Skip to main content

Posts

मन किन रून्छ यो मन ?

भन्न त मानिसहरूले भन्छन् नी - मान्छे जन्मदा एक्लै जन्मेको हो, मर्दा पनि सँगै को जान्छ र ? तर एक्लै जन्मिएर, मर्दा पनि एक्लै हुने हामीहरू कतिपय एक्लोपनको आभाष हुँदा किन किन आत्तिन्छौं होला ? तिमीले त्यस्तै गरी आत्तिएको मैले तिम्रो आवाजमा महशुस गरेथेँ । यस्तै महशुस धेरैले गरेका हुन्छन्, जस्तै तिमीले गरेकीछ्यौ । त्यो दिन तिम्रो आवाज मसामु आइ पुगेपछि, सायद केहि क्षणभरका लागि भएपनि तिमीले एक्लो महशुस गर्नुपरेन ।  प्रिय साथी सुमी, तिमीले म्यासेन्जरमा पठाएको तिम्रो एक टिकटक भिडियो मैले हेर्न पाइँन । मैले हेर्न असमर्थ रहेको त्यो भिडियोको थम्बनेल मा तिमीले रातो वाइन ले भरिएको एक पारदर्शी काँचको गिलास समातेको देखिन्थ्यो । सायद तिमीले कुनै विरहलाग्दो या हुनसक्छ उत्साहले भरिपूर्ण कुनै नेपाली गीत वा मदिरापानको खुब चर्चा गरेको गज्जपको हिन्दी गजल या गानाको धुनलाई पार्श्व संगीतमा राखेर मदिरा पिइरहेकी थियौ होला । एक्लोपनका बारेमा हामीले लामै कुराकानी गरेपछि हाम्रो संवादको उत्तरार्द्वतिर तिमीले पठाएको उक्त भिडियोले मलाई मेरो एक मित्रको सम्झना दिलाएथ्यो । त्यो मित्र जसले प्रत्येक पल्ट रक्सीले मातेका...

अनि हुन्छन् विच्छेद सम्बन्धहरू !

छुट्टिने भन्ने थाहा हुन्थ्यो भने सायदै जोडिन्थे कुनै सम्बन्धहरू ।  बाहिरी संसारमा देखाउनका लागि एउटा भएपनि भित्रीरूपमा कति धेरै मान्छेहरूका मान्छेहरूसँग फरक किसिमका सम्बन्धहरू बन्दा रहेछन् । कुनैदिन मलाई एक सज्जनले नभनेका पनि होइनन् कि फेसबुक प्रोफाइलमा बुढाबुढीले चुम्बन साटेको तस्बीर साझा गरेका भएपनि भित्री रूपमा उनीहरूको सम्बन्ध त्यस्तो विशेष नहुन सक्छ । मलाई नलागेको पनि हैन्, कि सारा दुनियाँका अगाडि पतिपत्नीबिचको सम्बन्धको सुमधुरताको माधुर्यता साझा गर्न सक्नेहरू साँच्चिकै जीवनमा झन कति विघ्न माया साटासाट गर्दा हुन् ? एक अर्काप्रति कुन हदसम्म समर्पित हुँदा हुन् ?  ख्वै, मैले बिर्सिएको हो या सम्झन नचाहेको खासमा भावनाको कुनै ठोस् आकार हुँदैन् । र, माया, स्नेह, आकर्षणमा आधारित हर सम्बन्धहरू क्षणभंगुर हुन्छन् । किनकी, यी सबै आखिर भावनाहरू न हुन् । यसकारण, माया, स्नेह, आकर्षणले ठोस आकार लिन अममर्थ हुन्छन् । तर के निराकार भाव अभिव्यक्त गर्न असम्भव छ र ? पक्कै पनि छैन् । तसर्थ प्रश्न यो होईन् कि निराकार भाव अभिव्यक्त भयो या भएन । प्रश्न त खासमा हामीले आकारविहीन मायाप्रेमलाई किन सधे...

श्रीमान् पत्रकार के देश साँच्चिकै बस्न योग्य छ ?

"वहाँलाई बाहिर निकाल्नुस् त । को हो हँ वहाँ? कस्तो मान्छे रहिछ यार!" 'छोरीलाई टिका लगाएर उपाध्यक्ष बनाउन पाइँदैन्' भन्दै महाधिवेशन हलमा हल्ला गरिरहेका एक युवकलाई इंगित गर्दै  फाल्गुण  १, २०८१  (February 13, 2025) मा आफ्नो पार्टीको पहिलो महाधिवेशनको नतिजा सुनाउँदै गर्दा  डा. बाबुराम भट्टराईले मञ्चबाट बोल्नुभएको भिडियो देखेँ । तानाशाहकै झल्को दिने गरी डा. भट्टराईले जसरी आफूलाई प्रस्तुत गर्नुभयो, वहाँको प्रस्तुतीले सम्बोधनको लागि उच्चआदरार्थी सम्बोधनको माग गर्दछ । यसकारण, उप्रान्त यस ब्लगपोष्टमा वहाँलाई सोही बमोजिम सम्बोधन गरेको छु ।  ठ्याक्कै २९ वर्ष पहिले अर्थात् फाल्गुण १, २०५२ (February 13, 1996) कै दिन त हो उनी र मौसुफ बाबुरामका कथित क्रान्तिकारीहरूले तानाशाह ढालेर देशमा गणतन्त्र अर्थात् नागरिकको शासन लेराउने भन्दै राज्यबिरूद्व बन्दुक उठाएको । दश वर्षसम्म दशहजार भन्दा बढी मान्छेहरू मारिएको । बन्दुक बिसाइएको । शान्ति सम्झौता भएको । संविधानसभाको गठन भएको । राजतन्त्र फ्याँकिएको अनि संघीय गणतन्त्र नेपालको घोषणा भएको । तर बिडम्बना, 'बन्दुकको नालबाट सत्ता खोस्न नसक...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

किन आउछौं परदेशमा ? रूनका लागि ??

एउटा खुट्टा फिनल्याण्डलाई गन्तब्य बनाउनै लागेको हवाइजहाजभित्र छिराउन आँटेका प्रिय मानिसहरू हो, … समयले मानिसलाई के के गराउँछ । कहिले हसाउँछ, कहिले रूवाउँछ ।  यस्तै भाकाको एउटा गीत मलाई कतै सुनेको जस्तो लाग़ेको छ । शब्द यस्तै थिए या अगाडि पछाडी मैले मेसो पाइँन् । तर आज एक्कासी मलाई यो गीतको याद आएको छ जसै मैले एकसाथ अपरिचित तिमीहरू सबै र विशेषतः एकजना चिनजानका मित्रलाई झल्याँस्स सम्झिन पुगेको छु । तिमीसँग जस्तै मसँग पनि केहि कथाहरू छन् जुन तिम्रा जीवनमा जस्तै मेरा जीवनमा पनि घटेका थिए । त्यस्तै एउटा प्रसंग जिन्दगीको शुरू हुन्छ सन् २०१० को नोभेम्बर महिनामा जहिले हान्ना नामकी एक फिनिश युवतीलाई मैले नर्वेको त्रोम्सोमा भेटेको थिएँ । अँ नोभेम्बर महिनाले मलाई एउटा कुरा याद दिलायो । त्यो मैले तिमीलाई बताउनै पर्ने हुन्छ । यो महिनालाई फिनिश भाषामा 'मारास्कु' भन्छन् । 'कु' भनेको महिना र 'मारास्' भनेको मृत्युलाई जनाउने शब्द हो । भलै, 'मारास्' शब्द आधुनिक फिनिश भाषामा उति प्रचलित छैन् । तिमीलाई थाहा नहुन सक्छ, नोभेम्बर महिनामा सारा फिनल्याण्ड निष्पट्ट अँध्यारोमा बेरि...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

कतै ती मेरा रमेश भाइ त हैनन् !

बेनीको बजार पुगेपछि बेनीलाई नै काखमा बेरेको पहाडलाई नै माथिपट्टी यसो चियाउने हो भने केहि गोरेटा बाटाहरू देखिन्छन् । सायद अहिले धर्सा मात्र बाँकी हुनन् किनकी अलि बर्षै पहिले नै त्यहाँ दुई चारवटा जेसिभी डोजरहरू दार्हा फिजाउँदै हिडिसकेका हुन् । अतःधर्सा जस्ता देखिने उहिलेका गोरेटाहरूको ढाड र टाउका चिथोर्दै अर्थाय (अर्थुङ्गे)को गाउँ हुँदै पाखापानीसम्म पुग्ने अलिकति कालोपत्रे समेत भएको सडक हुँदै अलिधेरै उकालो र अलि कति तेर्पाय बाटो सिटी सफारी चढेर जाने बेला हातमा लौरी समातेर कुनै बोकालाई 'धेर रिस नउठा है लम्काने, भोली फेरि नपर्साइकन तेरा गर्धनाँ मार हान्न नपरोस् !' भनेर यदि कोही अधबैंसे युवक सन्किदैँ छ भने तिनी सम्भवतः रमेश भाइ हुन सक्छन् । हैन भने, त्यतै कता बाटातिर जोरजाम पारेर केहि थान भटभटेहरू भ्यार भ्यार पार्दै गरेका ओठ निचोर्दा दूध झर्लान जस्ता अनुहार बोकेका ठिटाहरूलाई, 'कता हिड्न लाग्यौ ए, झोलेहरू हो ? मोज छ है तिमेरूलाई ? फ्रिमा मासु चिउरा रौसी बजाउन पाएकै छौ ।' भन्दै जिस्काए जस्तै गरेर नराम्ररी हपार्दै गरेको ती ठिटाहरू भन्दा अलि वयस्क युवा देख्यौ भने त्यो रमेश भाइ न...