Skip to main content

Posts

साइकल माथि चढेर, सपना चुम्ने मेरो साथी

जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको प्रभावलाई केहि हदसम्म भए पनि न्यूनिकरण गर्नु र परिवर्तित जलवायुमा अनुकुलन हुनु आजको विश्वका लागि यी सबभन्दा महत्वपूर्ण पहिलो दुई विकल्प हुन् । जलवायु परिवर्तनको मुद्दाले अहिले विश्वका सबै गरिव तथा धनी, विकसित तथा अविकसित सबै देशहरूलाई एउटै मञ्चमा उभ्याईदिएको छ । र, विश्वका प्रत्येक राष्ट्रहरूले प्रत्येक मञ्चमा यिनै दुई विकल्पका बारेमा भरपुर छलफल चलाउने र यीनको सफल कार्यान्वयनका लागि अति नै महत्व दिदैँ आएका छन् । तथापि, समस्या भने ज्यूँका त्युँ नै छ । जलवायु परिवर्तनका कारण उत्पन्न दुष्परिणामहरूबाट सबभन्दा बढी जोखिममा पर्ने मुलुकहरुको अग्रपंक्तिमा रहेको हाम्रो देशमा जलवायु परिवर्तनका प्रभावका कारण उत्पन्न हुने जोखिमलाई न्युनिकरण गर्ने आवश्यक श्रोत र साधनको टड्कारो खाँचो अवश्य नै छ । तथापि, यो समस्यालाई समस्याका रुपमा मात्र नहेरी समाधानका आवश्यक उपायहरूको अधिकतम खोजी गर्नु पर्ने हाम्रो दायित्व पनि हो । र, परिवर्तित जलवायुका क्षेत्रमा युवाहरूको भूमिका त झन उदाहरणीय हुनु आवश्यक नै हुने भो’ । यस्तै भूमिकालाई आत्मसाथ गरेका एक युवासँग मेरो मित्रता हु...

कल्पनाभन्दा केहि पर ः बेनीदेखि सोर्मार्कासम्म

चार पाच घण्टाको आराम पछाडि हन्सले हामीलाई हाम्रो गन्तव्य स्थल सोर्मार्कामा जाने समय भएको बताए । मनमा अनेकन जिज्ञासाहरू उठिरहेका थिए । एक प्रकारको कौतुहुलता मनमा जागिरहेको थियो । हवाई यात्राको सम्पूर्ण थकान ओश्लोका सडकमा हिडिरहँदा त्यहाँ भएको हिउँको दृश्यले सम्पूर्ण रुपमा नामेट भएको अनुभूति भैरहेको थियो । तथापि बादलले टम्म ढाकिएको आकाशबाट सूर्यको छिद्र ताप मात्र हामीसम्म आइपुगेको थियो । हामीलाई एकदम समयभित्र बस टर्मिनलसम्म पुग्नु आवश्यक थियो । तर हिउँले चम्किरहेका ओश्लोका सडक, पुल, भवन, उद्योग, स्टेडियम, मार्केट स्क्वायर अनि वनलाई पृष्ठभूमिमा राखेर तस्विर खिच्ने अवसरलाई मैले हतास मुडमा गुमाउन चाहिन । मेरो अनुरोध पछि हन्स र प्रजुहरु पनि तस्विर लिन राजी भए । त्यो जेब्रा क्रसिङ्ग थियो र म जेब्रा कसिङ्ग पार गर्नै लाग्दा एउटा कार आएको देखिएपछि टक्क रोकिए । कार आफ्नो गतिमा आइरहेको थियो । तर अचम्म कार रोकेर, चालकले पहिला मलाई बाटो पार गर्न इशारा दिए । म छक्क परेँ त्यहाँको सडक अनुशासन देखेर । हाम्रोमा सवारी हाक्नेहरू सडकका सर्वेसर्वा मानिन्छन् । मानौं सडक खाली नहुन्ज्याल वा ढुक्कसँग सडक पार गर...

यस्ता छन् आन्दोलनका सहभागीहरू

माओवादीहरुको आमहडतालको पहिलो दिन बैशाख १९ गते बेनीको र्‍यालीमा सहभागी यी व्यक्तिलाई देखेपछि मलाई लाग्यो – के साँच्चिकै यो आन्दोलन “के कस्का लागि” र “किन” भन्ने बुझेर आएका होलान् यिनी ? बिचरा आफ्नै अन्यौल भविष्यका सम्बन्धमा बेखबर यिनीजस्तै युवाहरू कति भ्रामक छन् – आन्दोलनमा ? अब घरमै गएर आन्दोलनमा जानु पर्छ भन्ने ह्विप जारी भएपछि यिनीहरूको के लागोस् ?

मेरो आशिर्वाद छ, नेताहरूलाई

              बेनीमा आयोजित प्रदर्शन जागिर त गर्नैपर्‍यो ः प्रहरी टोली आखिर माओवादीहरुको अनिश्चितकालिन आमहड्ताल शुरु भएरै छाड्यो । छिटफुट हिंसात्मक घटनाबाहेक आन्दोलन शान्तिपूर्ण नै रहेको छ । तर यसपालीको उनीहरुको आन्दोलन भने केही खुकुलो रहेको अनुभूति भएको छ । पानी ट्याङ्कर, एम्बुलेन्स, पर्यटक बोक्ने गाडीहरु चल्न दिने बताइएको छ । तेस्रो जनआन्दोलन भनेर नाम दिइएको यस आन्दोलनमा  गाउँ गाउँबाट मानिसहरु काठमाडौं झिकाइएको छ । आन्दोलन जतिसुकै शान्तिपूर्ण भनिएता पनि आन्दोलनमा सहभागी केही प्रदर्शनकारीहरुले सडकमा वितण्डा मच्चाउनकै लागि आएको झैं व्यवहार गरिएका घटनाहरु पनि सार्वजनिक भएका छन् । आम हडतालकै कारण अधिकांश स्थानमा कक्षा १२ को अन्तिम परिक्षा समेत स्थगन गरिएका छन् । नेपालमा यसरी हडताल, बन्द र आन्दोलनका कारण नागरिकको शिक्षा प्राप्त गर्ने हक, स्वास्थ्यको हक र विना रोकटोक शान्तिपूर्ण ढंगले एक ठाउँबाट अर्को ठाउँमा पुग्न पाउने जस्ता मौलिक हकहरु समय समयमा बन्धक बनाइएका छन् । जुन माओवादीहरुको यो आन्दोलनबाट समेत अछु...

सरस्वतीको मन्दिरमा क्रान्तिकारीको तोडफोड !

नीजि विद्यालयले मनपरी शुल्क बृद्धि गरेको निहुँमा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको देशभर विद्यालय बन्द गर्ने कार्यक्रम अनुसार म्याग्दी जिल्लाका अखिल क्रान्तिकारीमा संलग्न युवाहरुले पनि सदरमुकामका नीजि विद्यालयहरु आजदेखि पूर्णरुपमा बन्द गराएका छन् । आफ्नो माउ पार्टीले बैशाख १८ गतेदेखि गर्ने भनेको आन्दोलनबाट प्रेरित भएर अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नीजि विद्यालय बन्द गराएको कारण शुल्क बृद्धि बहानाबाजी मात्र भएको धेरैको टिप्पणी छ । विद्यालय बन्द गराउने काममा उनीहरु निकै हदसम्म पूर्वाग्राही भएर लागेको सदरमुकाम बेनीस्थित विद्यालय बन्द गराउने क्रममा उनीहरुले देखाएको हर्कतबाटै प्रष्ट हुन्छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति रेशम बानियाँद्धारा संचालित बेनी आवासीय मा.वि.मा बन्द गराउने क्रममा उनीहरुले तोडफोड समेत गरेका छन् । तोडफोडबाट खासै ठूलो क्षति नभएपनि बजारबासी बुद्धिजीवीहरुको अखिल क्रान्तिकारीका विद्यार्थी तथा नेताहरुले विद्यालय बन्द गराउने नाममा पूर्वाग्राही व्यवहार प्रदर्शन गरेको ठहर छ । आफ्ना पार्टीमा संलग्न सुवासकुमार श्रेष्ठ तथा रवीन्द्रराज जोशी संचाल...

आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा

बादल माथि माथि उड्नुको मज्जै बेग्लै ! मलाई आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा अवधीभर महशुस भएको एउटै मात्र सत्य नै यहि थियो । सहकर्मी प्रजु थकान भरिएको निन्द्रा निदाईरहेको बेला म यति लालयित भएर समुन्द्र खोजिरहेको थिएँ कि मेरो वशमा भैदिएको भए समुन्द्र ढाकेर छरिएको बादललाई एकै निमेशमा हटाएर समुन्द देख्ने मेरो प्यास एकै पलमा मेटाउथेँ तर कहाँ सक्नु ? आखिर समुन्द्र देख्नै नपाई CITY HOPPER ले १ घण्टा ५० मिनेटतिर हामीलाई ओश्लो एअरपोर्टको सिधैं माथि ल्याई पुर्‍यायो । झ्यालबाट मैले यसो चिहाएको मात्र के थिएँ, हिउँ नै हिउँले छोपिएको ओश्लोको दृश्यले मलाई यति रोमाञ्चित बनाईदियो कि अगाडि समुन्द्र देख्न नपाएको थकथक एकै निमेशमा झ्वाम ! “आहा कति राम्रो” प्रजुको आवाजले मलाई झसङ्गै पारिदियो । उनी पनि त्यो मनमोहक दृश्यले उत्तिकै रोमाञ्चित भएको मैले सहजै अनुमान लगाउन सकेँ । साँच्चिकै जाडो याममा ओश्लोको विशेषता नै हिउँले पुरिनु रहेछ ! उता हाम्रा हिमाल हिउ कंगाल भैरहेका बेला यता मिटरका मिटर हिउँ जमेको देखेर आहरिश पनि लाग्यो । तर मन बुझाउनु बाहेक अर्को उत्तम विकल्प पनि त थिएन् ! मौसमको खराबीका कारण ह...

संविधान सभाको अर्को चुनाऊ

राजनीति त्यसै त नबुझिने विषय झन नेपालको राजनीतिको त के कुरा गर्नु र ? कुरा गरेरै साध्य छैन् । न सत्ता पक्ष दलहरू गम्भिर देखिन्छन् न सत्ताका लागि कसरत गरिरहेका दलहरु इमान्दार देखिन्छन् ! सायद अजब देशको गजब कहानी भनेकै यहि नै होला । भाद्रदेखि चलिरहेको कुर्सीको द्धन्द्ध यति विधि उछालिएर आयो कि त्यो समयको दौडानमा ठूला भनौंदा दलहरुको दिमागमा संविधान निर्माणको कार्य तालिका कहिल्यै घुसेन् उनीहरुको दिमागमा खाली एउटै मात्र कुरा नाचिरह्यो – सत्ता जोगाइराख्न सकेमा वा त्यो कुर्सीमा पुग्न सकेमा जाबो संविधान त एक चुट्कीको भरमा भैहाल्छन नि !