Skip to main content

वाह सभासदहरू वाह !

सरकार काम चलाउ भयो, शान्ति प्रक्रियाले उचित गति लिन सकेन, संविधान लेखन कार्यले बिश्राम लियो, बजेट नआउँदा आर्थिक कृयाकलापमा महत्वपूर्ण असर भयो भन्ने जिकिर गर्दै, मुख्य भनिएका तीनवटा भाले दलहरूबीच चरणचरणौ गरेर कहिले हात्तिबन त कहिले गोकर्ण, कहिले बालुवाटार त कहिले सिहंदरबार गरी विभिन्न मितिमा बैठक नभएका पनि हैनन् । ती कुनै पनि ठोस निर्णय नभएका बैठकहरू मात्र भए । देशको राजस्वबाट रिसोर्टमा पाकेका मीठा परिकार भोजन गर्ने र आरामदायी खाटमा सुत्ने बाहेक तिनले केहि लछारो पटारो लगाउन सकेनन । मंसिर ३ गतेको रातीको संसद भवनभित्रको बजेट निर्णायार्थ प्रस्तुत हुँदाको ब्यवस्थापिकाको बैठकमा जे देखियो त्यसले के प्रमाणित गरिदिएको छ भने, राजनैतिक दलबीच एकले अर्कोलाई निषेध गर्ने, देखाईदिने (?) प्रवृति अझ बढेर गएको छ । जनताहरूका अगाडि जतिसुकै आशावादी कुरा गरे पनि यिनमा मिल्ति नै छैन भन्ने कुरो छर्लङ्गै भएको छ ।

 यो घटना घट्नुको मुख्य दोषी सबैले माओवादीलाई माने पनि मेरो बुझाइमा चाँहि कांग्रेस र एमालेको पनि उत्तिकै दोष छ । संसदको सबभन्दा ठूलो दललाई एक्ल्याएर जे पनि गर्न सक्छौ भन्ने भ्रममा रहेका कांग्रेस र एमालेका शिर्षस्थ नेता भनौंदालाई यो घटनाले लोप्पा ख्वाइदिएको छ । हुन पनि सहनुको पनि एउटा हद हुन्छ नी । अहिले देशमा महत्वपूर्ण कुरो बजेट भन्दा पनि सहमति हो । पहिला सहमति गर्नु पर्यो । जनताबाट निर्वाचित प्रतिनीधिहरूको सरकारमा उपस्थित हुनुपर्यो । अनि बल्ल बजेटका कुरा आउँछन् । यससम्बन्धी बाँकी कुरा पछि गर्दै गरौंला । अहिलेलाई तलको भिडियो हेरेर मनोरन्जन लिनुस । यो त शुरूवात मात्र हुनुपर्छ । यस्ता भिडियो अझ धेरै आउनु पर्छ । अब नेपाली जनताहरू भ्रममुक्त हुनु आवश्यक छ । यहाँ कसैले कसैलाई निषेध गर्नुको परिणाम यस्तै आउँछ । संसदबाट कुनै पनि हालतमा बजेट ल्याउन नसकिने अवस्था देखेपछि यो कामचलाउ सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी पनि गर्दैछ रे । अब तपाईंहरू नै भन्नुस हिजो राजा ज्ञानेन्द्र शाहले अध्यादेश मार्फत बजेट ल्याउँदा चर्को बिरोध गरेकालाई कांग्रेसी र एमालेहरूको चाला ! माओवादीले हैन यिनले संसदिय ब्यवस्थाको खिल्ली उडाइरहेका छन् । म अहिले राजनीतिक दृष्टिकोण दिईरहेको छैन । वास्तवमा म आफू नै माओवादीको हिंसात्मक गतिविधी र अधिनाकत्व लाद्न खोज्ने चरित्रको बिरोधी मान्छे हुँ । तर पछिल्ला दिनहरूमा कांग्रेस र एमालेले विदेशीप्रभुको ईशारा माओवादीहरूलाई एक्लाएर जे गर्न खोजिरहेका छन् म त्यसको घोर बिरोध गर्न चाहन्छु । 

बजेट प्रस्तुत गर्न नदिएर माओवादी सभासदहरूले ताण्डवता देखाएका होइनन् बरू राष्ट्रियता र दीगो शान्तिप्रति प्रतिबद्द रहन चेतावनी दिएका हुन भन्ने मेरो आफ्नो सापेक्ष बुझाइ मात्र हो । बजेट पास नहुँदा देश मात्र ठप्प हुने हैन, उनीहरूको पनि तलब भत्ता र सुविधा ठप्प हुने हो । आदर्शका गफ गरेर मात्र हुँदैन । अहिलेको तत्कालको आवश्यकता बजेट नभएर सहमति हो । संसदभित्रको यो पछिल्लो घटनाले कम्तिमा पनि सहमति बाहेक विकल्प नभएको जनाउ दिएको छ । यसपट्टी नेताहरूको ध्यान जानु जरूरी छ । म त भन्छु जे गरे माओवादी सभासदहरूले धेरै राम्रो गरे । वाह सभासदहरू वाह !

Comments

  1. Nirajan ji ma hajurko kurama 100% sahamat 6u tapaiko yo lekh ma daam cha,,nirantarta dinu hola,,,Sundar

    ReplyDelete
  2. amar spandan12/1/11 5:51 PM

    yastai ho dai achel ta yo raajnini ko khasai intrest launai chhodyo bhanya hernuna hamro desh ma chiniko mulya 1 rupee badda ufranchhan aaja yatibidhi huda sabai chup k garne .............amar spandan..

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...