Skip to main content

Posts

राजनीति बिग्रेको देश, हामी युवा, हाम्रा चूनौती र सम्भावनाहरु

मैले धेरैपटक सुन्दै आएको छु – युवाहरु परिवर्तनका संवाहक हुन । यी उर्जाशील शक्ति हुन । युवा शक्तिको समुचित प्रयोगमा घगडान परिवर्तनहरु सम्भव छन । यी सो¥है आना सत्य छन । तथापी यी पेचिला सत्य कुराहरु हाम्रो देशमा कहिल्यै वास्तविकतामा परिणत हुन सकिरहेका छैनन् । सार्वजनिक सभाहरुमा नेताहरुको भाषणमा उच्च प्राथमिकतामा पर्ने युवा सम्बन्धी उनीहरुका यी बुझाईहरु, कार्यान्वयनका बखत कहिल्यै प्राथमिकतामा पर्न सकिरहेका छैनन् । गल्कोट साप्ताहिकले आफ्नो रजत जयन्तीको उपलक्ष्यमा २५ औं अंक तयार पार्दै गर्दा, मित्र दिल शिरीषले युवाहरुका चूनौती र सम्भावनाका विषयमा लेख तयार पार्न गरेको आग्रहपछि मैले अनुभूत गरेको हामी युवाहरुका लागि सबभन्दा ठूलो चूनौती नै हामी युवाहरुका संभावनाका विषय भाषणमा मात्र सिमित पारिनुमा देखेको छु । कतिपय राजनैतिक युवाहरुर्लाइ लाग्ला, यसले फगत कुरा गरिरहेछ । हुनसक्छ, यी राजनीतिमा अभ्यस्त युवाहरुका लागि फगत कै कुरा हो । गलफती नै हो । तर एक आम नेपाली युवा भएर देशमा विद्यमान गञ्जागोल र राजनैतिक हठताका बीचमा कुन नेपाली आम युवाले सम्भावनाका स्वर्गीय स्वप्न देख्न समर्थ होला र ? सधैं भाषणमा ...

बग्रेल्ती साहित्यिक समाज, भानु जयन्ती र साहित्यकारहरु

नेपाली साहित्यमा आदिकवी भनेर चिनिने भानुभक्तको जन्मजयन्ती प्रत्येक वर्ष आषाढ २९ गते पर्दछ भन्ने कुराको हेक्का म्याग्दीका थुप्रै साहित्यकारलाई थाहा रहेनछ भन्ने तथ्य मैले त्यतिखेर थाहा पाएँ, जतिखेर १९८ औं भानु जयन्तीका अवसर पारी तय गरिएको कार्यक्रमको निमन्त्रणाका लागि उनीहरुसँग मैले फोन सम्पर्क गर्नु प¥यो । हुन त यस सम्बन्धमा मेरो केहि ब्यक्तिगत गुनासो छैन । र, मलाई यो पनि थाहा छैन कि भानुजयन्ती, लक्ष्मीजयन्ती र भुपीजयन्ती जस्ता दिवसहरु साहित्यकर्ममा लागेकाहरुका लागि महत्वपुर्ण हुन वा हैनन तर मलाई राम्ररी के थाहा छ भने साहित्यकर्ममा लागेकाहरुले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका माथि उल्लेखित मूर्धन्य साहित्यकारहरुका जन्मजयन्तीका सम्बन्धमा समेत हेक्का नराख्नु लाजमर्दो बिषय चाँहि अवश्य हो । हुन त भानु जयन्ती मनाउने सन्दर्भमा पनि म्याग्दीमा छन भनिएका आधा दर्जन कुनै पनि साहित्यिक संस्थाहरुको संस्थागत निर्णयबाट भने भएको हैन । म्याग्दीका क्रियाशिल साहित्यकारद्धय ध्रुबलाल शर्मा र अजयमिलन श्रेष्ठसँग यस पंक्तिकारले बिशेष सम्पर्क र समन्वय गरे पश्चात उक्त कार्यक्रम सम्भव भएको हो । हुन त त्यस...

खोज्ने किन हो ?

भो पुग्यो अब पिउँदिन भन्दा पनि, पिलाउन खोज्ने किन हो ? चाहिँदैन केहि भन्दा पनि अझ अरू, दिलाउन खोज्ने किन हो ? एक्लै एक्लै छाडिदेउ मलार्इ निम्ता नदेउ भिडमा हराउने, पर्दैन कोही साथीहरू भन्दा पनि, मिलाउन खोज्ने किन हो ?

पहिलो प्रेम

खोज्दा बिर्सन पनि नसकिने, कस्तो यो पहिलो प्रेम छैन मतलब भन्दा पनि नहुने, सस्तो यो पहिलो प्रेम आए कति गए जीवनमा, रहेन कसैको केहि महत्व तर नहुने स्मरणीय अरू किन,जस्तो यो पहिलो प्रेम

पाँच हाइकु

यौनको प्यास नाटक किन मेटाउनको लागि यौनको तिर्खा ? अनिदों रात एउटै खाट उनिसँगको रात निन्द्रा लाग्दैन प्यासी नजर सबैको आँखा उनैको रूपमाथि कति सुन्दरी ? कस्तो याद ? एक गिलास थप्दा पनि घटेन प्रियाको याद ! पवित्र प्रेमी असल प्रेमी अकस्मात खोज्दैन एउटै खाट

संग्रहालयमा (कविता)

'उ त्यो डोरीमा लहरै झुण्डाएको देखिस्? हो, तीनै हुन् – मादल, मुर्चुङ्गा र डम्फू सारंगी, मुरली र दमाहा सहनार्इ, ट्याम्को र ढोलक तैलें कहाँ सुन्न पाइँस र, बाबै? कति मीठा निस्कन्थे यीबाट, फुक्दा, ठोक्दा र बजाउँदा धूनहरू!' पल्तिर कुनामा धमीराले चिथोरेको दराजका टक्टाउँदै मैलालुगाहरू नातीलार्इ अर्थ्याउँदै छु म – 'धाननाच, रोपाइनाच सेलो र मारूनीनाच हिमाली आँगनीमा नाचिने हाम्रा भोटेनीका शेर्पानाच देउडा र माघीमा नाच्दा उहिले-उहिलेका नतर्कीहरूले पहिरिने भेष हुन – अमूल्य यी! बुझिस् केटा?' 'हेर्दा पनि शीतल हुने, साक्षात देख्दाको आनन्द के थाहा? ह्योल्मो, रूप्से र पाताले छाँगो रारा, बेगनाश र बुलबुल फोक्शुन्डो, फेवा र तिलिचो यिनकै नीला लहरहरूमा पौडेर नथाक्ने यी – अन्नपूर्ण, चोयू, कन्चनजंगा धवलागिरि, माछापुच्छ्रे र सगरमाथा 'नाति केटालार्इ म किन नभनूँ? अनुपम तालका नीला गहिरार्इमा डुबुल्की मार्दा आँखाले, सुन्दर हिमालका उचार्इ जब नाप्न खोज्थे पैतालाहरूले कि, फुल्थे गर्वले कति, हाम्रा नेपाली छाति?' आज धर्म, संस्कृती र पहिचान सबै हराएका बखत हेरिरहेछ मेरो नाति केटा भित्तामा सजाइ...

ब्रान्डेड ब्यापारी

हिजो, मैले किन्देको चप्पल, जुत्ता र मोजा लगाउने तिमी जिब्राको स्वाद फेर्न मकहाँ पार्टीमा आउने तिमी हेर त आज - तिम्रा कोटका भरिभराउ खल्तीहरूले मलार्इ मेरै नोटहरू देखाएर गिज्यार्इरहेछ - 'तिमीभन्दा हाम्रो मालिक धनी !' पहिलेपहिले विदेशमा सामान लिन जाँदा मैले सेकेण्ड ह्यान्ड पसलमै किन्देको भएपनि ल्याइदिएको उहापाहार - घडि कति बर्ष चलाथ्यौ तिमीले ? हेर त आज - तिम्रो नाडीमा टमक्क परेको रोलेक्स मेरो नाडीको घडि हेर्दै, जिब्रो टोक्दैछ - छिः कस्तो घडि बाँधेको ? उहिलेउहिले जुत्ता फाट्दा तिम्रा गोजी रित्तिन्थे मेरा पाइजामा, सुरूवाल र भादगाउँले टोपी समेत ब्यवस्था गर्नुपर्थ्यो मैले । हेर त आज, तिम्रा पहिरनहरू कति ब्रान्डेड, रोलेक्स नाडीमा एडिदास पैतालामा एक्स तिम्रा काँखी र जाँघहरूमा ! ------------------------------ 'नेता हुँ, सेवा गर्छु देश र जनताको' - भन्ने तिमी 'विकास र समृद्दी दिन्छु' - भन्ने तिमी ---------------------------------- सबै सबै देखेपछि परिवर्तन तिमीमा मलार्इ भन्न कर लाग्छ - देशको ब्यापार गर्ने आखिर कस्तो ब्यापारी तिमी ?