Skip to main content

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

फोटो गुगल बाट सर्च गरि राखिएको हो ।
मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन ।

भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालाई कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीला यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसला सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन थाल्छन्, मान्छेहरू । उसप्रति हेर्ने नजरमा परिवर्तन गर्छन् मान्छेहरू । र, उ लाचार जिन्दगी ज्यून विवश हुन्छे/पारिन्छे । चूनौतीसँग पौठेजोरी खेल्न सक्ने धेरै कम बलात्कृतहरू मात्र स्वभाविक मृत्युवरण सम्म जिन्दगी ज्यून सक्छन् तर धेरै बलात्कृतहरू अस्वभाविक मृत्युको मुखमा धकेलिन बाध्य हुन्छन्, हाम्रो समाजमा । यस्ता घटनाहरू हाम्रा समाजमा दिनानुदिन घटिरहेका छन् । तर यसको सहि विश्लेषण कहिँ कतैबाट भएको देखिदैन ।

यो लेख्दै गर्दा, मैले एउटा घटना सम्झेको छु । केहि महिना अगाडि पोखराको कुनै डाँडोमा एक अधवैशें जोडीला यौनान्द लिइरहेका बेला प्रहरी टोलीले उनीहरूला रंगेहात पकड्यो । त्यो मोबालबाट खिचिएको दृश्यमा ती जोडीबिचको केहि मिनेटको यौनिक क्रियाकलापला कैद गरिसकिएको अवस्थामा मात्र उनीहरूले आफूहरूको कार्यकलापला कसैले चियाइरहेको थाहा पाउँछन् । जब उनीहरू उठेर कपडा लगाउन थाल्दछन्, तब उनीहरू माथि विभिन्नथरीका प्रश्नहरू सोध्ने काम गरिएको छ । सायद, त्यसपछि उनीहरूला गिरफ्तार गरियो र प्रहरी चौकीमा लगियो । उनीहरूला कस्तो कारबाही गरियो ? र, के सजाय भयो ? त्यो त म जान्दिन । तर मला लागेको, एकजोडी मानव बस्तीभन्दा धेरै टाढा, एकान्तमा कतै, आपसी समझदारीमा यौन सम्पर्क गरिरहेका छन, त्यहाँ कसैला केहि अप्ठ्यारो हुने अवस्थै छैन तथापि प्रहरी त्यहाँ पुगेको छ । उनीहरूको भिडियो खिचेको छ । र, सायद गिरफ्तार गरेर सजाय पनि गर्यो । मला उनीहरूको स्वतन्त्र रूपमा यौनानन्द लिन पाउने मानब अधिकारप्रति प्रश्न गर्नु छैन । तर बलात्कारका घटनाका सयौं फरार दोषीहरूको अनुसन्धानमा नलागेर प्रहरी किन यसरी आपसी समझदारीमा यौनकार्य गर्नेहरूको पिछा लागिरहेको छ ? के यहाँ कसैला आपसी समझदारीमा यौनकार्य गर्न पाउने अधिकार छैन ? झन गम्भिर विषय त यो छ कि, के प्रहरीले कसैको यौनसम्बन्धि क्रियाकलापको भिडियोला प्रकाशमा ल्याएर उनीहरूको सार्वजनिक बेइज्जत गर्न पाउँछ ? के प्रहरीहरूला कसैको यौनसम्बन्धि व्यक्तिगत गोप्यतालाभंग गर्ने अधिकार प्रत्योजित छ त ? छैन भने, त्यो अपरेशनमा खटिएका प्रहरीहरूला कानुनको दायरामा ल्याइनु पर्छ कि पर्दैन ?

म थुप्रै पटक परेको छु, ठमेलमा हिड्दै गर्दा दश एघार वर्षका किशोरहरू मेरा हात समाउन आउँदै, 'दा, ...... पडकाउने हो ?' बजारभित्र त्यो पनि ठमेल जस्तो पर्यटकिय क्षेत्रमा यौन ब्यवसाय यसरी सडकमा छताछुल्ल छ । डान्सबारमा युवतीहरूको एक नांगो स्पर्शका लागि साहु/महाजनहरू हजारौका नोटहरू फ्याकिरहेका छन् । पैसाको लोभमा साना केटाहरूला यौन ब्यवसायको दलालका रूपमा प्रयोग गरिएको छ । प्रहरी मौन छ । त्यहाँ माथिको आदेश छैन ! डाँडामा पुगेर यौनकार्य गर्नेहरूला गिरफ्तार गर्न सक्ने प्रहरीहरू किन गेष्टहाउस, डान्सबार र मसाजकेन्द्रमा चलिरहेको व्यवासायिक यौन धन्दामा केहि दख्खल दिन सक्दैन ? म यौन व्यवसाय बन्द गर्नुपर्छ भन्नेमा हैन यौन ब्यवसायमा लाग्नका लागि कसैको मानव अधिकारला कुण्ठित गरिएको छ भने त्यसला बन्द गर्नुपर्छ भन्नेको मान्यता राख्ने ब्यक्ति हुँ । यौन व्यवसायलाई सरकारले व्यवस्थित गर्न सक्नु पर्छ । न कि यसको अवैधानिक कारोवार गरी माथिल्लो तहमा रहेका दुई चार जनाले आर्थिक ब्रम्हलुट गर्न पाउन ।

विश्वका थुप्रै देशहरूमा आफ्ना नागरिकको यौन अधिकारलाई गम्भिरतापूर्वक विश्लेषण गर्ने काम भएको छ र त्यहाँ सामाजिक मूल्य मान्यतामा खलल नपुग्ने गरी यौग कार्यका लागि आफ्ना नागरिकहरूलाई अधिकार प्रत्योजित गरिएको छ । यौनब्यवसाय, कोठी सञ्चालन तथा यौनकर्मी र ग्राहकबीच पुलको काम गर्ने एजेन्टलाई समेत कानुनी मान्यता दिइएको छ । अर्जेन्टिना, अर्मेनिया, अष्ट्रिया, बेल्जीयम, इजरायल, इटाली, डेनमार्क, फ्रान्स, फिनल्याण्ड, जर्मनी, ग्रिस, साइप्रस, आयरल्याण्ड तथा बेलायत जस्ता देशमा यौन ब्यवसायलाई कानुनी मान्यता प्रदान गरिएको छ । अष्ट्रेलिया, बंगलादेश, जापान, संयुक्त राज्य अमेरिका, मलेशिया र आइसल्याण्डजस्ता देशमा केही हदसम्म यौन ब्यवसायलाई कानुनी मान्यता दिइएको छ । यौनब्यवसायका सम्बन्धमा सिमित कानुनी मान्यता रहेको स्वीडेनमा महिलाले यौन बिक्री गर्नुलाई अपराध ठानिदैन तर जबरजस्ती गरिने खरिद भने अवैधानिक ठहरिन्छ । त्यसैगरी यौन ब्यवसायलाई कानुनी मान्यता दिइएको अर्को विकसित देश हो – स्वीटजरल्याण्ड । जहाँ यौनकर्मीले स्थानीय निकाय र स्वास्थ्य संस्थामा आफ्नो नाम दर्ता गर्नुपर्दछ । र, नियमित स्वास्थ्य जाँच उनीहरूका लागि बाध्यकारी नियम हुन्छ । उनीहरूले आफ्नो आम्दानीको आयकर पनि सरकारलाई बुझाउनु पर्ने हुन्छ । प्रहरीको तथ्याङ्क अनुसार ज्यूरिचमा प्रतिहजार मान्छे बराबर ११ जना यौनकर्मी उपलब्ध छन् । त्यसैगरी एक अनुसन्धानले पुष्टी गर्दछ, टर्कीमा १५ हजार दर्तावाल यौनकर्मीहरू छन् । ती मध्ये ३ हजारले ५६ वटा यौनालयमा काम गर्दछन् । विश्लेषकहरूको अनुमान छ कि ति बाहेक पनि टर्कीमा १ लाखको हाराहारीमा दर्ता नभएका यौनकर्मीहरू छन् । अरू तथ्याङ्क हेर्न यहाँ क्लिक गर्नुस

त्यसैगरि केहि वर्ष पहिले युथ फोरम नामक एक संस्थाले काठमाडौंमा गरेको सर्वेक्षण अनुसार झण्डै १० हजारको हाराहारीमा नेपाली महिलाहरू प्रत्यक्ष रूपमा यौन ब्यवसायमा संलग्न रहेको तथ्य उजागर गरेको थियो । यसमा पनि अझ महत्वपूर्ण कुरा त त्यसमध्ये आधाभन्दा बढी १८ वर्षभन्दा मुनिका किशोरीहरू छन् ।नपत्याएँ यहाँ क्लिक गर्नुस यो तथ्यले पनि प्रमाणित गर्दछ‑ अब नेपालमा पनि यौन ब्यवसायला कानुनी दायराभित्र ल्याइ अतिशिघ्र व्यवस्थित गर्नु जरूरि छ । अब गेष्टहासका कोठाहरूमा प्रहरीला छापा मार्न लगाउनु भन्दा बरू यो व्यवसायला ब्यबस्थित गर्नमा ध्यान दिनु उपयुक्त हुन जाला । कम्तिमा पनि यौन ब्यवसाय ब्यबस्थित हुन सकेमा यस्तो ब्यवसायमा किशोरीहरूको संलग्नता हुने सम्भावना नै रहने थिएन । साथै ब्यवस्थित ब्यवसायले यौनजन्य रोगहरूमा पनि नियन्त्रण गर्न सकिन्थ्यो । त्यतिमात्र हैन सरकारको राजस्वमा यस ब्यवसायबाट करौडौ रकम जम्मा पनि त हुन्थ्यो । 

Comments

  1. Samajko arthik, samajik ra sanskritik pakchhya ma bislesanatmak lekh ka lagi Dhanyabad. Yaun byawasaya byawasthit ra maryadit banaunu parchha vanne mero dharana raheko chha.

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई ...