंसा” को घिनलाग्दो प्रवृत्तिका विरुद्धको जेहाद छेडे । र, अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दै आवाज बुलन्द पारिरहेछन् । मेरो अहोभाग्यका कारण म त...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।