Skip to main content

जय, जय, जय हे नेपाल !

साँच्चिकै आज भोली मलाई लेख्न गार्हो हुन थालेको छ । न उत्साह छ, लेख्नलाई ! न त कुनै प्रेरक कुरा नै ! मात्र लेखेको छु, लेख्नु मेरो रुची भएकाले ! कहिलेकाही जीवनमा आफूले हासिल गरेका साना तिना कुराहरुलाई पनि मिलाएर लेख्न जान्ने हो भने तिनले पनि केहि अर्थ राख्न सक्दछन् । त्यहि ठानेर आज मैले यो ब्लग पोष्ट लेख्न शुरु गरेको हुँ ।
अचेल मलाई लाग्न थालेको छ, देश बाहिर अर्काको ठाउँमा उनीहरुलाई आफ्नो देशप्रतिको सदभाव र देशप्रेमका बारेमा बताउन कत्ति आनन्ददायक विषय हुन्छ ? आज म धेरै खुशि छु । केहि भएपनि मैले आज आफ्नो देशको सुन्दरताको बारेमा केहि बताउन पाएँ र करिब ३ महिना पछि देशमा आयोजना हुन थालेको पर्यटन वर्षका बारेमा यूटुबमा भेट्टाएको भिडियो समेत विदेशीहरुका अगाडि प्रदर्शन गर्न पाएँ ।
मलाई थाहा छैन, अबको तीन महिनासम्म पनि मेरो देशले प्रधानमन्त्री पाउँछ वा पाउँदैन । पार्टीगत स्वार्थमा अल्झेको मेरो देशको राजनीति सन् ११ भरीमा स्थाई निकास पाउन सफल हुन्छ वा हुँदैन । तर मलाई थाहा छ, यो बढ्दै गएको घटनाक्रमले मेरो देशको हरेक खालको भविष्यलाई अनिश्चित बनाईदिएको छ । विश्वमा २०० भन्दा बढी देश छन । जसमा मेरो देश जस्ता गरिव र राजनीतिक अस्थिरता भोगिरहेका देशहरुको संख्या समेत उल्लेखनीय नै छ । तर म एकदम निश्चिन्तताका साथ भन्न सक्दछु, मेरो देशमा जस्तो गोलमाल र खस्कदो संयन्त्र संसारका अरु कुनैपनि देशमा घट्दो क्रममा छ । सिवाय हाम्रो देशमा ।
जे भएपनि मैले यी पश्चिमाहरुलाई मेरो देशको प्राकृतिक सौन्दर्यताका बारेमा केहि बताउन सकेँ । त्यसमा म गर्ब गर्दछु । र, उनीहरुलाई बुझाउन सकेँ — हामी नेपालीहरु आर्थिक रुपमा जति पछौटे जिन्दगी बिताईरहेका छौं, प्राकृतिक सौन्दर्यतामा हामी त्यति नै धनी छौं । कम्तिमा पनि देश चलाउछन् भनेर हामीले नेता मानेका देशद्रोही भाइरसहरुको अन्त्यको दिन धेरै टाढा नभएकाले म ढुक्क छु — हामीले छिट्टै आर्थिक क्रान्तिको फड्को मार्ने छौं । र, फेरि म यिनीहरुका बीचमा मेरो देशको प्राकृतिक सौन्दर्यता र यहाँको जैविक विविधिताको मात्र प्रस्तुती लिएर होइन, मेरो देशको परिवर्तन, वैवभशालिता, सुशासन र विकासका सम्बन्धमा चित्ताकर्षक प्रस्तुती लिएर शानका साथ प्रस्तुत हुनेछु ।
जय नेपाल !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...