Skip to main content

गान्धीको त्यो अर्धकदको मुर्ति र हाम्रा नेताहरु

नर्बेको यो सानो तर भव्य उत्तरी शहरको आधुनिक विश्वबिधालयमा गान्धीको मूर्ति अडिग देखे पछि मलाई, मूर्तिलाई अंगालेर फोटो खिच्न मन लाग्यो र खिचाएँ पनि । म सानैदेखि महात्मा गान्धीको देशभक्ति र शान्तिप्रतिको निष्ठालाई हरतरहले पछ्याउने प्रयासमा छु । हुन त उनी मेरो देशसँग सम्बन्धित नेता होइन् । तर उनीप्रति म यति धेरै कृतज्ञ किन छु ? जबकी हाल विद्यमान नेपालका नेता भनौंदाहरुको रगत चुस्न लालयित छु, म । सायद यिनी यो भौतिक संसारमा नभएकाले पनि हुनसक्ला । जेहोस्, म उनको सच्चा अनुयायी बन्ने प्रयत्नमा छु ।
ट्रोम्सो विश्वविद्यालयको पिस स्टडिजको भवन अगाडि रहेको उनको अर्धकदको मूर्ति देखेपछि मलाई लाग्यो, सधैं देशद्रोह, भष्ट्रचार, सत्तालोलुप र हिंसाप्रिय मेरा देशका नेताहरुको पनि के कुनै दिन यसरी नै ब्रहमाण्डको कुनै छेऊमा मूर्ति ठडिएला ? ई ः किन सधै राजनीतिलाई दुरुपयोग गर्न मात्रै लालयित हुन खोज्छन् ? यी किन राजनीतिको सदुपयोगिताले देशले विकाशमा द्रुत गति लिन्छ भन्ने तथ्यलाई हृदयंगम गर्न चाहँदैनन् ? यिनले किन राजनीतिलाई जनताको सेवा हो भनेर बुझेका छैनन् । किन राजनीतिलाई पेशाको रुपमा हेर्छन र फाइदा लुट्न खोज्छन् ? मेरा मनमा यस्ता थुपै्र अनुत्तरित प्रश्नहरु छन् ।
“हामीले महान जनआन्दोलनको आँधिबेहरी निकाल्यौं र राजालाई राजदरबारबाट फ्याक्यौं अनि देशलाई गणतान्त्रिक बनायौं ।” सार्बजनिक भाषणहरुमा यी र यस्तै थुप्रै लाईनहरु फर्रर बोलिदिन्छन्, हाम्रा तथाकथित नेतागणहरु । अनि तालि कमाउँछन् । दुई चार घण्टा पछि यो पनि बिर्सिन्छन् अनि फेरि सामेल हुन्छन् – महाराजा बन्ने तछाडमछाडमा ।
आफूलाई यिनीहरु भगवान ठान्छन् तर यी कुकुरसँग पनि तुलना गर्न नमिल्ने अनौठा जन्तुहरु हुन । कम्तिमा पनि कुकुरले आफूलाई पाल्ने मालिक र त्यसका परिवारका सदस्यहरुलाई सुरक्षा त दिन्छन् । तर यिनले कहाँ दिन सकेका छन् — जनताहरुलाई शान्ति, सुरक्षा र
अमयनचयन ? यिनहरुले कस्तो राज्यव्यस्था अंगालेका हँ ? म सोचमा डुब्छु – दिउँसै नागरिक चौबाटोमा सुरक्षाकर्मीकै अगाडि गोली खान्छ । र, निस्तेज हुन्छ !
हे ! प्रभु !, अल्लाह !, जिसस !, बुद्ध ! सबै मिलेर यिनीहरुलाई विवेक देऊ र कम्तिमा पनि मेरी छोरीले आफ्नो युवाकालमा यिनका मूर्तिहरुलाई अंगालेर फोटो खिच्न प्रेरित हुन । र, खुशि व्यक्त गर्न सकुँन कि उनको बाबाले कति योग्य र असल नेताहरुको शासन व्यवस्था भोग गर्न पाएको थियो भनेर !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...