Skip to main content

पत्रकारहरू पनि गर्छन भ्रष्ट्रचार !

दुर्इचार वर्ष पहिलेको कुरा हो, म्याग्दीमा एउटा यस्तै घटना भयो । नेपालसमाचार पत्रका लागि म्याग्दी संबाददाता ध्रुबसागर शर्माले पुनहिल (म्याग्दीको पर्यटकिय क्षेत्र) को भनेर एउटा तस्बीर पत्रिकामा पठाउनुभएछ । तर छापिएर आएपछि ठूलो हल्ली खल्ली भयो, त्यो तस्बीर त पुनहिलको परेनछ । शर्माले गुगलमा राम्रो फोटो देखेर कम्प्यूटरमा केहि समयपहिले राखेको फोटो पुनहिलको भनेर पठाएछन् । आखिर फोटो परेछ स्वीटजरल्याण्डको ! ल हेर्नुस् त कन्तबिजोग ! एउटा जिल्लाको संबाददाताले कुन ठाउँको फोटो भन्ने कुरा निर्क्यौल नै नगरि ढ्याङ्ग जुन पायो त्यो फोटो पठाउनु हुन्छ त ? ल पठाउनेले त पठाए रे फेरि त्यो पत्रिकामा भएका कला सम्पादकहरूको काम चाँहि के हो कुन्नी ? फोटो आए भयो, जहाँसुकैको होस् पठाउनेले पठाएपछि छाप्नलार्इ के ? आखिर, पत्रिकाको विश्वसनीयता माथि प्रश्न त उठ्यो नी ? हैन र ? जैरे एउटा फोटो नचिन्ने पत्रिकाका मान्छेहरूले समाचार के चिन्लान र ? हैन र ?
एकपटक मैले यहि ब्लगमा उल्लेख गरेको थिएँ, बेनीमा एउटाको नाममा प्रकाशित समाचार पोखरामा अर्कैको नाम दुरूस्तै छापिएको हुन्छ । र, झन अर्काको नाममा त्यो खबर राष्ट्रिय पत्रिकाहरूमा समेत छापिन बेर हुँदैन । हुनसक्छ, धेरैले त्यसदिन मलार्इ हावादारी कुरा लेख्यो शिरीषले पनि भन्नुभयो होला । तर आज ब्लगमा चाँहि म प्रमाणसहित उपस्थित भएको छु ।
नागरिक दैनिकलार्इ बागलुङका संबाददाता दिलीप पौडेल एउटा समाचार नागरिकलार्इ पठाएका रहेछन् । बहुचर्चित म्याग्दीको बाबियाचौर चोरी काण्डको उक्त समाचार खासमा बागलुङ्बाट प्रकाशित हुने मुक्तिक्षेत्र दैनिकका लागि लेखिएको समाचार रहिछ (हजुर आफैले फोटोमा हेरेपछि थाहा लाग्छ) ! तर पौडेलले उक्त समाचारको कार्बन कपि पठाएछन् नागरिकलार्इ । अब यो समाचार हो कि समाचारको भष्ट्रचार ? वा, बसिबसी समाचार बेचेर खाने बानी परेको भन्ने कि ? अल्छी पत्रकार भन्ने ? फलानोले यसो गर्यो, ढिस्कनाले यस्सो गर्यो भनेर लेख्ने पत्रकारहरूले चाँहि आफूले गरेको कामको जिम्मेवारी बहन गर्नुपर्ला कि नपर्ला ? मलार्इ आश्चर्य लागेको छ ! हेर्नुस प्रमाण !



Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...