Skip to main content

नयाँ नेपाल, हामी र हाम्रो धरातल

भूगोल जस्तै सुन्दर हुनुपर्यो हाम्रो मन तस्बीरः गुगल खोज
हाम्रो स्तर, जीवनशैली अनि सोच र हामी बसिरहेको यस भूगोलको विकसित भनिएका देशका बासिन्दाहरुको स्तर, जीवनशैली र सोचमा रहेको भिन्नताको भेद खुट्याउनका लागि सबभन्दा पहिले हामीले उनीहरुका बारेमा थाहा पाउनु पर्ने हुन्छ । जब ती विकसित भनिएका मानिसहरुका आचरण र जीवनशैलीका बारेमा हामीले जानकारी पाउँछौ तब हामीले हामी बाँच्दै आइरहेको सामुदायिक दायराको संकुचनताको भेद थाहा पाउँदछौं । मिहिन पाराले हामीले हाम्रो सोच्ने स्तरका सम्बन्धमा जहिलेसम्म अध्ययन गर्न सक्दैनौं, त्यहिले सम्म हामीले आफ्नै स्तरका बारेमा जानकारी हासिल गर्न सक्दैनौं । तसर्थः कम्तिमा पनि हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ, पत्ता लगाउनलाई कि हामी र विकसित मानिसहरुबीच के कति फरक छ ? र, गहन ढंगले विश्लेषण गरिनु आवश्यक छ– सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हाम्रो के कति योगदान रहन्छ ? 
हामी भन्ने गर्दछौं, हाम्रो देश अत्यन्तै अब्यबस्थित छ । यहाँ कानुनी शासनको अभाव छ । नेताहरु सबै चोर हुन । फटाहा छन । तर हामी आफै सम्मानित संसदबाट ऐन कानुनका रुपमा पास भएर आएका नियमहरु पालना गर्न हिच्किचाउँछौं । हाम्रो ठनाइ छ कि नियम नमान्ने हामीहरु अराजक होइनौं, नायक हौं । नियम तोड्न सक्नु हाम्रो बहादुरीपन हो । शौर्य हो । हामी आफूले नियम तोडेकोमा गर्व गर्दछौं तर अरुले नियम परिपालना गर्दाको बखत गरेको सामान्य त्रुटीलाई पनि ठूलो मुद्धाका रुपमा बहस गर्दछौं । किनकी, हामी धेरैजसोलाई लाग्ने गर्दछ, हामी बीर गोर्खालीका सन्तानसन्ततीहरु हौं । यहि हाम्रो पहिचान हो । 
हामीले बिर्सनै नहुने कुरो के हो भने, सभ्य र सुसंस्कृत समाजको निर्माण एकै आवेगमा हुनै सक्दैन । विश्व इतिहासमा कुनै पनि राष्ट्र एकैपटक सभ्य, विकसित र सुसंस्कृत हुन सकेको अभिलेख छैन । एक वा दुई वर्षमा आमुल परिवर्तन असम्भवप्रायः नै छ । तथापि एक पुस्ताले इमान्दारितापूर्वक आफ्नो दायित्व निर्वाह गरिदिदाँ मात्रै आज यो ब्रमाण्डमा थुप्रै देशका नागरिकहरुले सभ्य, सुसंस्कृत र विकसित कहलिने अवसर पाएका छन । त्यसकारण पनि अब नयाँ नेपाल निर्माणको फगत सुगा रटान लगाउनुको साटो भोलीको हाम्रो पुस्तालाई सभ्य, सुसंस्कृत र विकसित नेपाल हस्तान्तरणका लागि अहिलेको हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ ।
मलाई अझै याद छ, केहि महिना पहिले युवा स्वयंसेवकका रुपमा नर्वे रहँदा एकजना साथीसँग म एक पवमा बियरको चुस्की लिने मनशायले पसेको थिएँ । वियर माग्दा, पवका मान्छेले मलाई मेरो परिचय पत्र मागे । किनकी, उनले म १८ वर्षभन्दा माथिको युवक हुँ भन्ने कुरामा विश्वास गरेनन । मसँग मेरो उमेर खुलाउने कुनै परिचय पत्र साथमा थिएन । यसको मतलब वियरको मूल्य तिर्छु भन्दा पनि मैले बियर पिउन पाइँन । तर एक महिना पहिले नेपाल सरकारले सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेपनि हाम्रा पसल, मठमन्दिर, चौपारी, सिनेमाघर, रेष्टुरेन्ट र होटलहरुमा न चुरोटका अम्मलीहरुले चुरोट पिउन छाडेका छन न त पसलेहरुलाई चुरोटका पारखीहरुलाई त्यसो गर्नबाटै रोकेका छन । यहि भिन्नता छ हामी र विकसित देशका सभ्य मानिसहरुमा । यसैले प्रष्ट पार्दछ हाम्रा र उनीहरुका सोचका भिन्नता । उनीहरु पालना गर्नका लागि नियम बनाउँदछन्, हामीहरु बर्खिलाप गर्न नियम बनाउँछौं । अब कसरी परिष्कृत बन्न सक्दछ हाम्रो    समाज ? 
हामीलाई महत्वपूर्ण नलाग्ने साना र मसिना मान्यताहरुमा मात्रै समयसापेक्ष परिवर्तन गर्न सक्यौं भने पनि हामीले उज्ज्वल भविष्यको मार्गचित्र कोर्न समर्थ हुन्छौं । यदि साँच्चीकै हामीलाई हाम्रो देश खत्तम भएको लागेको छ र यो देशलाई असफल हुन नदिने दायित्व हाम्रो पनि हो भन्ने लाग्दछ भने कम्तिमा पनि अबदेखि अरुले के गरे होइन्, हामीले के गर्न सक्यौं भन्ने कुराको समीक्षा हुनु आवश्यक छ ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...