विश्वभरी जलसम्पदामा दोश्रो धनी राष्ट्र भनेर मैले सानै उमेरमा मेरो हरि कंगाल देशको नाम सुनेथेँ । यो सानो हिमाली राज्य जलसम्पदामा धनी हुनु अस्वभाविक विषय त पक्कै थिएन तथापि हरेक कुरामा पछाडी परेको आफ्नो देश कुनै चिजमा धनी छ भनेर सुन्न पाउनु सबैका लागि खुशिको कुरा नै हो । पछिल्ला केही वर्षहरूदेखि हाम्रो देश अरू थुप्रै चिजहरूमा पनि धनी बन्न पुगेको छ । यहाँहरुले पनि अनुमान लगाई सक्नु भै सक्यो होला । हो, तपाइँहरुले गरेको अनुमान सहि हो । नेपाल अहिले बन्द, हडताल, चक्काजाम र तोडफोडमा नाम कमाउनमा धनी मात्र होइन एकदमै आत्मनिर्भर बनेको छ । यी सब गर्नको लागि हाम्रो राष्ट्रका राजनैतिक दलहरुलाई न विदेशी प्रभुको आर्शीवाद चाहिन्छ न त उनीहरूको आर्थिक सहयोग नै । अब यहाँहरूलाई लाग्ला यो सब थाहा भैरहेको कुरा न हो बेकारमा यस्तो लेखेर के टाइम पास गरेको होला ? तर कुरो त्यसो मात्र होइन् । यहाँहरूलाई जानकारी होस भन्ने ठानेर मैले यहाँ हाम्रो देशले एउटा अर्को क्षेत्रमा गरेको ठूलो परिवर्तनका सम्बन्धमा केही लेख्ने जमर्को गरेको छु ।प्रिय, नेपालबाहिर रहनु हुने आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरू, नेपालमा विकासका थुप्रै सम्भावना रहँदा रहँदै पनि हाम्रो देशले यसमा प्रंगति गर्न नसक्नुको मुख्य र एउटै मात्र कारण “यहाँको राजनीति र राजनैतिक संस्कार” हो भन्दा यहाँहरुलाई अनौठो लाग्न सक्ला तर विदेशी देशहरूमा यहाँले देख्दै र भोग्दै आउनुभएको राजनीति भन्दा यो देशको राजनीतिमा निकै नै पृथकता रहेको छ । तपाइँहरुलाई सुन्दा कति दुःख लाग्ला कि दुर्गम क्षेत्रहरुमा सयौ विद्यालय र कलेज स्थापना गर्न सकिने रकमले हाम्रा मन्त्रि र सभासदहरू २–४ वटा देशको भ्रमण गर्नमा नै चौपट पारिदिन्छन् । विदेश भ्रमण, तलब, भत्ता र सुविधामा देशको ढुकुटीको चरम दुरुपयोग गर्ने नेपाली नेताहरुको बानी ब्योहोरा कारण अब नेपालीहरूले आजका मितिदेखि एक हप्तामा ५१ घण्टा लोडसेडिङ्को मार खेप्नु पर्ने छ । पछिल्ला केही वर्षहरूमा, न त साना, न मझौला न त ठूला नै विद्युत परियोजना निर्माण भएका छन् । अब तपाइँहरु आँकलन गर्नुस् एक साताको यो ५१ घण्टे विद्युतीय संकटकाल नेपालका कति उद्योग र कलकारखाना धराशयी होलान् समग्र अर्थतन्त्रमा यसको कस्तो कुप्रभाव रहने होला । जेहोस्, बधाई हामीले दिनै पर्ने हुन्छ, हाम्रा नेताहरूलाई जसले लोडसेडिङ्मा देशलाई आत्मनिर्भर बनाएका छन् र हाम्रो नेपाली पहिचानलाई अझ फराकिलो पार्नमा हामीले सघाएका छन कि लोडसेडिङ्मा विश्वकै धनी राष्ट्र – हाम्रो प्यारो नयाँ नेपाल !
कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ । राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको, "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !" मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो । खुबै चुनाव लाग्ने आफत ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।