Skip to main content

यो दादागिरी कहिले सम्म सहने ?

यो भारतीय दादागिरी कहिले सम्म ? ए भातमारा नेता डाँकाहरू ?

तपाइँ हामीलाई थाहा भएकै कुरा हो, सुदुरपश्चिमका हजारौं बेरोजगार नेपाली दाजुभाइहरू कामको खोजीमा भारतका विभिन्न शहरहरूमा पुगेका हुन्छन् र पुगिरहेकै छन् । नेपाली माटोमा श्रम गर्न लाज लाग्ने भएकाले आफ्ना छरछिमेकी र नातापाताले आफूले भारी बोक्ने र चौकीदार गर्ने काम ती भारतीय अन्जान शहरहरूमा नदेख्ने भएपछि हाम्रा थ्रप्रै नेपाली दाजुभाइहरू त्यसरी भारतीय भुमिमा गएर पसिना चुहाउन बाध्य छन् । मैले अस्ती एकपटक लेखिसके एउटा भारतीय टि.भी सोमा काठमाडौमा डिप्लोमा गरेको पात्रला भारतमा चौकीदारको जागिर खोज्दा पनि नपाएको एउटा कमेडी सो बनाएर हामी नेपालीहरूला गरेको उनीहरूको अपमान । अब शिक्षितहरूला हेर्ने त त्यस्तो छ, उनीहरूको नजर भने साँवा अक्षर नचिनेका अनपढ नेपालीहरूला उनीहरूले कस्तो व्यवहार गर्छन् होला ?  

नेपालको सिमापार गरी भारतीय सीमा सुरक्षाबलका सिपाहीहरूले सीमा क्षेत्रमा बस्ने नेपाली जनताहरू माथि  पटकौ सम्म ज्यादति गरिसकेका छन् । त कहिले अनुमतिविना हतियारसहित प्रवेश गर्छन अब यसरी उनीहरू नेपाली सीमा पार गरी आफ्नै जनताहरूला समेत दुरव्यवहार गर्दा समेत नेपाल सरकारका प्रधानमन्त्री र  मन्त्रीहरूले कानमा बुझो हालेर बसिरहेको पनि हामीले देख्दै आएका छौ । त्यतिमात्र हैन, प्रधानमन्त्री माधबकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता जोष्टले त भारतले नेपालको सीमा मिचेको छैन भनेर पटकपटक भन्दै पनि आएका छन् । अब सारा नेपालीहरूले भारतले ५८ भन्दा बढी ठाउँमा सीमा मिचेको भनिरहेका बेला यी दु नमुनाहरूले नेपालको सीमा मिचेकै देखिएन । अब यिनले बर्षा मौसममा हुने तरा डुबान देख्ने कुरै भएन । अझ एसएसबीको दादागिरी त यिनले के भेउ पाउन ? 

मैले यूटुबमा एउटा ताजा भिडियो हेरेँ, जहाँ भारतमा काम गरी दुखसुख बचाएको २,४ हजार दाममा समेत महाकालीको बनबासा र धनगढीको गौरीघण्टा नाकास्थित भारतीय सीमा प्रहरी बल एसएसबीको आँखा गड्न पुग्यो । गरिप नेपालीहरूले कति कष्ट खपेर ल्याएको उनीहरूको श्रमको मूल्यमा  एसएसबीहरूको गिद्देदृष्टिका बारेमा सरकारले बोल्नु पर्छ कि पर्दैन ? तर मलाई लाग्दछ, यिनले बोल्ने हिम्मत गर्नै सक्दैनन् । भिडियोमा सीमा पार गरी फर्किएका नेपाली मजदुरहरूले गुनासो गरेका छन् – 'भारतीय सीमा सुरक्षा बलका प्रहरिहरूले उनीहरूका गोजीमा हात हाले र सय तथा हजारका नोट निकालेर नक्कली भएको भन्दै उनीहरूलाई ताने ।' तर साथीहरू ती त नक्कली नोट बोकेको अभियोगमा नेपाली दाजुभाइहरूलाई कस्टडीमा हाल्ने धम्की दिदै उनीहरूबाट पाँच सात सय रूपैयाँ फुस्काउने दाउ रहेछ । अब एक ठाउँमा मात्र भएपनि तिनका मुखाँ बुझो लाउथेँ होला नेपाली दाजुभाइहरू तर चारपाँच ठाउँमा भन्दा बढि ठाउँमा पाँच सयकै दरले मात्र बुझाउँदा पनि ती नेपाली श्रमीकहरू नेपाली करिब ५००० बुझाउनु पर्नेहुन्छ । यसरी दशैं मान्न आएका नेपाली दाजुभाइहरूलाई भारतीय प्रहरीले धम्काएर पैसा लुटिरहँदा पनि नेपाल सरकारका अधिकारीहरू कानमा बुझो हालेर बसेका छन् । भिडियो हेर्नुस


Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...