✍ शेखर आचार्य सम्भवतः भान्ता नगरपालिकाको धेरै बासिन्दाहरु भान्ताको आफ्नै ट्राम चलाउने महत्वापुर्ण र महत्वाकाक्षी परियोजना बारेमा जानकार भइसक्नुभएको छ होला। यो परियोजना अन्तर्गत भान्ता नगरपालिकाभित्र अबको केहि वर्षमा लगभग १७ कि मि दुरीको ट्राम सेवा सुचारु हुने छ। विशेषगरी तिक्कुरिला ट्रेन बिसौनी, पुस्तकालय र kielotie क्षेत्रमा भैरहेको निर्माण कार्यले ट्राम निर्माण कार्यको प्राथमिक चरणका काम झल्काउँछ। भान्ता नगरपालिकाले ट्रामलाइ एउटा गौरबको आयोजनाको रुपमा चित्रण गरेको छ, र बास्तबमै एउटा आधुनिक र उन्नत सहरको मापकको रुपमा ट्रामले राम्रो भूमिका खेल्न सक्दछ भन्ने बारेमा सायद कसैको बिमति नहोला । विश्वका विभिन्न ट्राम संचालित शहरहरुको उदाहरण हेर्ने हो भने पनि सवारी साधनका बिकल्पमा ट्रामलाइ उत्तम मानिएको छ । ट्रामकै कारणले हाम्रै फिनल्याण्डको ताप्म्पेरेको लोकप्रियता बढ्नु र सबभन्दा आकर्षक शहरको रुपमा चित्रित हुनुले फिनल्याण्डकै सन्दर्भमा पनि सकारात्मक प्रभाबहरु देखिनछन । र, यो उदाहरण यहाँका योजनाकारहरुका लागि...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।