Skip to main content

नेपाल, गणराज्य र अनुत्तरित प्रश्नहरू


महान् जनवादी पार्टी एकिकृत ने.क.पा. माओवादीले संविधानसभाले निक्र्यौल गर्नु पर्ने राज्य संरचनाको विषयलाई आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेबमोजिम प्रस्तावित १५ वटा गणराज्यहरूको घोषणा आगामी पौष पहिलो सातासम्ममा गर्दैछ । सस्तो लोकप्रियता प्राप्तीको लालचमा होस् वा आफ्नो हैकमबादी अधिनायकत्वको पुनर्पुष्टिका लागि होस् माओवादीहरूले क्षणिक आवेश र उत्तेजनामा आएर नेपाल र नेपालीको भविष्यलाई दिर्घकालिनरूपमा खतरनाक मोडमा लगेर उभ्याउने भगिरथ प्रयास गर्दैछन् । उनीहरूको यो अपरिपक्व र केटौली पाराले देश निकट भविष्य मै मुठभेडको स्थितीमा पुग्ने अवश्यंभावी छ । जातियताका आधारमा संघिय गणराज्यको नाम दिएर माओवादी नेतृत्वले सिंगो नेपालको रूपलाई टुक्रा टुक्रा पार्ने दिशातिर आफ्ना ध्यानलाई आकृष्ट पारेको छ । नेवारहरुको बाहुल्यता भएको राज्य – नेवा गणराज्य, तामाङ्हरूको बाहुल्यता रहेको राज्य – ताम्सालिङ् गणराज्य, यसैगरी मगराँत, लिम्बुवान, खम्बुवान, खस, मिथिला आदि ईत्यादि । उनीहरूको यो हदको केटौली पाराले देशवासीलाई सशंकित पार्नु अस्वभाविक विषय हुनै सक्दैन् । नेपाली जनताहरूले विस्तारै माओवादीको क्रान्तिकारीता र राष्ट्रवादितालाई नजिकैबाट बुझ्ने र अनुभव गर्ने मौका पाएका छन् ।
जनता निरुत्तर छन् – १०० भन्दा बढी जाती र जनजातीले बसोबास गर्ने यो सानो हिमाली राज्यमा यसरी जातीयताका आधारमा देशलाई संघिय गणराज्य घोषणा गर्दै जाने हो भने भोली यो देशको हविगती कस्तो रहला ? के यो देशलाई जातियताका आधारमा संघियतामा लैजाँदा मात्र १५ वटा जातीय गणराज्य स्थापना गरेर सम्पूर्ण जाति जनजातीलाई समेट्न सकिन्छ त ? यसरी जातीय गणराज्य स्थापना गर्दा चेपाङ्हरूलाई छुट्टै राज्य नचाहिँएला ? छन्त्यालहरूको आफ्नै राज्य नहुने ? त्रिशुली र कर्णालीमा माछा मार्दै जिवीका चलाउने माझीहरूले आफ्नै गणराज्यको महत्वकांक्षा नराख्लान् ? यी प्रश्नहरू अनुत्तरित नै रहन्छन् र आज संघिय संरचनामा दलहरू उपयुक्त निर्णय लिनबाट चुके भने भोली देशको भविष्य गम्भिर संकटमा पर्न सक्ने सम्भावनलाई हामी कसैले नकार्न मिल्दैन् ।
२०६६ जेष्ठ १४ गते आउने भनिएको गणतान्त्रिक नेपालको संविधानमा ६०१ जना राजस्वमा ब्रम्हलुट गरिरहेका संविधानसभाका सदस्यहरूले नेपालको संघिय स्वरुपको कस्तो संरचना कोर्ने हुने त्यो त भविष्यको गर्भमा नै छ । तथापी नेपाली प्रजातान्त्रिक आन्दोलनको सबभन्दा पाको राजनैतिक दल नेपाली काङ्ग्रेसले राज्यको संघिय संरचनाका सम्बन्धमा आफ्नो दलको प्रस्ताव पनि ल्याउन नसक्नु कति दुखदायि छ होला ? ने.का.को पटक पटकको केन्द्रिय समिति बैठक र संसदीय दलको बैठकले यस विषय सम्बन्धी आफ्नो प्रस्ताव ल्याउन नसक्नु यति लाजमर्दो छ कि मानौं अब देश सञ्चालन र व्यवस्थापनमा काङ्ग्रेसको भुमिका अवसान हुने तयारीमा छ । उता संविधानसभामा राज्यको संघिय संरचनामा आवश्यक छलफल र विचार विमर्श गर्न राजनैतिक दलका नेतृत्वहरू संवेदनशील नहुने र यता माओवादीले क्षणिक लहैलहै र उत्तेजनामा अन्तरिम संविधान र शान्ति प्रक्रियाका विभिन्न चरणमा भएका सम्झौताको भावना विपरीत गणराज्य घोषणा गर्दै जाने हो भने, एउटा कुरा निश्चित छ – न यो देशमा जनताको संविधान बन्छ न त यो कुनै संघिय राष्ट्र नै । यो विकसित घटनाक्रमले नेपाली जनतालाई उत्प्रेरित गरिरहेछ, एउटा अर्को भयानक जनआन्दोलनको तयारीका लागि ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...