Skip to main content

आन्दोलन नामको आँशु चुवाईं

माओवादीले आफ्नो तेस्रो चरणको आन्दोलन आजबाट सिद्धिएको घोषणा गरेको छ । लगातारको ७२ घण्टे नेपाल बन्दपछि आन्दोलन समापन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड तथा संयुक्त जनआन्दोलनका अध्यक्ष बाबुराम भट्टराईले आजको मितिदेखि आफ्नो तेस्रो चरणको आन्दोलन समाप्त भएको घोषणा गरेका छन् । आन्दोलन समाप्तीको घोषणा लगत्तै देशभरका पसल तथा व्यापारिक केन्द्रहरू खुल्न शुरु गरे भने तीन दिनदेखि बन्द सवारी साधनहरु बिस्तारै सडकमा छाउन थालेका छन् ।काठमाडौं बानेश्वरको समारोहलाई सम्बोधन गर्दै, माओवादी नेताहरुले वर्तमान माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कठपुतली, रोबोट र बिदेशी प्रभुको आडमा स्थापित सरकारको संज्ञा दिदैँ १ महिनाभित्रमा राष्ट्रपतिको कदम नसच्चिएमा त्यसबाट हुने हरेक खालको परिणामको भागिदार वर्तमान सरकार नै हुने स्पष्ट पारेका छन् । नेताहरुले भनेका छन् – विदेशी प्रभुका सामु घुँडा टेक्ने नोकरशाह र दलालहरुले नेपाली जनताको भविष्य डामाडोल पारेका छन् । यो बन्द, हडताल सबै नागरिक सर्वोच्चता स्थापनाका लागि भएको जिकिर गर्दै उनीहरुले थपेका छन् – माओवादीको यो आन्दोलनमा माओवादी कार्यकर्ता र शुभेच्छुक मात्र सहभागि नभई स्वाधिन नेपाली नागरिकहरुको व्यापक संलग्नता रहेको छ । तर माओवादी आन्दोलनले चाहिँ छिट्टै किनारा पाउँला जस्तो विकसित घटनाक्रमले स्पष्ट पार्ने काम गरेका छन् । पुष १० गतेदेखि १ महिनासम्मका लागि माओवादीहरुले “राष्ट्रिय जागरण र भण्डाफोर अभियान” सञ्चालन गर्ने जनाएका छन् । आफुहरु सत्तामा रहँदा माओवादीहरुलाई रायमाझी आयोगका दोषीहरुलाई कार्बाही गर्नपट्टि कुनै चासो रहेन तर अहिले उनीहरु आफ्नो एक महिने कार्यक्रममा रायमाझी आयोगका दोषीहरुको भण्डाफोर गर्ने र कार्बाही गर्नका लागि सरकारलाई चूनौती पेश गर्ने तयारीमा छन् । माओवादीहरुका पछिल्ला क्रियाकलापले मलाई यसरी तीन छक पारेको छ कि हिजो एमालेसँगको उनीहरुको क्रान्तिकारी र कम्युनिष्ट गठबन्धनले सुकुम्बासीका लागि जग्गा छुट्टाउने, घर टहरा बनाउने केही काम गरेनन् तर अहिले सत्ताबाहिर भएपछि सुकुम्बासीका नाममा आफ्ना कार्यकर्ता तथा अन्य गैर्‍हसुकु्म्बासीहरुलाई उचालेर कहिले कैलालीको डुडेझारी त कहिले विभिन्न नीजि तथा सरकारी जग्गामा जम्मा पारेर जात्रा लगाउँछन् । यसरी हेर्दा हामी सर्सती के निष्कर्षमा पुग्न सक्छौं भने माओवादीहरुको आन्दोलन ‘नागरिक सर्वोच्चता’ स्थापनाका लागि भन्दा पनि ‘माओवादी सत्ता’ स्थापनाका लागि पो हो की ?

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...