Skip to main content

Posts

उनी, चुडिएको औला र दुखेको मन

मैले एकदिन एउटा ब्लग पोष्ट लेखेको थिएँ । स्टोभनर, वश्लोमा रहेका मेरा एक अनन्य मित्र (म भन्दा धेरै अग्रज हुनुहुन्छ तर मित्रवत व्यवहार गर्नुहुने भएकाले) कृष्ण जि.सि. को निवासमा पुगि उहाँसँग भएका कुराकानी र धेरै दिनको न्याश्रो मेट्ने मेरो धोकोको बारेमा । र, आज त्यो दिनको मेरो प्रतिज्ञालाई लेख्ने जमर्को गरेको छु । केहि त्रुटीहरू देखिए भने वा म बढि भावनामा बगेको पाउनु भयो भने वा केहि बढि आदर्श मैले व्यक्त गरेको जस्तो लाग्यो भने म क्षमाप्रार्थी छु त भन्दिन तर निवेदन चाँहि गर्न सक्तछु – यसलाई स्वभाविक ढंगले बुझ्ने यत्न गरिदिनुहोला । वा, यसलाई दिमागले हैन दिलले पढिदिनु होला । नर्वे आइपुगेको करिब १ महिना पुग्नै लागेको बखत सेप्टेम्बरको पहिलो शनिवारको दिन थियो त्यो । म मित्र रामचन्द्रसँगै नेपाली खाना दालभात र तरकारी खाने पूरा योजनाकासाथ उहाँको कोठामा पुगेका थिएँ । सातबजे उहाँको निवासमा पुग्ने पूर्वतयारीका साथ म आफू बस्दै आएको होस्टेल छाडेर रामचन्द्रलाई भेट्न त्यही आकाशे पुल मन्तिर पुगेको थिएँ । उनि कामबाट मुक्त नभइन्जेल मैले उनले गरिरहेको मेहनतलाई नजिकबाट नियालीरहेँ । मनमा कुनबेला जि.सी.सरकोमा...

अगस्टको एकदिन-वश्लोको पुलमुन्तिर

अगस्टको मध्यतिरको समय थियो त्यो । मित्र रामचन्द्रले सम्पर्क गरेर मलार्इ एक अर्का मित्रलार्इ भेट्ने बन्दोबस्त गरेको बताए पछि म हुत्तिएर त्यहाँ पुगेको थियो । नर्वे आउनु भन्दा पहिले नै र्इ-वार्तालाप गरेको थिएँ उनिसँग । तसर्थः मित्र रामचन्द्रले आमन्त्रण गर्दा साथ म त्यसरी हुत्तिएर त्यहाँ पुगेको थिएँ । वश्लोको केन्द्रमै रहेको म बस्दै आएको थोन होटलबाट उनले दिएको लोकेशन ग्रोनल्याण्डमा पुग्न मलार्इ दुर्इ मिनेट पनि लागेन ,  पैदलै । मैले टाढाबाट देखेँ रामचन्द्र लगायत चार जना नेपाली मित्रहरू मेरै पर्खाइमा हुनुहुन्थ्यो । खासमा बिदेशी भूमीमा नेपाली बन्धुलार्इ भेट्नुको आनन्द नै बेग्लै हुने गर्छ । अझ त्यसमा पनि आफ्नो मनमिल्ने मित्रलार्इ त्यसरी भेट्न पाउनुको मज्जा नै छुट्टै हुने मैले त्यतिखेर महशुस गर्न पुगेँ । जतिखेर मैले बिस्तारै वश्लो ,  विकशित युरोपेली मुलुक नर्वेको सम्भ्रान्त राजधानी ,  लार्इ नजिकैबाट बुझ्न खोजे । जहाँ एउटा नेपाली अनुहारलार्इ देखेर प्रशन्नता ब्यक्त गर्दै ,  दार्इ हजुर नेपालबाट  ?  भन्ने प्रश्नको जवाफमा   "हैन '  भन्ने जबाफ पाउन बेर लाग्दै...

बाहुनक्षेत्री, जनजाती र दशैं ।

सम्पूर्ण नेपालीहरूमा बडादशैं २०६७ को शुभकामना ः फोटो साभार गुगल म सानो छँदा दशैं नेपालीहरूको महान पर्व हो भन्ने सुन्ने गर्थे । अलि बुझ्ने भए पछि यसलार्इ हिन्दुहरूको पर्व हो भन्न थालेको सुन्न पाएँ । र, पछि जब पञ्चायत कालमा जन्मेर, बहुदल कालमा माध्यमिक तहको पढार्इ सिध्याएर संघिय लोकतान्त्रिक गणतन्त्रिक देश नेपालको राज्य व्यवस्थामा प्रवेश गरेँ तब आदिवासी जनजातीहरूले यो विशुद्भ हिन्दुहरूको मात्र पर्व भएकाले त्याग्ने प्रचलन नै शुरू हुन थाल्यो । चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनले त दशैं आदिबासीहरूको पर्व नभएकाले यसलार्इ बहिष्कार गर्नुपर्ने आदिवासी जनजातीको लागि अपरिहार्य रहेको बताउँदै आएका छन् । उनको जिकिर छ, यदि दशैं मान्नेहरूले आदिवासीहरूका चाड पर्वमा सार्वजनिक विदा तथा कर्मचारीहरूलार्इ त्यही अनुरूपको सुविधा उपलब्ध नगराउने हो भने दशैं मान्दै आएका आदिवासी जनजातीहरूले त्यसलार्इ तुरून्तै परित्याग गर्नु उत्तम रहेको समेत विचार व्यक्त गरेका छन् । यस्ता भनार्इ राख्छन हाम्रा समाजशास्त्री हेर्नुस भिडियो । म बुझ्ने भएदेखि नै दशैं र तिहारको नाममा हुने लामो सरकारी बिदा र अनावश्यक खर्चको बिर...

यो दादागिरी कहिले सम्म सहने ?

यो भारतीय दादागिरी कहिले सम्म ? ए भातमारा नेता डाँकाहरू ? तपाइँ हामीलाई थाहा भएकै कुरा हो, सुदुरपश्चिमका हजारौं बेरोजगार नेपाली दाजुभाइ हरू कामको खोजीमा भारतका विभिन्न शहरहरूमा पुगेका हुन्छन् र पुगिरहेकै छन् । नेपाली माटोमा श्रम गर्न लाज लाग्ने भएकाले आफ्ना छरछिमेकी र नातापाताले आफूले भारी बोक्ने र चौकीदार गर्ने काम ती भारतीय अन्जान शहरहरूमा नदेख्ने भएपछि हाम्रा थ्रप्रै नेपाली दाजुभाइहरू त्यसरी भारतीय भुमिमा गएर पसिना चुहाउन बाध्य छन् ।  मैले अस्ती एकपटक लेखिसके एउटा भारतीय टि.भी सोमा काठमाडौमा डिप्लोमा गरेको पात्रला ई  भारतमा चौकीदारको जागिर खोज्दा पनि नपाएको एउटा कमेडी सो बनाएर हामी नेपालीहरूला ई  गरेको उनीहरूको अपमान । अब शिक्षितहरूला ई  हेर्ने त त्यस्तो छ, उनीहरूको नजर भने साँवा अक्षर नचिनेका अनपढ नेपालीहरूला ई  उनीहरूले कस्तो व्यवहार गर्छन् होला ?   नेपालको सिमापार गरी भारतीय सीमा सुरक्षाबलका सिपाहीहरूले सीमा क्षेत्रमा बस्ने नेपाली जनताहरू माथि    पटकौ सम्म ज्यादति गरिसकेका छन् । त  कहिले अनुमतिविना हतियारसहित प्रवेश गर्छन । ...

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

फोटो गुगल बाट सर्च गरि राखिएको हो । मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन । भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालाई कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीला ई  यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसला ई  सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन ...

माओवादीले कुटे कांग्रेसीहरूलार्इ

माओवादीहरूको उदण्डतालार्इ धेरै नै राजनीतिकरण गरिएको मेरो ठम्मार्इले भने कताकता फेल खान थालेको जस्तो लागेको छ । आजभोली उनीहरूमा उदण्डता निकै बढ्न थालेको छ । नत्र किन उनीहरू कुनै पनि राजनैतिक संघ/संगठनको निर्बाध रूपमा कार्यक्रम चलाउन पाउने अधिकार माथि कोपभाजन गर्दैछन् ? नेपाली राजनैतिक दलहरूबीचको समन्वयमा देखिएको कमजोरीको फार्इदा उठाउँदै भारतीय शासकहरूले फार्इदा उठाउन लागिरहेको कुरालार्इ कहिल्यै पनि बुझ्ने क्षमताको बिकास हुने भएन हाम्रा राजनैतिक दलका नेता र कार्यकर्ताहरूमा । सधैं झगडा र लफडा गर्नमै दिन बित्ने भयो यिनीहरूको । किन गए माओवादीहरू कांग्रेस समर्थित ट्रेड युनियनको कार्यक्रममा ? किन उनीहरूले त्यो जंगली ब्यबहार प्रदर्शन गरे ?  भिडियो हेर्न यहाँ क्लिक गर्नुस

राजदुत सुद र उनलार्इ हानिएको जुत्ता

विश्वमा रहेका प्रायः ठूला र धनी भनिने देशले आफ्ना साना र गरिप छिमेकी राष्ट्रलार्इ सधैं पेलानमा पार्ने र माथि उकासिन नदिने प्रचलन हाम्रा लागि नौलो विषय होइन । आफूले विकाशमा आँकाशिदो गति पकड्न थालेपछि त झन त्यो पेलानको चापमा अझ बढी बृद्भि हुन पुग्छ भन्ने तथ्य हामी नेपालीहरूका लागि अज्ञात विषय हुनै सक्दैन । यो तथ्य हाम्रा अगाडि त्यतिखेरदेखि पुष्टी हुँदै आयो जब भारतले बेलायती उपनिवेशबाट उन्मुक्त हाँसो हाँस्न शुरू गर्यो । कहिल्यै पनि कुनै पनि शक्ति राष्ट्रको हातमा नपरेको वीर गोर्खालीहरूको यो पावन भूमीमा पछिल्लो समयमा यहाँको राज्य व्यवस्था र विकाशका कार्यक्रममा भारतीय शासकहरूको बढ्दो हस्तक्षेप सोचनीय विषय बनेको छ । जब जब मानिसले आफूलार्इ दमित हुँदै गएको महशुस गर्दछ, तबतब उ त्यसको प्रतिकारमा उत्रिन पुग्दछ । पछिल्लो समय नेपालका लागि भारतीय राजदुत राकेश सुदमाथि नेपाली जनताहरूले देखाएको प्रतिकारको उदाहरण त्यसैको प्रतिबिम्ब हो । नेपालमा राजदुत भएर आइसकेपछि सुद सधैं विवादमा आइनै रहेका छन् । यहाँ सम्मकी उनले राजनैतिक निर्णयहरूमा समेत हस्तक्षेप गर्ने दुस्साहस गर्दै आएका छन् । आफ्नो कुटनैतिक मर्या...