Skip to main content

माग्नेहरूको भीडमा अर्को माग्ने

"एस्क्युज मी, टेन युरो प्लिज ।" 

गएको कुनै वर्ष, हिउँदको कुनै एकदिन, ग्यास स्टेशनको छेउमा उभ्भिरहेको म नजिक फटाफट आउँदै अरबी मूलको जस्तो लाग्ने एक ठिटोले, दाहिने हातको तीन औंलाहरू बुढी, माइली र माझीलाई एक ठाम पारेर माग्दै थियो, दश युरो दाम मसँग ।

उसले पैसा माग्ने बखतको भन्दा धेर विनीत भएको भावमा सोधेथेँ उसैलाई मैले, पैसा माग्नुको कारण । दश युरो पक्का पाइयो भन्ने खुशिमा, मुहारभरी परम ज्योती धपक्क पारेर, बताएथ्यो उसले कारण पैसा माग्नुको - "पेट्रोल हाल्नु छ गाडिमा ।"

सेकेन्ड ह्यान्ड टोयोटा यारिस चढ्ने मैले दिइदिएको थिएँ पाँच युरोका दुई थान कलिला नोटहरू उसलाई, जसले बडो शानका साथ चालेथ्यो आफ्ना डेग सेकन्ड ह्यान्ड जस्तै देखिने तर टलक्कै टल्केको (आफ्नो) बिएमडब्ल्यू तिर । 

हैन यल्ले मलाई पैसा ठग्यो कि साँच्चिकै अभरमा परेर माग्यो? सोच्दै, म घिसार्दै थिएँ मेरा दुई थान पैतालाहरू उहि धुलोले छोपिएको मेरो पुरानो टोयोटा यारिसतिर । म नपुग्दै गाडीमा, ऊ पुगिसकेको थियो अर्को मान्छेको छेऊमा जो भर्खर तेल भर्न छिरेको थियो - ग्यास स्टेशनमा, आफ्नो निस्सान कार लिएर । अनि म खिस्रिक्क परेको थिएँ कि मागेरै पनि मान्छेहरूले ठग्न सक्छन् अरू मान्छेहरूलाई जसरी म ठगिएथे भर्खर ऊबाट । त्यसरी नठगिन पनि सक्छन् जसरी निस्सान कारमा आएको मान्छेले त्यो ख्याउटे युवकलाई गरेर केहि सवालहरू, इशारा गर्दै युवक निस्केको बिएमडब्ल्यूतिर । र घाइते बाघ झैं युवक फर्केको थियो लुकाएर दाहिने हातका आफ्ना चार औंला । देखेन् सायद निस्सान चढ्ने अधबैंशेले जुन लुकाएको थिएन युवकले - बीचको औंला !

एक पल्ट हैन, दुई पल्ट हैन त्यही ख्याउटे अपरिचितले जस्तै माग्ने लत लागेको एक परिचित युवकले, जम्मा जम्मी चार पल्ट सय पचास हैन मात्र दशपाँच युरो माग्ने गर्थ्यो मसँग, पाँच सात वर्ष पहिले । एक पल्ट हिउँदमा अनि तीन पल्ट हिमको याममा ।

पैसा माग्नुको कारण उसँग पनि उहि थियो, गाडीमा ग्याँस भर्ने । 

भाइ, इन्धन भर्न पैसा नहुने चढ्छौ गाडी किन ? चौथो पल्ट दश युरो उसको खातामा पुर्याउनु पहिले, उसको मनमा पुगी भ्याएछ मेरो यो प्रश्न । हाँस्न खोजे झैं गरेपनि भारी मनले भनेथ्यो त्यस भाइले मलाई, "बसमा चढेर गर्न मिल्दैन् नी दाई, पोस्ती (पत्रिका बाड्ने काम) !" 

अन्तिम कुराकानी यो नै थियो मेरो, उसँग। सापटी फिर्ता त गरेन उसले सायद तीस चालिस युरोको याद त्यो पनि किस्ता किस्तामा मागेको सम्झना गरिराख्छ र कसले? सम्झिएन उसले पनि त्यसैले । तर बिर्सिएन उसले देश, अनि परदेशमा विताए पनि प्यारो आफ्ना वैंशका वर्षहरू ऊ फर्कियो उता । यता अब ऊ सायदै फर्किला । 

मैले पनि अभर पर्दा मागेको हुन्छु पैसा साथीहरूसँग, दाजुहरूसँग, दिदीहरूसँग, बैनीहरूसँग, भाइहरूसँग र धेरै धेरै पल्ट चाँहि प्रिय पत्नीसँग । सूचीमा छन् कोको त्यस्ता मनकारी सहयोगीहरू ? गम खान्छु म कहिलेकसो । आउँछन् एक एक गरेर यी नामहरू - राजन दाई, बसन्त दाई, दिदी लिला, सखी शितल, मित्र लक्ष्मी, भाइ रमेश, विनोद भाइ, रामचन्द्र भाइ, बैनी रेनु, रमी बैनी र भिनाजु शिरीष, अनि अरू अरू धेरै ! 

रंगीन नामहरूको म अझै आसामी छु, तर यिनीहरू होइनन् कोही पनि सुदखोर साहूहरू । किनकी यी कोही पनि लिदैनन् मसँग ब्याज न लिएका थिए अरू कोहीले । जो जसको गरेको छु नामै उल्लेख मैले । तर ब्याज नलिए पनि मेरा साहुहरूलाई मैले फिर्ता त गर्ने गरेकै छु - ब्याजरूपी जवाफको, जहिले जहिले यी लेख्ने गर्दछन् साँवारूपी टिप्पणी- मेरा ब्लगपोष्टहरूमा । 

पैसा र प्रतिक्रिया मागिपठाउँछु म मेरा खास खास मान्छेहरूलाई, किनकी 'जोसँग पनि हात पसार्ने मामुली खाले मान्छे हुनु हुँदैन्' भन्दै सम्झाउँछिन् बेलाबेला, मेरी पत्नी। तर प्रिया, माग्दैमा पाउने चिज पैसा होला नहुने सायद रहिछ यो टिप्पणी । किनकी मित्रहरूको पनि दुख्तो हो नदुखेको टाउको, सोचेर कि के सोच्ला निराजन यदि लेखिहाले भने मैले टिप्पणी ?

"ए गुरू हालिदिनुस् त पचास युरो ।" मित्र लक्ष्मीले माग्छन् कहिले कसो । म रकम पठाइसकेको हुन्छु उनको बैंक खातामा, नसकिदै उनीसँगको मेरो फोन वार्ता । 

हजार हाल्देऊ बुढो लास्टै अभर पर्यो, डिसेम्बरमा फिर्ता गरूँला म बरू । गएकै नोभेम्बरमा त हो मैले मागेथेँ उनै मित्रलाई, तर कहाँ भनेको थिएँ र साल उनलाई रकम फिर्ताको ?

न सोधेकै थिए उनले पनि साल सायद ठानेकी, होला त्यहि दुइ हजार चौबिस । मैले फिर्ता गरिसकेको छैन, उनले फिर्ता मागिसकेका पनि छैनन् । बरू पछिल्लो ब्लग पोष्टमा मागेथेँ उनलाई पनि एक थान टिप्पणी । जसरी मागेथेँ मैले मेरा मित्रहरू अन्यलाई झैं खास कुनै लाज नमानी । तर सिधैं इन्कारी जवाफ पाएथेँ मैले उनीबाट । किनकी बहाना भेट्न खप्पिस छन् उनी जस्तो धुरन्धर पढ्नमा छन उनी । भनेथे उनले - लेख्नुस् नियमित ब्लग अनि दिउँला नमागी टिप्पणी । मान्छे यी जाती छन् अलि अलि छन् -  अफ्ठ्यारा पनि ।  त्यसैले त नमागेपनि दिन्छन् टिप्पणी र बेला बेला लन्च अफरहरू पनि । तर यसपाली यिनले दिएको भए टिप्पणी, फिर्ता नमागेपनि दिने रहर थियो उनलाई- एक थान जवाफ टिप्पणी । (दिने हैन् त मित्र एक थान टिप्पणी?)

उसो त नमागी नेपालीहरू दिदैनन् धन्यबाद पनि । दिने बानी कहाँ छ र हामीहरूलाई कसैको ब्लगमा टिप्पणी ? हैन् म कोही कसै, हुँ हजुरहरूकै आफ्नै । कृपया, अबदेखि मैले माग्नुपूर्व यहाँहरूको व्हाट्स एपमा मेरा ब्लगपोष्टमा टिप्पणी । कृपा गरेर दिइदिनुहोला एक थान टिप्पणी, म यहाँहरूलाई जवाफ लेखिपठाउनेछु, यहाँहरूले कहिल्यै नमागेपनि । अँ, अनि दिउँला मैले मेहनत साथ लेख्तै गरेको मेरो एउटा कृति जसको गातामैं लेखेर हजुरहरूको नाउँ र ठेगाना यदि छापिएछ भने कुनै वर्ष जसको नाम मैले जुराइसकेको छु, नेताको छोरो । थाहा लागोस् यहाँलाई पनि कृति विशेष हो किनकी जसको नाम जुरेको हो,  जुर्नुभन्दा पहिले नै गएको वर्ष जन्मिएको हाम्रो छोरोको अक्षर भनिने नाम ।  

Comments

  1. मिठो लेख बुढा, तर जति मिठो लेखेपनि लगेको पैसा फिर्ता चाहिन्छ । नो एस्क्युजेज !

    ReplyDelete
    Replies
    1. हाहा मात्र भन्न सकियो बुढी ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...