Skip to main content

पत्रकारहरू पनि गर्छन भ्रष्ट्रचार !

दुर्इचार वर्ष पहिलेको कुरा हो, म्याग्दीमा एउटा यस्तै घटना भयो । नेपालसमाचार पत्रका लागि म्याग्दी संबाददाता ध्रुबसागर शर्माले पुनहिल (म्याग्दीको पर्यटकिय क्षेत्र) को भनेर एउटा तस्बीर पत्रिकामा पठाउनुभएछ । तर छापिएर आएपछि ठूलो हल्ली खल्ली भयो, त्यो तस्बीर त पुनहिलको परेनछ । शर्माले गुगलमा राम्रो फोटो देखेर कम्प्यूटरमा केहि समयपहिले राखेको फोटो पुनहिलको भनेर पठाएछन् । आखिर फोटो परेछ स्वीटजरल्याण्डको ! ल हेर्नुस् त कन्तबिजोग ! एउटा जिल्लाको संबाददाताले कुन ठाउँको फोटो भन्ने कुरा निर्क्यौल नै नगरि ढ्याङ्ग जुन पायो त्यो फोटो पठाउनु हुन्छ त ? ल पठाउनेले त पठाए रे फेरि त्यो पत्रिकामा भएका कला सम्पादकहरूको काम चाँहि के हो कुन्नी ? फोटो आए भयो, जहाँसुकैको होस् पठाउनेले पठाएपछि छाप्नलार्इ के ? आखिर, पत्रिकाको विश्वसनीयता माथि प्रश्न त उठ्यो नी ? हैन र ? जैरे एउटा फोटो नचिन्ने पत्रिकाका मान्छेहरूले समाचार के चिन्लान र ? हैन र ?
एकपटक मैले यहि ब्लगमा उल्लेख गरेको थिएँ, बेनीमा एउटाको नाममा प्रकाशित समाचार पोखरामा अर्कैको नाम दुरूस्तै छापिएको हुन्छ । र, झन अर्काको नाममा त्यो खबर राष्ट्रिय पत्रिकाहरूमा समेत छापिन बेर हुँदैन । हुनसक्छ, धेरैले त्यसदिन मलार्इ हावादारी कुरा लेख्यो शिरीषले पनि भन्नुभयो होला । तर आज ब्लगमा चाँहि म प्रमाणसहित उपस्थित भएको छु ।
नागरिक दैनिकलार्इ बागलुङका संबाददाता दिलीप पौडेल एउटा समाचार नागरिकलार्इ पठाएका रहेछन् । बहुचर्चित म्याग्दीको बाबियाचौर चोरी काण्डको उक्त समाचार खासमा बागलुङ्बाट प्रकाशित हुने मुक्तिक्षेत्र दैनिकका लागि लेखिएको समाचार रहिछ (हजुर आफैले फोटोमा हेरेपछि थाहा लाग्छ) ! तर पौडेलले उक्त समाचारको कार्बन कपि पठाएछन् नागरिकलार्इ । अब यो समाचार हो कि समाचारको भष्ट्रचार ? वा, बसिबसी समाचार बेचेर खाने बानी परेको भन्ने कि ? अल्छी पत्रकार भन्ने ? फलानोले यसो गर्यो, ढिस्कनाले यस्सो गर्यो भनेर लेख्ने पत्रकारहरूले चाँहि आफूले गरेको कामको जिम्मेवारी बहन गर्नुपर्ला कि नपर्ला ? मलार्इ आश्चर्य लागेको छ ! हेर्नुस प्रमाण !



Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...