यो पटकको काठमाडौं बसाइ अनौठो लाग्दो भयो । बिभिन्न साथीहरुको बसोबास र उनिहरुसँगको कुराकानीबाट काठमाडौंका कथा ब्यथा सुन्न पाइयो । ४ बर्ष पहिले मिनभबन कलेजमा पढदाको भक्तपुरको साथी बिपेशलाई भेट्ने मौका पनि यस्पटक मिल्यो । उसले रत्नपार्कमा भेट्ने कुरा गरेपछी म हान्निदै रत्नपार्कमा पुगे । उसले मलाई नै पर्खेर बसिरहेको थियो । ४ बर्ष पछीको उसको र मेरो भेट आँफैमा एक अपत्यारिलो सत्य झै लाग्यो । उससँग गरिएका थुप्रै कुराहरु रोमान्चक थिए नै । तर त्यो भेटको अघिल्लो रातको कुरा मलाई अझ बरु रोमान्चक लाग्यो । उसले आफुले ठमेलको पीस फेवा नामको एक गेस्ट हाउसमा बिताएको रातको कुरा पनि मसँग शिएर गर्यो । उसका अनुसार -उ र उस्को एकजना साथी रातलाई रङिगन बनाउनका लागि उक्त गेस्ट हाउसमा गएका थिए । उस्ले पनि आफ्नो साथीले झै ४-५ जना केटीहरुको हुलबाट एक्जना आफुलाई मन परेको केटी लिएर कोठामा गएछ । चट्ट केटीले आफ्नो शरीरको तल्लो भागमा लगाएको कपडा फुकालेर उसलाई पनि उसै गर्न भनिछ । उसले पनि त्यसै गरेछ । केटीले उसको लिङगमा कन्डम लगाइ दिएछ र आफु माथि आउन भनिछे । तर मेरो साथीले चाँही केटीलाई नै आफ्नो माथि चढ्न आग्रह गरेछ । केको हुनु ? केटीले त उसलाई मज्जले झपारीछ - तिम्रो माथि चढ्न आएको हो र ? यो बाट हामी शहजै अनुमान लगाउन सक्छौ कि नेपाली यौन बजारको ब्यबस्थापन गर्नु कत्तिको आवश्यकता छ ?
गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?" दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ । त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट नभएपछि कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।