Skip to main content

कुकूरको पनि दिन आउँछ यार

धेरै सफल र चर्चित ब्यक्तित्वहरुका बारेमा अध्ययन गर्दा मैले बुझेको सार तत्व हो – मानिसहरु चरम पीडामा हुँदा खारिने अवसर पाउँछन् । तर जो पीडाका बखत अतालिन्छन् अनि हतास मानशिकता लिएर गलत निर्णय लिन्छन् तिनीहरू फेरि कहिल्यै नउठ्ने गरि निस्तेज हुन्छन् । 

र, आज म यो यसकारण लेख्दैछु कि, मेरो उत्कट ईच्छा हो – यसले विदेशी भूमिमा संघर्ष र अभावका जीवन बाँचिरहेका मजस्तै हजारौं नेपालीहरुलाई एकपटक आफ्नो सामर्थ्यका बारेमा आँकलन गर्न प्रेरित गरोस् । एकजना जनवादी कवीले आफ्ना वीर योद्दाहरुलाई प्रेरित गर्नलाई  आफ्ना कवितामा उल्लेख गरेको अंशलाई सापटी लिएर म मेरा प्रिय मान्छेहरूलाई आग्रह गर्न चाहन्छु – एउटा क्रान्तिकारी बन्नका खातिर योद्धाले जस्तै आँधीबेहरी र हुरी आउँदा पनि सतिसाल झैं भएर डटेर चूनौतिहरूको सामना गर्न सक्नु पर्दछ । हामीले ख्याल गर्नुपर्ने शास्वत सत्य हो – संसारमा कसैको पनि जीवन सरल रेखामा यात्रा गरिरहेको छैन ! र, त्यसकारण पनि अहिले हामीले सामना गर्नु परेको दुःख, पीडा, अभाव र नैराश्यतालाई चिर्नु जरुरी छ । हामीले हाम्रै वरिपरीका मान्छेहरुबाट धेरै सिक्नु जरुरी छ । 

यो परदेशमा अभावको आक्रमणले हामीलाई क्षतविक्षत पारेको यो संगीन घडिलाई हामीले जीवन बुझ्ने अवसरका रुपमा प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

लगातार १८९ दिन बेरोजगारी दिन र रातहरु बिताएपछि एक अपरिचीत किन्तु दयावान दाजुका माध्यमबाट मैले काम गर्ने सुनौलो अवसर प्राप्त गरेको थिएँ – यहि मार्चको पहिलो सप्ताहबाट ! 

एकदिन उनै दाजुसँग प्रत्यक्ष भेटघाटका क्रममा दुखसुखका कुराहरू साटफेर हुँदै गर्दा उहाँले मलाई आफ्ना शुरुवाती दिनका संघर्षका अविरल भोगाईहरु छरपरस्टै पार्नुहुँदा म अवाँक रहेको थियो । ती साँच्चीकै कति कष्टप्रद भोगाईहरु थिए होलान ? जतिखेर यो फिनल्याण्ड नामको राज्यमा औंलामा गन्न सकिने नेपालीहरु मात्र थिए र केहि नेपाली विद्यार्थीहरु जो डेढ वर्षसम्म यहाँ पूर्ण बेरोजगार भएर बस्नुपरेको थियो ! 

उहाँले संघर्षका कथाहरु सुनाईरहँदा मैले सन् २००८ तिर अध्ययनका लागि बेलायत र अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुका दुखजिला दैनिकीका बारेमा सुनेका कथाहरु याद गरेँ - त्यो समय कलेजको शुल्क बुझाउन नसकेर कतिपय नेपालीहरू आफ्ना सपनाहरुलाई त्यसै थाँती राखेर नेपालमै फर्कन विवश थिए । अझ हृदयविदारक घटनाहरु यस्ता पनि सुनिए कि केहि नेपालीहरूले आफू त्यहाँ पुग्दा गरेको लगानी उठाउन नसक्ने स्थिती देखेर आत्महत्या सम्म गरे । ती पराजित हुन विवश नेपालीहरुले संघर्षका शुरुवाती चूनौतिहरुलाई डटेर सामना गर्न नसक्नुलाई म उनीहरुको नालायकीपन ठानुँ वा विवशता, तर यथार्थ के हो भने संघर्षको मैदानबाट भाग्न खोज्नेहरू कायर हुन र उनीहरुले विजयी हुने दक्षता राख्दैनन् । 

फिनल्याण्ड जस्तो निशुल्क (सन् २०१६ सम्ममात्र यस्तो सुविधा उपलब्ध थियो) अध्ययन गर्न सकिने देशमा उच्चशिक्षाका लागि आउने अवसर प्राप्त गरेका हामीहरु खासमा सौभाग्यशालीहरु हौं । कम्तिमा पनि कलेजमा तिर्नु पर्ने शुल्कको तनावबाट हामीहरु मुक्त छौं । त्यसकारण पनि आफ्नो अनावश्यक ब्यक्तिगत खर्चका शिर्षकहरु कटौती गरी मितव्ययीता अपनाउने हो भने अलिकति लामो समय बेरोजगारी हुनुको खास पीडा हुँदैन हामीलाई !

कम भन्दा कम खर्च गर्ने र बढि भन्दा बढि मानिसहरुसँग सम्पर्क विस्तार गर्न बानिको विकास गर्न सक्यौं भने त्यो हाम्रै हितका लागि हुनेछ । नबिर्सौ – बेरोजगार त हामी हिजो सक्षम हुँदा पनि थियौं, त्यो पनि स्वदेशमा । यो त विदेश हो । न हामीसँग यहाँको श्रमबजारमा आवश्यक सीप र कौशलता छ, न नै दोहोरो सञ्चारका लागि फिनिस भाषामा हाम्रो दक्षता छ। फलस्वरुपः हामीले अपेक्षा गरेभन्दा केहि लामो समय बेरोजगारी हुनु परेको छ । तर यसको मतलब हामी सधैं बेरोजगारी नै रहिरहन्छौं भन्ने हैन । 

अंग्रेजीमा भनाई नै छ – एभ्री डग ह्याज इट्स डे ! हामी त झन मान्छे, कसो नउदाउँला सूर्य हाम्रो जीवनमा ?

Comments

  1. maile ta yeslai purai bektigat rupma liye xu padda kheri.......suru ka anuxedh inspirational lage......tespaxi chai nirajan ji le malai nai arti diye jhai lagyo !!

    ReplyDelete
    Replies
    1. Dhanyabaad guru pratikriyaka lagi. Yadma arti vanda pani dhadas dine prayatna gareko hu. Dhadas swyam aafailai ra sabailai jo ma jastai pidama bachirahexan :(

      Delete
  2. euta vanai chha ni....timi haareko chhainau...kewal timro jeet para sareko ho.....tesaile...hamro ujyaalo diin ni aauchha hajur....kewal mehanat ta dharyata ko awasyak chha...ki kaso?

    ReplyDelete
  3. मलार्इ पनि त्यस्तै लागिरहेको छ कपिलजी । तर त्यो उज्यालो दिनको प्रतिक्षा अलि बढि लम्बिनाले गार्हो भयो । :)

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...