Skip to main content

प्रधानमन्त्री ....प्रधानमन्त्री ......प्रधानमन्त्री .......!

पुर्पुरो त ल्याएकै रहिछन् नी !
अन्ततः केहि घण्टा पश्चातः नेपालले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ । माधबकुमार नेपालले प्रधानमन्त्री पदबाट राजनीमा दिएको दुर्इ दिनमा सहमति निर्माण हुने जिकिर गर्दै आएको एकिकृत नेकपा माओवादी र एमाले अध्यक्ष खनालसहितका केहि एमाले हस्तीहरूले २ दिनमा त के २ महिनासम्म पनि भनेजस्तो सहमतिको बाताबरण निर्माण गर्न नसकेको त हाम्रा माझ छर्लङ्गै छ । यसरी ५ महिनासम्म देशलार्इ पेन्डुलम गरार्इ प्रधानमन्त्रीको निर्वाचनमा रनभूल्ल परेका दलहरूले प्रधानमन्त्री निर्वाचनको नियमावलीमा संशोधन गरी प्रधानमन्त्री निर्वाचनको दोश्रो खण्ड शुरू गरेका थिए ।
आज, प्रधानमन्त्री निर्वाचनको दोश्रो खण्ड शुरू हुँदा यसले फेरि नाटकिय रूप लिएको छ । सधैं सहमतिको रटान दिदैँ आएका दलहरू मध्ये एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिइ प्रधानमन्त्रीमा दाबेदारी राखेका एमाले अध्यक्ष झलनाथ खनाललार्इ सहमति गरेको औपचारिक घोषणा गरेपछि यसपालीको प्रधानमन्त्री निर्वाचनले नाटकिय रूप लिएको हो । देशले पाँच महिनाको कठोर तपस्या पश्चातः नयाँ प्रधानमन्त्री त पाउने निश्चित भयो तर यसले शान्ति प्रक्रियालार्इ तार्किक निश्कर्षमा पुर्याउने र समयसीमाभित्रै संविधान जारी गर्ने कुराको भने ग्यारेन्टी गर्न सक्दैन भन्नेमा कसैको दुर्इमत नहोला । यो निर्वाचनले एक्कासी लिएको नाटकिय मोडका पनि केहि पृष्ठभूमी छन् जस्तोकि आफ्ना उपाध्यक्ष बाबुराम भट्टरार्इलार्इ पार्टिभित्र र बाहिरबाट प्रधानमन्त्री पदमा उम्मेदवारी दिनु उपयुक्त हुने कुरा जतिजति बुलन्द हुँदै गयो तब प्रचण्डको मथिङ्गलमा भुँइचालो जान थाल्यो । र, उनले के सोचे भने बाबुरामले देशको प्रधानमन्त्री चड्काउँदा बित्तिकै आफ्नो राजनीतिक भविष्य दुर्घटनाग्रस्त हुनेछ । तसर्थ
उनले प्रधानमन्त्री निर्वाचनको पहिलो खण्डमा आफ्नो लगातारको सातपटकसम्मको हारलार्इ बिर्सेर यसपटक पनि आफ्नै उम्मेदवारी हुनुपर्ने जिकिर गरे र अन्तिममा आएर आफ्नो उम्मेदवारी फिर्ता गरे । र, झलनाथलार्इ देबिप्रसादको झापडले गज्जबको संयोग जुरार्इदियो । प्रधानमन्त्रि बन्ने !
तर मैले यहाँ उठाउन खोजेको कुरो चाँहि प्रधानमन्त्रीका चौथा उम्मेदवार बिजयकुमार गच्छदारले आफ्नो उम्मेदवारीको औचित्यताको पुष्टि गर्दै उठाएका केहि सन्दर्भका बारेमा हो । गच्छदारले आफू थारूको छोरो भएको र मधेशको प्रतिनिधित्व गर्ने भएकाले देशका तीन ठूला दलहरूले आफ्नो उम्मेदवारीबाट आफू मध्ये एकलार्इ जिताउनका लागि त्यागको ढोंग देखाएका हुन भनेर आरोप लगाउन सम्म भ्याए । जनता कसैको पेवा नभएकाले मुख्य तीनदलका नेताहरूले देशमा स्वेच्छारी गरेको कुरा उप्काउँदै जनताहरूसँग त्यसको भण्डाफोर गर्न जाने चेतावनी समेत दिए । अलिकति भावुक र केहि बढि आक्रोशित हुँदै गच्छदारले देशको विध्यमान राजनीतिक गतिरोधको पहिलो दोष ठूलो दल भएको हैसियतले माओवादीलार्इ जानेकुरा पनि दर्शाए । देशमा अहिले सृजना भएको राजनीतिक दुर्गतिका पछाडि कांग्रेसको पनि ठूलो जिम्मेवारी रहेको कुरा उल्लेख गर्दै आफ्नो ३५ बर्षिय कांग्रेसी राजनीतिलार्इ गलत्याएर मधेसबादी दलमा आफ्नो प्रवेशको औचित्यतालार्इ पुष्ट्याउने काम सम्म गरे । संविधानसभा निर्वाचनमा दुर्इ दुर्इ निर्वाचन क्षेत्रबाट निर्वाचित राजनितिज्ञको हैसियतले नेपालको प्रधानमन्त्री हुने सक्षमता आफूमा रहेको दाबी गर्दै आफ्नो उम्मेदवारीलार्इ समर्थनका लागि अनुरोध पनि गरे ।
बल्ल बाबुरामलार्इ स्वाद फेरियो गाँठे !
तपार्इ तीन दलहरूले नै हैन संविधानसभाको म्याद थपेको ? ३ बुँदे, १२ बुँदे, २५ बुँदे सहमति गर्ने पनि तपाइँहरू नै हैन ? किन लागू गर्न सक्नु भएको छैन ? तपाइँहरूले ती सहमतिहरूको खै कार्यान्वयन गरेको ? भनेर उनले प्रश्न गर्दा अनलार्इन टि.भीको स्क्रिनमा प्रचण्ड, झलनाथ र रामचन्द्रका अनुहार रातोपीरो भएको छर्लङ्गै देख्न पाउनु कम्ता मज्जाको बिषय त हैन । यो देशका भावी प्रधानमन्त्री खनालका गाला देविप्रसादको झापडले रात्तिएको नमेटिदै गच्छदारले उनैप्रति संकेत गर्दै जब भने - किन आजको जस्तो सहमति पाँच महिना पहिला गर्नु भएन ? किन प्रधानमन्त्रीको राजीनामा भएको २ दिनमा सहमतिको वाताबरण तयार पार्न सक्छौं भनेर गफ दिनु भयो ? तब खनाल नमज्जासँग रातोपिरो भए । समग्र मधेषको हितका लागि आफ्नो उम्मेदवारी बरकरार रहेको जानकारी गराउँदै ठूला दलहरू मधेसका मुद्दाप्रति गम्भिर नभएको समेत आरोप लगाए । हिमाल नरहे नेपाल रहन्न, पहाड नरहे नेपाल रहन्न भन्न सक्ने तपाइँहरूले किन मधेस नरहे नेपाल रहन्न भन्ने कुरा बिर्सनुभयो ? भनेर प्रश्न समेत गरे । साथै आफूलार्इ समर्थन गरेका साना दलका नेताहरूलार्इ मन्त्री बनाउने प्रलोभनमा पार्न थालिएको जिकिर समेत गरे ।
ठूला दलका शिर्षस्थ नेताहरू अदुरदर्शी भएको जिकिर गर्दै उनले तर्क गरे ठूला पार्टीहरूको सानो दलहरूप्रतिको दृष्ट्रिकोण गलत छ । हिजो सात पटकसम्म रामचन्द्रसँग चुनाव लड्दा प्रचण्डलार्इ केहि अप्ठ्यारो भएन, आज मधेशबाट एउटा बिजयकुमार गच्छदारको उम्मेदवारी पर्दा शुरूमै मैदानबाट हट्ने ? यो कस्तो नियमावली संशोधन गर्नु भयो ? संशोधित नियमावली लागु नै गर्न नसक्नुहुने कस्तो महारथीहरू हो तपाइँहरू ? मैले त यस्ता महारथीहरू महाभारतमा पनि देखेको छैन । मैदानबाट बिचैमा भाग्ने ? प्रचण्डप्रति तेर्सिएको गच्छदारको यस ब्यङ्ग्यबाणले प्रचण्डलार्इ निकै चस्काएको हुनुपर्छ । साथै हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा आफूले भावुक भएर कामरेड प्रचण्डलार्इ भनेको कुरा – यो देशमा तिनवटा काम गर्नुस् तपाइँको नेतृत्वमा शान्तिप्रकियालार्इ निश्कर्षमा पुर्याउनुस्, तपाइँकै नेतृत्वमा संविधान निर्माण प्रकियालार्इ टुंगोमा पुर्याउनुस् र नयाँ संविधानमा उल्लेख प्रावधान अनुसार नयाँ निर्वाचन गराउन सफल हुनुस् । कुनै पनि राजनेताको तुलना तपाइँसँग हुन सक्दैन् । स्मरण गर्दै ती कुराहरूको सक्षमतापूर्वक ठेगान लगाउन सक्ने सुनौलो अवसरबाट प्रचण्डले उम्मेदवारी फिर्ता लिएर लाक्षीपनाको पराकाष्टा प्रस्तुत गरेको समेत बताए ।
अन्त्यमा, झलनाथ खनाललार्इ बधार्इ दिएर आफ्नो मन्तब्य अन्त्य गरेका गच्छदारका कुराको खनाल र प्रचण्डको कानमा बतास लाग्यो कि लागेन त्यो त भविष्यले नै बताउँला । तर, मलार्इ लागेको एउटै कुरा – के खनालको प्रधानमन्त्रित्वसँगै यो देशले झकडिएको राजनीतिको निकास निक्लेला त ?

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...