बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ । बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे । मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...
फिनल्याण्ड आएको २ वर्षपछि म नेपाल पुगेको थिएँ । त्यसै बेला मलाई भाइले सुनाएको थियो, गाउँका दुई जना अलि बयस्क मानिसहरू जो सहोदर दाजुभाइ थिए, उनीहरूले "भूपेन्द्रले छोरालाई दलितको कोटामा फिनल्याण्ड पठाएको हो ।" भनेर हौवा चलाएका छन् । मैले भाइलाई भनेथेँ, "मानिसहरू त्यति नै बोल्छन् जति ति सोच्न सक्छन् !" भाइले भन्दै थियो, "एकचोटी कुरा गर दाई, नभएको कुरा भन्दै हिड्नेलाई जवाफ दिएनस् भने झन बदनाम गर्दै हिड्छन् ।" मैले त्यो बेला भाइले भनेको कुरालाई खासै महत्व दिइनँ किनकी यस्तै एक आरोप सन् २०१० मा बेनी बजारको न्यूरोडमा त्यतिबेला मेरा एक मित्रले सञ्चालन गर्ने मझेरी नामको रेष्टुरेन्टका ठीक अगाडि पट्टी एउटा क्रान्तिकारी पार्टीका दलित युवा नेताले मलाई भनेथे, "तपाइँ त नर्बे जाँदै हुनुहँदो रहिछ, बा नेता भएको राम्रै काम लागेछ !" ती क्रान्तिकारी मित्रले मलाई त्यसरी आत्मसम्मानमा नै चोट पुग्ने गरी भनेको ठीक ४ महिना अगाडि एउटा चिया पसलमा बालाई मैले रेडक्रसले अभिभावकले छनोट भएका खण्डमा नर्बे जान मञ्जुरी दिने व्योहोराको मञ्जुरीनामामा दस्तखत गराउन खोज्दा जिज्ञासाले भ...