Skip to main content

यो दादागिरी कहिले सम्म सहने ?

यो भारतीय दादागिरी कहिले सम्म ? ए भातमारा नेता डाँकाहरू ?

तपाइँ हामीलाई थाहा भएकै कुरा हो, सुदुरपश्चिमका हजारौं बेरोजगार नेपाली दाजुभाइहरू कामको खोजीमा भारतका विभिन्न शहरहरूमा पुगेका हुन्छन् र पुगिरहेकै छन् । नेपाली माटोमा श्रम गर्न लाज लाग्ने भएकाले आफ्ना छरछिमेकी र नातापाताले आफूले भारी बोक्ने र चौकीदार गर्ने काम ती भारतीय अन्जान शहरहरूमा नदेख्ने भएपछि हाम्रा थ्रप्रै नेपाली दाजुभाइहरू त्यसरी भारतीय भुमिमा गएर पसिना चुहाउन बाध्य छन् । मैले अस्ती एकपटक लेखिसके एउटा भारतीय टि.भी सोमा काठमाडौमा डिप्लोमा गरेको पात्रलाई भारतमा चौकीदारको जागिर खोज्दा पनि नपाएको एउटा कमेडी सो बनाएर हामी नेपालीहरूलाई गरेको उनीहरूको अपमान । अब शिक्षितहरूलाई हेर्ने त त्यस्तो छ, उनीहरूको नजर भने साँवा अक्षर नचिनेका अनपढ नेपालीहरूलाई उनीहरूले कस्तो व्यवहार गर्छन् होला ?  

नेपालको सिमापार गरी भारतीय सीमा सुरक्षाबलका सिपाहीहरूले सीमा क्षेत्रमा बस्ने नेपाली जनताहरू माथि  पटकौ सम्म ज्यादति गरिसकेका छन् । त कहिले अनुमतिविना हतियारसहित प्रवेश गर्छन । अब यसरी उनीहरू नेपाली सीमा पार गरी आफ्नै जनताहरूलाई समेत दुरव्यवहार गर्दा समेत नेपाल सरकारका प्रधानमन्त्री र  मन्त्रीहरूले कानमा बुझो हालेर बसिरहेको पनि हामीले देख्दै आएका छौ । त्यतिमात्र हैन, प्रधानमन्त्री माधबकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता जोष्टले त भारतले नेपालको सीमा मिचेको छैन भनेर पटकपटक भन्दै पनि आएका छन् । अब सारा नेपालीहरूले भारतले ५८ भन्दा बढी ठाउँमा सीमा मिचेको भनिरहेका बेला यी दुई नमुनाहरूले नेपालको सीमा मिचेकै देखिएन । अब यिनले बर्षा मौसममा हुने तराई डुबान देख्ने कुरै भएन । अझ एसएसबीको दादागिरी त यिनले के भेउ पाउन ? 

मैले यूटुबमा एउटा ताजा भिडियो हेरेँ, जहाँ भारतमा काम गरी दुखसुख बचाएको २,४ हजार दाममा समेत महाकालीको बनबासा र धनगढीको गौरीघण्टा नाकास्थित भारतीय सीमा प्रहरी बल एसएसबीको आँखा गड्न पुग्यो । गरिप नेपालीहरूले कति कष्ट खपेर ल्याएको उनीहरूको श्रमको मूल्यमा  एसएसबीहरूको गिद्देदृष्टिका बारेमा सरकारले बोल्नु पर्छ कि पर्दैन ? तर मलाई लाग्दछ, यिनले बोल्ने हिम्मत गर्नै सक्दैनन् । भिडियोमा सीमा पार गरी फर्किएका नेपाली मजदुरहरूले गुनासो गरेका छन् – 'भारतीय सीमा सुरक्षा बलका प्रहरिहरूले उनीहरूका गोजीमा हात हाले र ५ सय तथा १ हजारका नोट निकालेर नक्कली भएको भन्दै उनीहरूलाई ताने ।' तर साथीहरू ती त नक्कली नोट बोकेको अभियोगमा नेपाली दाजुभाइहरूलाई कस्टडीमा हाल्ने धम्की दिदै उनीहरूबाट पाँच सात सय रूपैयाँ फुस्काउने दाउ रहेछ । अब एक ठाउँमा मात्र भएपनि तिनका मुखाँ बुझो लाउथेँ होला नेपाली दाजुभाइहरू तर चारपाँच ठाउँमा भन्दा बढि ठाउँमा पाँच सयकै दरले मात्र बुझाउँदा पनि ती नेपाली श्रमीकहरू नेपाली करिब ५००० बुझाउनु पर्नेहुन्छ । यसरी दशैं मान्न आएका नेपाली दाजुभाइहरूलाई भारतीय प्रहरीले धम्काएर पैसा लुटिरहँदा पनि नेपाल सरकारका अधिकारीहरू कानमा बुझो हालेर बसेका छन् । भिडियो हेर्नुस।


Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...