Skip to main content

त्यो प्रभात छिट्टै आओस्

एक जना भन्छ – “देश बर्बाद भो !”

त्यसैमा अर्कोले थप्छ – “नेताहरुले देशलाई खत्तम बनाए !”

सबभन्दा निराश अर्कोले सुस्केरा हाल्दै बोल्छ – “नेपालमा बसेर केहि हुँदैन, भविष्य बनाउन विदेश नगई हुँदैन ।”

स्वदेशमा हुँदा म स्वयं संलग्न भएका वार्तालापहरुमा मैले सुन्ने गरेका गुनासाहरु हुन् यी । म आफैले बोल्ने गरेका वाक्यांशहरु पनि यिनै हुन । प्रायः सबैतिर सबैजसोले सधैंभरी संवादमा समाहित गरेका तिक्तताहरु समेत हुन् यी ।

म जान्दिनँ भनिएका सबै यथार्थ हुन या होईनन् तर मैले बुझेको यत्ति हो – देश अत्यन्तै गम्भिर परिस्थितीबाट गुज्रिरहेको छ । संक्रमणकालीन अवस्था अझ लम्बिदो छ । हुन्छ भनिएका कुराहरु भैरहेका छैनन् । आम मानिसहरु हतार अनि निराश मनस्थितीमा छन् । देशको बागडोर संचालनको जिम्मा पाएका तथाकथितहरु ‘कुहिरोको काग’ भएका छन् । सहमतिको रटान दिदै उनीहरुले आ–आफ्नै डम्फु बजाईरहेका छन् । कर्तव्य बोध गरेर जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने क्षमता हामी सबैमा करिबकरिव समाप्त भैसकेको डरलाग्दो परिस्थितीको निर्माण भैसकेको छ । अझ गम्भिर विषय त सधैं बुढो पुस्तालाई केहि गर्न दिएनन् भनी आरोप लगाउँदै आएका युवापुस्ता भनौंदाहरुको प्रतिनिधि कोहिपनि अग्रगामी कदम चाल्न तत्पर छैन । यो पुस्ता बुढा पुस्ताहरुले भने जस्तै काँचो र अपरिपक्व हुनमा नै रमाएको छ । त्यसैमा मज्जा लुटेको छ ।

अनि अर्कोतिर आफूलाई सदा सोझो र निम्छरो ठान्ने हामी जनताहरु चाँहि देशको विग्रदो परिस्थितीको हिस्सेदार आफू पनि हो भन्ने तथ्यलाई हृदयगंम गर्नबाट भागिरहेका छौं । खाली दोष लगाउनु र सराप्नु बाहेक खास ठोस पहलकदमी हामीले लिन नै खोजिरहेका छैनौं । फगत चिया पसलमा “देश बर्बाद भयो” भन्ने गुनासाहरु गर्दैमा हाम्रा प्रभातहरु बित्ने गरेका छन्, र भट्टिहरुमा “नेपालमा बसेर भविष्य नबन्ने” गफ चुट्दैमा हाम्रा साँझहरु खेर गैरहेकै छन् । हामीलाई लागिरहेको छ – गफ गर्नु, गुनासो गर्नु अनि खुइय सुस्केरा हाल्नु जनताका हैसियतमा हामीलाई स्वतः प्राप्त अधिकार हुन यी । बेफ्वाँकका गफगाफमा जुट्नुको अलावा देश निर्माणका खातिर हाम्रा पनि केहि महत्वपूर्ण दायित्वहरु छन् भन्ने “हरिज्ञान” हामीलाई कहिल्यै आउन सकेको छैन । बरु सकभर जसरी हुन्छ, नेताहरुलाई गाली गर्नु र त्यसैबाट प्राप्त भ्रामक आत्मसन्तुष्टिमा रमाउन सक्नु मै खुशि लागिरहेछ हामीलाई । बिचरा हामीहरु ! 

बिर्सिनै नहुने कुरो के हो भने संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधिहरु पठाउने हामीहरु नै हौं । उनीहरु अर्थात हाम्रा प्रतिनिधीहरुले संविधान बनाउन असफल भए भन्नुको मतलब हामी पनि धेरथोर यस मामिलामा असफल नै भयौं । अब एकपटक हुनै नहुने एउटा गम्भिर त्रुटी भएको छ ।  त्यो त्रुटि जिम्मेवारी पाएर पनि पूरा गर्न असफल हाम्रा नेताहरुले गरे, अनि चुपचाप रहेर त्यसको अनुमोदन हामीहरुले गर्‍यौं । यसको सिधा अर्थ संविधानसभाको अवसानमा केहि भूमिका हाम्रो पनि छ । त्यसरी भैसकेको त्रुटिलाई समयमै हामीहरुले महशुस गर्नु जरुरी छ । ईन्कार र निषेधले कहिल्यै पनि कसैको भलो हुँदैन । अब हामी सबै एकै स्थानमा उभिनु जरुरी छ । जतिसक्दो छिटो ताजा जनमतमा गएर नेपाली भूगोल सुहाउँदो संविधान निर्माण गर्नु आवश्यक छ । 

अब हामीले त्यो आगत निर्माण गर्नुछ जहाँ सम्पूर्ण नेपालीहरु पूर्ण आत्मसम्मानका साथ नेपाली भएर बाँच्न सकुन । हाम्रा हिमालजस्तै खुलेर सबै नेपालीले हाँस्न सकुँन । र, आफ्नो भविष्य आफ्नै मातृभूमिमा देख्न सकुन । सकौं । जय नेपाल !

Comments

  1. lekh pade.....tara santushta xaina ma chai.....kina kina tesai chitta bujena.....garna nakhojhne manxe xan pakkai pani...tara garne haru ni xan...garda garda jiban sakyeka ni xan..tara kehi laxarpato lagena yehi chai dukha lago kura ho

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...