Skip to main content

Posts

प्रित बुझेको मेरो साथी

हिजो म मित्र लक्ष्मीसँगै निवासतिर फर्किदै थिएँ, एकाएक प्रणय दिवसको बारेमा कुरो उठ्यो । प्रितलाई नै केन्द्रविन्दु बनाएर प्रित संवाद जारी रह्यो – करिब आधा घण्टासम्म । उनी प्रेमका राम्रा ब्याख्यता हुन भन्ने मेरो आफ्नै बुझाई छ, र मलाई विश्वास छ – उनी एक असल प्रेमी पनि हुन । आदर्शवादी प्रेममा विश्वास गर्ने मान्छे हुन उनी । तर यसको मतलब यो पनि हैन कि प्रेमलाई अनुभूत गर्न/गराउन परस्परमा उपहार आदानप्रदान हुनुहुँदैन वा त्यो एकदम भौतिक कुरो हो भन्नेमा उनी विश्वास गर्दछन् । हाम्रो आधा घण्टे प्रितसंवादमा प्रेमको खास मतलब उनले के लगाए भने “प्रेम” को अर्थ मात्र “प्रेम” हो, यसभन्दा पल्तिर विभिन्न उपविषय वा उपप्रसङ्गहरु जोडेर प्रेमलाई ब्याख्या गर्न मिल्दैन । वा हुँदैन ।  ऋणात्मक ४ डिग्री सेन्टिग्रेडको ठन्डीमा हामी हिडिरहेथ्यौं । फुसफुस हिउँ झरिरहेथ्यो । प्रणयदिवसका बारेमा हामी संवाद गरिरहेथ्यौं – झल्याँस्स मैले ६२ फाल्गुणको प्रणय दिवसको याद गरेँ । जतिखेर तल बेशीमा समेत हिउँ परेको थियो । र, एक हुल रित्ता ठिटाहरु हामी जामुनाखर्कको उकालो चढेथ्यौं हिउँमा रमाएर तस्बिर खिच्न । कल्पिदैँ – सायद म पनि कस...

प्रणय दिवस, प्रेम र यौन

तत्कालिन रोमन साम्राज्यमा विवाह गर्न वर्जित गरिएका सैनिकहरुको विवाह गरिदिएको आरोपमा सन्त भ्यालेन्टाइनले जेल बस्नु पर्‍यो । र, जेल सजाय काटिरहेकै समय जेलरकी सुन्दरी पुत्रीसँग प्रेममा परेपछि उनलाई मृत्युदण्ड दिइयो । तीनै प्रेमी भ्यालेन्टाइनले आफूलाई झुण्ड्याईने दिनको अघिल्लो साँझ आफैले आफ्नी प्रेमिकालाई एउटा कार्ड बनाएका थिए । त्यो कार्ड जहाँ उनले आफ्नो प्रेमिल हृदयबाट आफ्नी प्रियतमाका लागि मारिनु अगाडि कुन शब्द लेखेर आफ्नो प्रेमका भावना पोखेका थिए होलान ? सायदै हामी परिकल्पना गर्न सकौंला ।  जेहोस अहिले हामी उनै भ्यालेन्टाइनको सम्मानमा प्रणय दिवस मनाउँदै आइरहेका छौं । थाहा छैन, कतिपय हामी प्रणय दिवसको महत्व बुझेर मनाउँदछौं यो, या मनाउनका लागि मात्र मनाउँछौ । तर महत्वपूर्ण कुरो के हो भने यसको विशेष महत्वलाई हामीले बुझ्नु जरुरी छ – कम्तिमा पनि यदि हामी आफूलाई असल प्रेमी वा प्रेमीका मान्छौं भने ।  उसो त हिजाँल प्रणय दिवसको महत्व सस्तो भएको छ । यसको अपब्याख्या भएको छ । गरिएको छ । फगत यसलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मात्र बुझिएको छ । अधिकांश प्रेमीजोडीहरु यो दिनलाई रमाई...

राजनीति, मेरो बुबा र म

एउटा समय थियो, जतिखेर बुबा आफ्नो पार्टीको सांगठनिक काममा एकदमै ब्यस्त हुनुहुन्थ्यो र म प्राथमिक तहमा अध्ययनरत थिएँ । घरमा बुबाको उपस्थिती अति नै पातालो हुने गर्दथ्यो । जिल्लाका विभिन्न गाउँहरुमा उहाँ पुगिरहँदा घरमा चाँहि म, भाई र आमा बुबाकै विषयमा कुरा गरेर बस्थ्यौं । आमा निकै नै चिन्ता लिनुहुन्थ्यो विशेषगरी बुबाको स्वास्थ्यप्रति । किनकी, बुबा हुनुहुन्थ्यो नै त्यस्तो । आफ्नो स्वास्थ्यको पटक्कै ख्याल नगर्ने – जस्तो खानेकुरा तात्तातै खाने, मदिरापान गर्ने आदि ईत्यादि । समाज र देश निर्माणको महानअभियानमा टेवा दिन पार्टीको काम लिएर गाउँगाउँ पुग्ने पिताजीलाई आफ्नै घर व्यवहारमा उति गम्भिर चासो रहेन । यो एउटै कारण थियो, म सानो छँदा पनि बुबासँग यहि विषयलाई लिएर झगडा गर्थे । सात कक्षाको विद्यार्थी हुँदा वर्षायामको एकरात एकहप्तापछि घर फिर्नुभएको पिताजीलाई मैले भनेको थिएँ – “तिमी बुढालाई हाम्रो केही मतलब छैन, खाली पार्टी पार्टी भनेर हिड्ने, अझ घर आउँदा रक्सी पिएर आउने ? तिमी जिउँदो लाश हौ !” मलाई थाहा छ खास त्यती धेरै मात्ने गरी रक्सी पिउनुभएको थिएन पिताजीले, परन्तु म हदभन्दा तल गिरेर बुबालाई गा...

प्रेम गर्नु अपराध होईन्

तस्बीर स्रोतः नागरिक अनलाइन उदयपुरमा तीन महिने बसाई अत्यन्तै सुखद रहेको थियो, मेरो । तीन महिनाको बसाई एउटा जिल्लालाई बुझ्नका लागि त्यति पर्याप्त समय पक्कै पनि हैन । तर किनकिन मलाई आफ्नो दोश्रो गृहजिल्ला जस्तो लाग्दछ उदयपुर । र, खबरहरुमा म उदयपुरलाई त्यति नै नजिकबाट पछ्याईरहेको हुन्छु, जति म मेरो जिल्लालाई नजिकबाट हेरिहेको हुन्छु । एउटै देशको एकै चौकिल्लाभित्र भएपनि मेरो जन्मजिल्ला र उदयपुरमा धेरै नै फरक पाएको छु मैले । सबै कुरा उस्तै आखिर कहाँको नै हुन्छ र ? तथापी हामीसँग केही संस्कारगत समानता भने पक्कै छन् । र, आज एउटा यस्तै संस्कारगत संयोग भेटे खबरमा । नागरिक दैनिकको अनलाइनसंस्करणमा महेश्वर चामलिङ दाईले लेख्नुभएको खबर – प्रेमलाई निषेध गरिएको खबर ! विस्मातजन्य खबर ! समाचारमा लेखिएको छ – उदयपुरको ताम्लिछा गा.वि.स.को विधालयमा कक्षा १० मा अध्ययनरत एक किशोरले आफ्नै सहपाठी किशोरीलाई प्रेमपत्र लेखेका कारण किशोरीका पिताले मरणाशन्न हुनेगरी कुटपिट गरेछन् । गाउँलेहरु हेरेको हेरै । परिवारका मान्छेहरु पनि जिल्लाराम ! धेरैलाई लाग्न सक्दछ यो सामान्य विषय हो । र, कतिलाई यो पनि लाग्न सक्छ कि आफ...

एउटा पत्र प्रिय सहिदहरूलाई

दिवंगत सम्पूर्ण मेरा प्रिय सहिदहरु भावपूर्ण श्रद्धान्जली लेख्नुपर्ने विषयहरु धेरै छन् । सन्दर्भहरुपनि थुप्रै छन् । प्रसङ्गहरु त कति छन् भनिसाध्य छैन । त्यसकारण पनि म अलमलमा छु – पत्र लेख्छु भन्ने अठोट त गरेँ, परन्तु शुरु कसरी गरुँ ? जेहोस्, आफ्ना प्राणको आहुति दिएर कम्तिमा पनि मलाई र मेरा आफन्तहरुलाई बाँच्ने वातावरण निर्माण गराईदिनु हुने तपाइँहरुजस्ता महान ब्यक्तित्वहरुलाई म भूपिले जस्तो चूनौति दिन असमर्थ छु – .. मरेर शहिद हुनेहरु हो जिएर त हेर जिउन झन गार्‍हो छ ... यस्तो हाँक दिन असहज लाग्दछ मलाई । सायद, त्यत्रो घगडान हैसियत बनी सकेको छैन मेरो । खैर, भूपिले के भनेका थिए भन्ने विषयमा ब्याख्या गर्ने हेतू होईन मेरो । समयको पाबन्दी छ मलाई । अलिकति कामकाजी छु । ब्यस्त छु – कुनैपनि विषयमा त्यति विधी गहिरिएर विश्लेषण गर्ने समयको अभाव छ मसँग । तरपनि किञ्चित विस्मात छैन मलाई कि मैले मेरा सहिदहरुलाई पत्र लेख्नका लागि पनि आवश्यक समयको चाँजोपाजो मिलाउन सकिनँ । किनकी, म परिस्थितीको दास छु । र, मलाई यस्तै ब्यक्तिवादी बनाएको छ मेरो समाजले । यहाँहरुलाई अवगत गराईहालुँ कि मेरो समाजले मलाई सिकाएको जीवन ...

हाइजिन पासको जाँच एक अनुभव

४० पृष्ठको यहि किताव अध्ययन गरेको थिएँ मैले हाईजिन पास परीक्षाको तयारीका लागि आज दुई चार प्रश्नहरू सोध्नु मन लाग्यो प्रिय मित्रहरूलाई - तपाइँलाई रेस्टुरेन्टमा मःम खान जाँदा कहिलेकाही बासी मःम खान बाध्य पारिएको छ कि नाई ? हाम्रा मिष्ठान्न भण्डारमा राखिएका मिठाई या अन्य तयारी परिकारहरू खानको लागि कत्तिको स्वस्थकर छन् होला ? के कहिल्यै यस विषयमा ध्यान दिनु भएको छ ?  हामीलाई खाना ख्वाउने होटल, मिष्ठान्न भण्डार र रेष्टुँराहरूमा काम गर्ने कामदारहरू खाद्यपदार्थको स्वस्थता, सरसफाई र सुरक्षाप्रति कत्तिको जानकार छन् होला ? अनि साँच्ची, परिकार तयार पारिने भान्छाचाँहि कत्तिको सफा र सुग्घर हुन्छ होला ? वा, यसो भनुँ हामीले रकम तिरेर खाना खाइने ठाउँमा हामीलाई उपलब्ध गराउने खानेकुराहरू स्वस्थकर हुनुपर्छ भन्ने विषयमा हाम्रो राज्य कत्तिको सचेत छ होला ? मेरो अनुभवले भन्छ - यसप्रति हामी कहिल्यै सचेत भएकै छैनौं । न त यससम्बन्धी ब्यवसाय गर्ने व्यवसायीहरूले यस विषयमा आफ्नो दायित्व केहि छ भन्ने नै सम्झन्छन् न त हाम्रो राज्य संयन्त्र नै हामी उपभोक्ताको स्वस्थ खाना खान पाउने अधिका...

सरकार, गुलाफको भाषा बुझिदेऊ !

ब्लगिङको नियमितताबाट केहि दिन विश्राम लिने विचार त थिएन, तर अवस्था त्यस्तै सृजना भैदियो । उसो त आफ्ना नीजि जीवन उति लेख्दिनँ म ब्लगमा म लेख्नलाई केहि न केहि "ईश्यु" को खोजीमा हुन्छु । र, ती पाइरहेकै हुन्छु । फेरि ब्लगको नाम छनौट गर्ने बेलामा पनि अलिकति होस पुर्याउन सकेनछु कि भन्ने लागेको छ । जसले गर्दा, म मेरो नीजि ब्यथाहरू "सापेक्ष बुझाई" को नाम मन्तिर उसैगरी लिपीबद्द गर्न सकिरहेको छैन जसोगरी म केहि अन्य राजनैतिक र सामाजिक मुद्दाहरूमा केन्द्रित भएर आफ्ना सापेक्ष बुझाईहरू पस्कन्छु । हुन त केहि पहिला देखि आफ्ना लेखाईहरूलाई "लेवल" पनि दिएकै हुँ, नदिएको हैन् जस्तो कि "नीजि कुनो" तर त्यसको प्रयोगमा म उति गम्भीरतापूर्वक लाग्न सकिनँ सायद, फलतः मेरा नीजि भोगाई, जीवन र अनुभूतिहरू उति पस्कन सकेको छैन । अब छिट्टै म सामाजिक वा राजनैतिक विषयवस्तुको टिकाटिप्पणीहरू कम, नीजि समस्या, त्रुटी र अनूभूतिहरूमा समालोचना गर्न अझ अरू केन्द्रित हुने प्रयत्न गर्नेछु । तर आज भने एउटा सामाजिक मुद्दाका बारेमा सानो टिप्पणी पस्कन्छु - देशको हाल बेहाल मैले भनिरहनु पर्दैन, अख...