फिनल्याण्ड आएको २ वर्षपछि म नेपाल पुगेको थिएँ । त्यसै बेला मलाई भाइले सुनाएको थियो, गाउँका दुई जना अलि बयस्क मानिसहरू जो सहोदर दाजुभाइ थिए, उनीहरूले "भूपेन्द्रले छोरालाई दलितको कोटामा फिनल्याण्ड पठाएको हो ।" भनेर हौवा चलाएका छन् । मैले भाइलाई भनेथेँ, "मानिसहरू त्यति नै बोल्छन् जति ति सोच्न सक्छन् !" भाइले भन्दै थियो, "एकचोटी कुरा गर दाई, नभएको कुरा भन्दै हिड्नेलाई जवाफ दिएनस् भने झन बदनाम गर्दै हिड्छन् ।" मैले त्यो बेला भाइले भनेको कुरालाई खासै महत्व दिइनँ किनकी यस्तै एक आरोप सन् २०१० मा बेनी बजारको न्यूरोडमा त्यतिबेला मेरा एक मित्रले सञ्चालन गर्ने मझेरी नामको रेष्टुरेन्टका ठीक अगाडि पट्टी एउटा क्रान्तिकारी पार्टीका दलित युवा नेताले मलाई भनेथे, "तपाइँ त नर्बे जाँदै हुनुहँदो रहिछ, बा नेता भएको राम्रै काम लागेछ !" ती क्रान्तिकारी मित्रले मलाई त्यसरी आत्मसम्मानमा नै चोट पुग्ने गरी भनेको ठीक ४ महिना अगाडि एउटा चिया पसलमा बालाई मैले रेडक्रसले अभिभावकले छनोट भएका खण्डमा नर्बे जान मञ्जुरी दिने व्योहोराको मञ्जुरीनामामा दस्तखत गराउन खोज्दा जिज्ञासाले भ...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।