Skip to main content

प्राप्ती मात्र प्रेम होईन्


प्रेम । हजुर यसलाई कसरी बुझ्नुहुन्छ ? त्यो मेरोभन्दा फरक छ । र, म जे बुझ्छु त्यो भन्दा फरक उनको बुझाई होला । उनी अर्थात यो सत्यकथाकी केन्द्रिय पात्र ! मेरो भन्नुको तात्पर्य – अस्तित्वमा रहेका हर बस्तु र विषयका सम्बन्धमा मानिसहरुका पृथक बुझाईहरु हुन्छन् । छन् । झन प्रेम त स्वयंको अनुभूति हो । र, यसलाई अनुभूत गर्ने मानिसले आफ्नै हिसाबले यसको विश्लेषण गर्न पाउनु पर्छ – यो मेरो मान्यता हो । मलाई विश्वास छ यसमा यहाँको पनि असहमति रहने छैन ।

उनी, मेरी शिष्य । पृथक लाग्छ मलाई उनको जीवन जिउने शैली । मानिसहरुसँग उनले गर्ने अन्तरक्रिया मलाई नौलो लाग्छ । मनपर्छ उनको यो शैली । प्रायः कम बोल्छिन् । वा बोल्दैबोल्दिनन् । तर जब बोल्न थाल्छिन् सबैलाई नजिकको ठान्ने गर्छिन । सायद स्त्री जातिको विशेषता हो, यो । क्षणभरमै खुल्ने ! तर उनको कुरालाई विश्वास गर्ने हो, उनी भन्छिन् – उनी धेरै कम ब्यक्तिहरुलाई मात्र आफ्ना ब्यक्तिगत अनुभवहरु सुनाउन लायक ठान्छिन् । विशेषगरी दुःखका अनुभूतिहरु !

उनले फेसबुके गफगाफमा भनिन् – “सर, म एकदमै टेन्सन (तनाव) मा छु, आजभोली ।” म झस्केँ । अनि सोधेँ – “के भो नानु ?” उनले बताईन् – “म हजुरलाई पहिले नै भन्नेवाला थिएँ तर भनेको थिइँन । सर म कसैसँग प्रेमसम्बन्धमा थिएँ । र, केहिदिन पहिलेदेखि उसले मलाई वास्ता गर्न छाडेको छ । उसले धोखा दियो, मलाई । र, मैले उसको नाम बताएँ भने हजुरले पनि विश्वास गर्नुहुन्न !” मलाई अचम्म लाग्छ, विगतमा एउटा शिक्षकका हिसावले जोजोसँग म नजिक भएँ, उनीहरुले मलाई निकै नै विश्वास गर्दछन् । उनीहरुका घरायसी कुराहरु पनि मसँग बाड्छन् । र, प्रेममा अनुभूत गरेका उतारचढावहरु पनि सुनाउन धक मान्दैनन् । त्यसकारण थुप्रै मानिसहरुको परिभाषामा म शिक्षक हुन सकेको छैन । तैपनि मेरो मान्यता हो, आफ्ना शिष्यहरुको हरेक अप्ठ्याराहरुमा सहजता ल्याउनु वा सहजता ल्याउने प्रयास गर्नु गुरुको धर्म हुनुपर्छ । त्यसकारण पनि म उनका लागि यो लेख्तैछु ।

प्रिय छात्रा, प्राप्ती मात्र प्रेम हैन । मैले बुझेको सत्य हो यो । मैले लेख्नै पर्ने हुन्छ – प्रेममा प्राप्त गर्ने मानिसहरु संसारमा थोरै मात्रा छन् । अधिकांशहरु प्रेममा गुमाउँछन् । जो जसले जे जे पाएँ तिनले खास केहि पाउँदैनन्, तर जसले गुमाएँ तीनले खास धेरै पाउँछन् जीवनमा ! जीवन जिउनुको अर्थ बुझ्छन् । प्रेमले जीवनमा पार्ने प्रभावका बारेमा बुझ्ने मौका पाउँछन् । र, थाहा छ ? प्रेममा धोखा खाएका भन्नेहरुले विशेष के पाउँछन् ? उनीहरुले यो थाहा पाउँछन् कि संसारमा सबै मानिसहरु विश्वासयोग्य हुँदैनन् । र, तिमी नै भनन् यो कति महत्वपूर्ण ज्ञान हो । यो कति ओजस्वी ज्ञान हो । कतिपय मानिसहरुले चितामा पुग्नेबेलासम्म यो महत्वपूर्ण ज्ञान प्राप्त गर्न सक्तैनन् । उनीहरु संसारका सबभन्दा अभागी मानिसहरु हुन् । किनकी उनीहरु कहिल्यै प्रेममा परेनन् । अझ महत्वपूर्ण कुरा त यो छ कि, त्यसकारण उनीहरुले प्रेममा गुमाउनुको अर्थ बुझेनन् ।

मलाई थाहा छ, पहिलो प्रेम अजीवको हुन्छ । मेरो अनुभूतिले भन्छ, पहिलो प्रेम अदभूत हुन्छ । अविष्मरणीय हुन्छ । परन्तु, तिमीले यो कुरा थाहा पाउन पनि धोखा त पाउनै पर्ने हुन्छ । नत्र तिमीले यो बोध गर्नै पाउँदिनौं कि पहिलो प्रेम कस्तो हुन्छ ? र, विशेष त यो छ कि जब तिमीले प्रेममा धोखा प्राप्त गर्छ्यौ, तिम्रा लागि झन विशेष प्रेम पहिले नै तयार भैसकेको हुन्छ । गुमाइसकेको प्रेमका विषयमा ज्यादा चिन्तित हुनु हामीहरुका लागि शोभनीय कुरो हैन । त्यसैले नेपालीमा एउटा उखान पनि छ नी – “फुत्केको माछो ठूलो देखेर हुँदैन ।” किन थाहा छ ? हातमा परेका अरु माछाहरु पनि गुमाउनु पर्ने हुन्छ ।  तसर्थः तिमी सधैं यो बुझिराख कि तिमिले गुमाएको प्रेमभन्दा अब प्राप्त गर्ने प्रेम अद्भूत छ । अलौकिक छ । र, यो छ अनुपम !

“Tis better to have loved and lost

Than never to have loved at all.” 


Comments

  1. Though I have different perception and understanding about love, I love the style of writing :)

    ReplyDelete
  2. pahilo pahilo mayako, samjana samjana kusume rumal..hohoho..bhanne geet yad aayo..:)

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...