माओवादीले आफ्नो तेस्रो चरणको आन्दोलन आजबाट सिद्धिएको घोषणा गरेको छ । लगातारको ७२ घण्टे नेपाल बन्दपछि आन्दोलन समापन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड तथा संयुक्त जनआन्दोलनका अध्यक्ष बाबुराम भट्टराईले आजको मितिदेखि आफ्नो तेस्रो चरणको आन्दोलन समाप्त भएको घोषणा गरेका छन् । आन्दोलन समाप्तीको घोषणा लगत्तै देशभरका पसल तथा व्यापारिक केन्द्रहरू खुल्न शुरु गरे भने तीन दिनदेखि बन्द सवारी साधनहरु बिस्तारै सडकमा छाउन थालेका छन् ।काठमाडौं बानेश्वरको समारोहलाई सम्बोधन गर्दै, माओवादी नेताहरुले वर्तमान माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कठपुतली, रोबोट र बिदेशी प्रभुको आडमा स्थापित सरकारको संज्ञा दिदैँ १ महिनाभित्रमा राष्ट्रपतिको कदम नसच्चिएमा त्यसबाट हुने हरेक खालको परिणामको भागिदार वर्तमान सरकार नै हुने स्पष्ट पारेका छन् । नेताहरुले भनेका छन् – विदेशी प्रभुका सामु घुँडा टेक्ने नोकरशाह र दलालहरुले नेपाली जनताको भविष्य डामाडोल पारेका छन् । यो बन्द, हडताल सबै नागरिक सर्वोच्चता स्थापनाका लागि भएको जिकिर गर्दै उनीहरुले थपेका छन् – माओवादीको यो आन्दोलनमा माओवादी कार्यकर्ता र शुभेच्छुक मात्र सहभागि नभई स्वाधिन नेपाली नागरिकहरुको व्यापक संलग्नता रहेको छ । तर माओवादी आन्दोलनले चाहिँ छिट्टै किनारा पाउँला जस्तो विकसित घटनाक्रमले स्पष्ट पार्ने काम गरेका छन् । पुष १० गतेदेखि १ महिनासम्मका लागि माओवादीहरुले “राष्ट्रिय जागरण र भण्डाफोर अभियान” सञ्चालन गर्ने जनाएका छन् । आफुहरु सत्तामा रहँदा माओवादीहरुलाई रायमाझी आयोगका दोषीहरुलाई कार्बाही गर्नपट्टि कुनै चासो रहेन तर अहिले उनीहरु आफ्नो एक महिने कार्यक्रममा रायमाझी आयोगका दोषीहरुको भण्डाफोर गर्ने र कार्बाही गर्नका लागि सरकारलाई चूनौती पेश गर्ने तयारीमा छन् । माओवादीहरुका पछिल्ला क्रियाकलापले मलाई यसरी तीन छक पारेको छ कि हिजो एमालेसँगको उनीहरुको क्रान्तिकारी र कम्युनिष्ट गठबन्धनले सुकुम्बासीका लागि जग्गा छुट्टाउने, घर टहरा बनाउने केही काम गरेनन् तर अहिले सत्ताबाहिर भएपछि सुकुम्बासीका नाममा आफ्ना कार्यकर्ता तथा अन्य गैर्हसुकु्म्बासीहरुलाई उचालेर कहिले कैलालीको डुडेझारी त कहिले विभिन्न नीजि तथा सरकारी जग्गामा जम्मा पारेर जात्रा लगाउँछन् । यसरी हेर्दा हामी सर्सती के निष्कर्षमा पुग्न सक्छौं भने माओवादीहरुको आन्दोलन ‘नागरिक सर्वोच्चता’ स्थापनाका लागि भन्दा पनि ‘माओवादी सत्ता’ स्थापनाका लागि पो हो की ?
बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ । बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे । मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।