Skip to main content

भान्ता ट्राम: महत्वाकांक्षा कि व्यवहारिक परियोजना ?

✍ शेखर आचार्य

tram in a subrub generated in canva pro

सम्भवतः भान्ता नगरपालिकाको धेरै बासिन्दाहरु भान्ताको आफ्नै ट्राम  चलाउने महत्वापुर्ण र महत्वाकाक्षी परियोजना  बारेमा जानकार भइसक्नुभएको छ होला। यो परियोजना अन्तर्गत भान्ता नगरपालिकाभित्र अबको केहि वर्षमा लगभग १७ कि मि दुरीको ट्राम   सेवा सुचारु  हुने छ।  विशेषगरी तिक्कुरिला ट्रेन बिसौनी, पुस्तकालय र kielotie क्षेत्रमा भैरहेको निर्माण कार्यले ट्राम निर्माण कार्यको प्राथमिक चरणका काम झल्काउँछ।  

भान्ता  नगरपालिकाले ट्रामलाइ एउटा गौरबको आयोजनाको रुपमा चित्रण गरेको छ, र बास्तबमै एउटा आधुनिक र उन्नत सहरको मापकको रुपमा ट्रामले राम्रो भूमिका खेल्न सक्दछ भन्ने बारेमा सायद कसैको बिमति नहोला । विश्वका विभिन्न ट्राम  संचालित शहरहरुको उदाहरण हेर्ने हो भने पनि सवारी साधनका बिकल्पमा ट्रामलाइ उत्तम मानिएको छ । ट्रामकै कारणले हाम्रै फिनल्याण्डको  ताप्म्पेरेको लोकप्रियता बढ्नु र  सबभन्दा आकर्षक शहरको रुपमा  चित्रित हुनुले फिनल्याण्डकै सन्दर्भमा पनि सकारात्मक प्रभाबहरु देखिनछन । र, यो उदाहरण यहाँका योजनाकारहरुका लागि चुम्बकीय तर्क पनि बनेको छ ।  त्यसका अलावा कार्बन उत्सर्जनमा २०३० भित्रमा नयूट्रल हुने महत्वाकांक्षी योजनालाई पनि यो परियोजनाले निक्कै सहयोग पुर्याउने आङ्कलन गरिएको छ।   

भान्तामा पनि ट्राम चल्ने कुरा एउटा शहरबासीको रुपमा मन-पुलकित बनाउने बिषय भए पनि यस सम्बन्धमा धेरै मानिसहरुले केहि मुख्य कुराहरुमा संशय र चासो राखेको मैले महशुस गरेको छु । हालका केहि दिनहरु, म यहि बिषय केन्द्रित भएर यसलाई अझ मिहिन तरिकाले बुझ्ने प्रयाश गरिरहेको छु। मुलत: ट्राम निर्माण सम्बन्धि धेरै मानिसहरुको चासो मैले निम्न तिन प्रश्नमा केन्द्रित भएको पाएको छु : 

पहिलो प्रश्न : जम्मा जम्मी लाख ६० हजार बस्ने यो सहरमा यति महँगो परियोजनाले लगानीको प्रतिफल  दिन सक्छ कि सक्दैन

दोश्रो प्रश्न : बढ्दै गरेको सार्बजनिक सवारीको मूल्यका कारणले जब नगरबासीहरू आफ्नो व्यक्तिगत सवारी तिर आकर्षित भैरहेको विद्यमान अवस्थामा , के ट्रामले त्यसलाई सकारात्मक प्रभाब पार्न सक्ला त? 

तेस्रो प्रश्न :  के ट्रामले आफ्नो टिकट बिक्रीले मात्र लगानीको प्रतिफल निकाल्न सक्ला त ? यदि सकेन भने यत्रो विशाल परियोजना कसरी सञ्चालन हुन सक्ला ? 

केहि वर्ष पहिलाफ पहिलो पटक भान्तामा ट्राम चल्नेबारेमा बहस सुन्दा उत्सुकता भए पनि मेरो लागि ट्राम उति साह्रो चासोको बिषय थिएन । आफ्नो फिनल्याण्ड बसाइको निर्क्यौल नभएको अबस्थामा त्यस सम्बन्धि उति चासो नरहनु सम्भवत स्वाभाविक नै थियो होला । तर भान्तालाई आफ्नो स्थाई बासस्थान बनाएपछि र अझ विशेषगरी अहिले  भान्ता नगरपालिकाको काउन्सिल सदस्यको रुपमा निर्वाचित भए पश्चात ट्राम, त्यसको लागत मूल्य र दिर्घकालिन असरहरुको बारेमा अलि बढी चासो बढेको छ। उसो त भान्ता नगरपालिकाको बजेट सम्बन्धि बहसमा यो बिषय प्राथमिकतामा पर्नुले पनि चासो नराखी रहन सकिदैन् । 

 

यो परियोजना भान्ता नगरपालिकाको अहिले सम्मकै महँगो परियोजना हो जसको कुल लागत झन्डै ६०० देखि ६३० मिनियन युरो सम्म हुन सक्दछ (विविध आइ पर्न सक्ने कारणहरुले) । यो परियोजनामा भान्ता नगरपालिकाको मात्र ४१४  मिलियन युरो खर्च हुने छ । बाँकी रकम, केन्द्रिय सरकार ( १७७ मिलियन यूरो ), र हेलसिन्की नगरपालिका (१०.५ मिलियन यूरो) बाट प्राप्त हुने छ । कुल रकममा केन्द्रिय सरकार र अन्य दाताहरुको सहयोगले नगरपालिकाको आर्थिक बोझमा केहि सहयोग त पुर्याउने छ तर पनि लगानी गरिने रकम नगरपालिकाको बासिन्दाको  संख्या , कुल ग्राहस्थ उत्पादन र अहिलेको विषम आर्थिक परिस्थितिका कारण यो परियोजना निक्कै खर्चिलो र महत्वाकांक्षी देखिन्छ ।

  

प्रारम्भिक आंकलन र मुल्यांकन केवल टिकट बिक्रिमा मात्र निर्भर रहदा ट्राम परियोजना उति दिगो हुने आंकलन गर्न सकिंदैन तर यो  परियोजनालाई केवल टिकट बिक्रिसंग मात्र जोडिनु  हुँदैन् । बरु यसका प्रत्यक्ष र परोक्ष पक्षहरुलाइ मिहिन ढङ्गले केलाउनु पर्ने हुन्छ, जसको छोटकरीमा यहाँ उल्लेख गरिनेछ ।  

) जमिनको उपयोग र बिक्रि: ट्रामले यातायातलाई छिटो र सरल बनाउने,साथ् - साथै शहरलाई सधैंका लागि बस्न योग्य र आकर्षक बनाउने कारणले गर्दा  शहरी योजनाकारहरू ट्राम स्टेशनको वरपर घना (Compact) र मिश्रित (आवास र व्यवसाय दुवै भएको) शहरी विकास गर्न इच्छुक हुन्छन । भान्ताका बिशेष स्थानहरु र ट्राम बिसौनी नजिकका स्थानहरुमा व्यपाक निर्माण र शहर बिस्तारको आंकलन गर्न सकिन्छ । नगरपालिकाको आधिकारिक दस्ताबेजका अनुसार जग्गा बिक्रि वा प्रयोग अधिकार बेचे बापत मात्र अबका केहि बर्षहरुमा भानता नगरपालिकाले मनग्य आम्दानी गर्न सक्नेछ, जुन भान्ता नगरपालिकाको आफ्नो हकको लगानी भन्दा निक्कै धेरै हुन सक्दछ।  

) जनसंख्या र आर्थिक वृद्धि : भान्ता आफैंमा जनसंख्या वृद्धिको हिसाबले अग्रणी स्थानमा रहेको अबस्थामा ट्राम लाइनको विस्तारले थप जनसंख्या वृद्धिको लागि थप योगदान गर्ने छ। ट्राम  लाइनको विस्तार सँगै २०५० भित्रमा  भान्ता नगरपालिकामा ६० हजार नयाँ बासिन्दा थपिने आंकलन गरिएको छ जसले ३० हजार नयाँ रोजगारीका अबसरहरु पनि उपलबध गराउने छ। जनसंख्याको वृद्धिसँगै श्रमशक्ति बढ्ने र बजार बिस्तार हुन जान्छ र भान्ता नगरपालिकाको आर्थिक गतिविधिलाई प्रोत्साहन दिन्छ।  यस्ता आर्थिक गथिबिधिको वृद्धि सँगै नगरपालिकाले प्राप्त गर्ने कर रकममा निक्कै ठुलो सकारात्मक प्रभाब पर्ने छ जसले नगरपालिकाको आर्थिक अबस्थामा ठुलो योगदान गर्ने छ।  

)  सहज यातायात : ट्राम  जस्तो ठुलो संख्यामा यात्रुहरुलाई एकै पटक वसार- पसार गर्न सक्ने सवारी साधनले सहरको यातायात प्रणालीमा सकारात्मक प्रभाब पार्ने छ।  सडक जाम कम हुनुको साथसाथै भरोषा योग्य सवारी साधनको रुपमा एउटा राम्रो सेवा मिल्दा, यसले नगरवासिहरुलाई नीजि सवारीको प्रयोग कम गर्दै सार्बजनिक यातायातमा यात्रा गर्न प्रोत्साहन गर्न सक्दछ।  

) बाताबरण संरक्षण - बिजुली बाट चल्ने हुँदा एकतर्फ यसले कार्बन उत्सर्जनमा निक्कै ठुलो भूमिका खेल्दछ । साथ-साथै सहरको  स्वच्छता र दिगो- विकाशलाई निकै ठुलो सघाउ पुर्याउने छ।  

भान्ता नगरपालिका आफैंले पनि यो बिषयमा निक्कै गृह कार्य गरेर बिबिध आयामहरुलाई अध्यय न र अनुसन्धान गरेको छ र सम्भवतः आफ्ना योजनाहरुमा सफलता हात पार्न सक्नेछ यद्दपी हालको आर्थिक मन्दी, चरम बेरोजगार र अनिर्णित आर्थिक अबस्थाले गर्दा प्रक्षेपण गरिएका सम्पूर्ण लक्षहरु भने प्राप्त नहुन सक्दछन। एकातर्फ बिग्रँदो आर्थिक अबस्था, चरम बेरोजगारी र परिवर्तित नियम कानुनहरुका कारणले गर्दा आप्रबासीहरुको आकर्षण घट्दै गएमा लक्ष्य अनुसारको जनसांख्यिक  वृद्धि नहुन सक्दछ, जसका कारण आर्थिक गतिविधिहरुमा ह्राश आउन सक्दछन्।  निर्माण कार्यमा भएको सुस्तता र कर राजस्व संकलनमा आएको गिरवाट यस्तै गतिमा यथावत रहेमा यो परियोजना सेतो हात्ती बन्ने डर रहन्छ, तथापि विश्व राजनीतिमा यदि सकारात्मक बदलाव आएमा त्यसका असरस्वरुप आर्थिक वृदृि भएमा भान्ता नगरपालिकाको ट्राम एउटा सुन्दर आकर्षण मात्र नभई शहरको लागि आत्मनिर्भर सेवा प्रणालीको रुपमा बिकाश हुन सक्दछ।  

यस ब्लगका अतिथि लेखक आचार्य भान्ता नगर परिषदका निर्वाचित सदस्य हुनुहुन्छ ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...