Skip to main content

प्राप्ती मात्र प्रेम होईन्


प्रेम । हजुर यसलाई कसरी बुझ्नुहुन्छ ? त्यो मेरोभन्दा फरक छ । र, म जे बुझ्छु त्यो भन्दा फरक उनको बुझाई होला । उनी अर्थात यो सत्यकथाकी केन्द्रिय पात्र ! मेरो भन्नुको तात्पर्य – अस्तित्वमा रहेका हर बस्तु र विषयका सम्बन्धमा मानिसहरुका पृथक बुझाईहरु हुन्छन् । छन् । झन प्रेम त स्वयंको अनुभूति हो । र, यसलाई अनुभूत गर्ने मानिसले आफ्नै हिसाबले यसको विश्लेषण गर्न पाउनु पर्छ – यो मेरो मान्यता हो । मलाई विश्वास छ यसमा यहाँको पनि असहमति रहने छैन ।

उनी, मेरी शिष्य । पृथक लाग्छ मलाई उनको जीवन जिउने शैली । मानिसहरुसँग उनले गर्ने अन्तरक्रिया मलाई नौलो लाग्छ । मनपर्छ उनको यो शैली । प्रायः कम बोल्छिन् । वा बोल्दैबोल्दिनन् । तर जब बोल्न थाल्छिन् सबैलाई नजिकको ठान्ने गर्छिन । सायद स्त्री जातिको विशेषता हो, यो । क्षणभरमै खुल्ने ! तर उनको कुरालाई विश्वास गर्ने हो, उनी भन्छिन् – उनी धेरै कम ब्यक्तिहरुलाई मात्र आफ्ना ब्यक्तिगत अनुभवहरु सुनाउन लायक ठान्छिन् । विशेषगरी दुःखका अनुभूतिहरु !

उनले फेसबुके गफगाफमा भनिन् – “सर, म एकदमै टेन्सन (तनाव) मा छु, आजभोली ।” म झस्केँ । अनि सोधेँ – “के भो नानु ?” उनले बताईन् – “म हजुरलाई पहिले नै भन्नेवाला थिएँ तर भनेको थिइँन । सर म कसैसँग प्रेमसम्बन्धमा थिएँ । र, केहिदिन पहिलेदेखि उसले मलाई वास्ता गर्न छाडेको छ । उसले धोखा दियो, मलाई । र, मैले उसको नाम बताएँ भने हजुरले पनि विश्वास गर्नुहुन्न !” मलाई अचम्म लाग्छ, विगतमा एउटा शिक्षकका हिसावले जोजोसँग म नजिक भएँ, उनीहरुले मलाई निकै नै विश्वास गर्दछन् । उनीहरुका घरायसी कुराहरु पनि मसँग बाड्छन् । र, प्रेममा अनुभूत गरेका उतारचढावहरु पनि सुनाउन धक मान्दैनन् । त्यसकारण थुप्रै मानिसहरुको परिभाषामा म शिक्षक हुन सकेको छैन । तैपनि मेरो मान्यता हो, आफ्ना शिष्यहरुको हरेक अप्ठ्याराहरुमा सहजता ल्याउनु वा सहजता ल्याउने प्रयास गर्नु गुरुको धर्म हुनुपर्छ । त्यसकारण पनि म उनका लागि यो लेख्तैछु ।

प्रिय छात्रा, प्राप्ती मात्र प्रेम हैन । मैले बुझेको सत्य हो यो । मैले लेख्नै पर्ने हुन्छ – प्रेममा प्राप्त गर्ने मानिसहरु संसारमा थोरै मात्रा छन् । अधिकांशहरु प्रेममा गुमाउँछन् । जो जसले जे जे पाएँ तिनले खास केहि पाउँदैनन्, तर जसले गुमाएँ तीनले खास धेरै पाउँछन् जीवनमा ! जीवन जिउनुको अर्थ बुझ्छन् । प्रेमले जीवनमा पार्ने प्रभावका बारेमा बुझ्ने मौका पाउँछन् । र, थाहा छ ? प्रेममा धोखा खाएका भन्नेहरुले विशेष के पाउँछन् ? उनीहरुले यो थाहा पाउँछन् कि संसारमा सबै मानिसहरु विश्वासयोग्य हुँदैनन् । र, तिमी नै भनन् यो कति महत्वपूर्ण ज्ञान हो । यो कति ओजस्वी ज्ञान हो । कतिपय मानिसहरुले चितामा पुग्नेबेलासम्म यो महत्वपूर्ण ज्ञान प्राप्त गर्न सक्तैनन् । उनीहरु संसारका सबभन्दा अभागी मानिसहरु हुन् । किनकी उनीहरु कहिल्यै प्रेममा परेनन् । अझ महत्वपूर्ण कुरा त यो छ कि, त्यसकारण उनीहरुले प्रेममा गुमाउनुको अर्थ बुझेनन् ।

मलाई थाहा छ, पहिलो प्रेम अजीवको हुन्छ । मेरो अनुभूतिले भन्छ, पहिलो प्रेम अदभूत हुन्छ । अविष्मरणीय हुन्छ । परन्तु, तिमीले यो कुरा थाहा पाउन पनि धोखा त पाउनै पर्ने हुन्छ । नत्र तिमीले यो बोध गर्नै पाउँदिनौं कि पहिलो प्रेम कस्तो हुन्छ ? र, विशेष त यो छ कि जब तिमीले प्रेममा धोखा प्राप्त गर्छ्यौ, तिम्रा लागि झन विशेष प्रेम पहिले नै तयार भैसकेको हुन्छ । गुमाइसकेको प्रेमका विषयमा ज्यादा चिन्तित हुनु हामीहरुका लागि शोभनीय कुरो हैन । त्यसैले नेपालीमा एउटा उखान पनि छ नी – “फुत्केको माछो ठूलो देखेर हुँदैन ।” किन थाहा छ ? हातमा परेका अरु माछाहरु पनि गुमाउनु पर्ने हुन्छ ।  तसर्थः तिमी सधैं यो बुझिराख कि तिमिले गुमाएको प्रेमभन्दा अब प्राप्त गर्ने प्रेम अद्भूत छ । अलौकिक छ । र, यो छ अनुपम !

“Tis better to have loved and lost

Than never to have loved at all.” 


Comments

  1. Though I have different perception and understanding about love, I love the style of writing :)

    ReplyDelete
  2. pahilo pahilo mayako, samjana samjana kusume rumal..hohoho..bhanne geet yad aayo..:)

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...