जब सीप हुन्छ हातमा !

यी युवतीको नाम हो – जसमाया पुन । पर्वत शालिजाकी यि विवाहित युवती एक आत्मनिर्भर नारी हुन् । उनी अल्लो धागो कताई तथा अल्लो धागोको कपडा बुन्ने तालिम दिने प्रशिक्षक हुन् । “महिलाहरुले केहि पनि गर्न सक्तैनन् भन्ने आम नेपालीहरुको गलत सोचले आफूलाई आफ्नै सीप र श्रममा बाँच्न अभिप्रेरित गरेको” बताउने प्रशिक्षक पुन प्राय ः अल्लो सम्बन्धि विभिन्न तालिममा व्यस्त रहन्छिन् । मासिक १०,००० सुख्खा कमाईका लागि खाडी मुलुकमा काम गर्न विवश नेपाली युवायुवती तथा बेरोजगार भई नेपालमै आफ्ना सिर्जनशिल समय त्यत्तिकै खेर फाल्ने थुप्रै युवायुवतीहरुका लागि उनलाई एक अनुकरणीय व्यक्तित्वको रुपमा लिन सकिन्छ । कत्तिलाई विश्वास नलाग्न सक्छ, उनको औसत मासिक आम्दानी नेपाल सरकारको एक श्रेणीकृत अधिकृतको भन्दा कम हुँदैन् । उनीबाट हामीले पनि केहि सिक्ने हो की ?

Comments