Skip to main content

Posts

Showing posts from December, 2025

मैले मेरो बा फिर्ता पाएँ

  आठ बर्ष पहिले संसदिय निर्वाचनको छेकोमा मैले बालाई फोन गरेको थिएँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रहेथ्यो,  त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, "बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो ।" "चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ ।" फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान गर्न सक्थेँ ।  पक्कै पनि अत्यन्तै धेरै खुशीले बाको मुहार धपक्कै बलेको हुनुपर्छ । दुई मिनेट चौतिस सेकेण्डको कुराकानीमा मैले अन्तिम प्रश्न गरेँ, "बा, जितिन्छ त चुनाव?"  बाले एक क्षण पनि नसोची उत्साह अनि थोरै आशङ्का भरिएको आवाजमा भन्नुभएथ्यो,” जितिएला नी!” चुनाव भो, बाले चुनाव पनि  जित्नुभो । दुई चरणमा भएको त्यस निर्वाचनको समयमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको आफ्नै पिताजी उम्मेदवार भएको निर्वाचन क्षेत्रको मतगणना पनि अर्को चरणमा निर्वाचन हुने अन्य निर्वाचन क्षेत्रको मतदान सम्पन्न भैसकेपछि मात्र सँगै हुने भएकाले म छिट्टै फिनल्याण्ड फर्किएथेँ । म फर्किनुको अघिल्लो साँझ, बाले मलाई, “अब ३ हप्ताको कुरो न हो बाबु, नतिजा आएपछ...

बर्षको अन्तिम बिजुली पत्र

प्रिय मित्र,  तपाइँको बिजुली पत्र पाउँदा साथ तपाइँलाई पत्रको जवाफ छिट्टै दिनेछु भनि मैले लेखी पठाएको इमेल पनि अब एक महिनाभन्दा बढि पुरानो भैसकेछ । थाहा छैन् मानिस किन कुन परिबन्धमा परिबस्छ? सायद यस्तै केहि परिबन्धमा म पनि परि बसेँ कि ? म पनि त आखिर मानिस न परेँ !  तर आज डिसेम्बर ६ तारिख बडो गज्जपको दिन जुरेछ, तपाइँलाई पत्रको जवाफ लेख्न बसेको दिन, यो सामान्य दिन मात्र हैन् फिनल्याण्डका नागरिकहरूका लागि, आज यिनीहरूको मुक्ति दिवस् । अर्थात रसियनहरूको शासनबाट फिनिसहरूले मुक्ति पाएको दिन ! आज यहि फिनिश स्वतन्त्रता दिवसको अवसरमा अस्तव्यस्तपूर्ण जीवनशैलीबाट अलिकति छुटकारा लिएर यो पत्र लेख्न बस्दैछु । करिब एक महिना पहिला म चालिसौं बर्षमा प्रवेश गरेँ । त्यसको हप्ता दिनपछि तपाइँको पनि त्यहि नै अवस्था भो । हामी दामली भएकाले पनि एकै समयमा बडो विचारणीय र उस्तै प्रकृतिका अनुभूतिहरू गरिरहेका हुन्छौं भन्ने मेरो ठनाइ छ । मैले उमेर बढ्दै गएपछि स्वतःस्फूर्त रूपमा परिपक्वता बढ्दै गएको हो कि भन्ने भान हुन थालेको छ । जस्तो उमेरसँगै भावनालाई काबुमा ल्याउन सकिन्छ भन्ने मेरो बुझाई रहेको छ । अलि पहिलेक...