Skip to main content

आउने यो नयाँ वर्षमा

कैयन कठिन दिन र रातहरू पट्यारलाग्दो ढंगले बिताइसके पश्चात ः आजदेखि हामी विवश नेपालीहरूले २००९ लाई विदाई गरी उहि विवश मनस्थिती लिएर व्यग्रतापूर्वक ईश्वी सन्को अर्को एउटा नौलो वर्ष २०१० को स्वागत गर्न लागि रहेका छौं । लाग्दछ, यो वर्षले आफ्नो पहिलो प्रहर बिताइरहँदा हामी नेपालीहरू हाम्रो देश र हामीहरूको नौलो र बैज्ञानिक ढंगले पुनर्संरचना गर्ने गरी तयार पारिएको एउटा दस्तावेजका रूपमा ‘नयाँ नेपालको नयाँ संविधान’ पाएका हुनेछौं । खैर, यो हाम्रो स्वस्थ र आशावादी मस्तिष्कले कल्पना गरेको (तर सायदै पूरा नहुने) एउटा मृगतृष्णा मनमा लिई राखेको जस्तो पनि हुन सक्ला । तथापी हामीले तत्कालै यो नयाँ वर्षमा केही हुन्छ कि भनेर सोच्नु पनि हाम्रो मुर्खता मात्र पो हुने हो कि ! नेताहरू (भन्न पनि लाज लागेर आउँछ) ले सायद ईश्वी सन्को यो नयाँ वर्षमा कसरी हुन्छ सत्तामा आफू र आफ्नो पार्टीको गतिलो उपस्थितीका लागि सपना साँचिरहेका होलान् । कोही आफ्ना परिवार, इष्टमित्र र कार्यकर्ताहरूको वथान बोकेर नेपाल राज्यको राज्यकोषको चरम दुरुपयोग गरी विदेश सयरको योजनाको तानाबाना बुन्दै होलान् । कतै, कोही अरुहरू बन्द, हडताल, चक्काजाम र आन्दोलन गरी देशमा अराजक स्थितीको सृजना कसरी गर्ने भन्ने बारेको गम्भिर छलफलमा निमग्न होलान् । तर आम नेपाली बालबालिकाहरू प्रत्येक दिन बिहान आफ्ना बावा आमालाई सोधिरहेका हुने होलान – “बाबा, आज स्कुल बन्द छ कि छैन् ?!” “आमा, आज साँच्चिकै हाम्रो स्कुलमा पढाई हुने हो र ?” यो वर्ष पनि सायद आफ्नो +२ पास गरेका हजारौं युवा युवतीहरू शैक्षिक परामर्श केन्द्रहरूमा “कुन देशका लागि विद्यार्थी भिषा प्राप्त गर्न सहज छ ?” भनेर सोधी त्यसका लागि आवश्यक तयारीमा लाग्दै गरेका हुनेछन् होला । वा कुनै राजदुतावासको गेटबाहिर आफ्नो भिसाका आवेदन फर्म भर्नका लागि रात–रातभर लामो लाइनमा लामबद्ध भई बसिरहेका पो हुनेछन् कि । अरू त म के लेखुँ मित्रहरू ? साँच्चिकै ईश्वी सन्को यो नयाँ वर्षमा हामी नेपालीहरूले के पाउँछौ अनि के गुमाउँछौं होला ?

Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...