गुराँश क्रान्ति (जनआन्दोलन २) ताका ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै चर्चामा आयो । चिया गफ, रत्नपार्कभित्र गरिने बदामे गफ यहाँसम्म कि भट्टीमा समेत भट्टी गफको शिर्षक बन्यो – नयाँ नेपाल ! परन्तु यो शब्दावलीप्रति हामी नेपालीजनहरुको आकर्षण यति कम भएर गयो कि मेलम्ची खानेपानी, काठमाडौं – तराई जोड्ने फास्ट ट्रयाक वा आठलेनको चक्रपथमा जति हामीलाई बिकर्षण छ, जुन भएपनि ठिकै नभएपनि मतलब नभएजस्तो । तर एक आशावादी आम नेपालीका नाताले ‘नयाँ नेपाल’ शब्दावलीप्रति मेरो आकर्षण अझै पनि ज्यूँका त्युँ छ । र, मनभरी नयाँ नेपाल निर्माणका खातिर थुप्रै तर्कनाहरु उब्जिन थालेका छन् । ती तर्कनाहरु ब्यक्तिको ब्यावहारिक परिवर्तनसँग सम्बन्धित भएकाले मैले अनुशरण गर्ने कामपनि थालेको छु । यदि यहाँहरुलाई पनि उपयुक्त लागेमा अनुशरण गर्ने प्रयास गर्नुहोला । जस्तो सार्वजनिक यातायातमा – यात्रा गर्दा मैले अझैसम्म नक्कली बिधार्थी परिचयपत्र प्रयोग गरेको छैन । – महिला, जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुका लागि सुरक्षित गरिएका सिटमा बस्ने गरेको छैन । – आफूभन्दा अशक्त तथा बृद्ध नागरिकहरुलाई उभ्याएर म मज्जाले ...