Skip to main content

Posts

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?”

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?” केहि हप्ता पहिले कामबाट ट्राममा फर्कदै गर्दा कोसोभोको एकजना साथीले सोधेको थियो मलाई । संवादका क्रममा मैले ‘दुईचार वर्ष यतै (फिनल्याण्डमा) काम गरेर आफ्नै देशमा फर्कन्छु भन्दैगर्दा उसले राखेको जिज्ञासा थियो यो । र, त्यो साँझ उसलाई मैले उसले राखेको जिज्ञासाको प्रतिउत्तर दिन पाइँन कारण ट्रामबाट झर्नु र जेब्रा क्रसिङमा हरियो बत्ति बल्नु एकैपल्ट भो जसले गर्दा ऊ रेल भेट्न उत्तरतिर रहेको ट्रेन स्टेशन जान ओरालो कुद्यो, म बस भेट्नलाई पूर्वतिर उकालो चढेँ ।   मध्यशहर (सिटीसेन्टर) बाट मेरो निवाससम्मको २५ मिनेटको बसयात्रामा उसको त्यो जिज्ञासा मेरो दिमागमा दिगमिग दिगमिग भैरह्यो ! जवाफ भेटिनँ । खाना खाएर एकछिन खबरहरु हेरेँ । प्रायः बिहान र साँझमा गरी म दुईपटक देशका खबरहरु हेर्ने गर्छु । त्यो साँझ त्यो दिनको मेरो दोश्रो कोटा पूरा गरेँ खबरहरु हेरेँ – नागरिकन्यूज, इकान्तिपूर, माइसंसार, अनलाइनखबर, सेतोपाटी अनि आफ्नै गाउँठाउँको खबर हेर्नलाई बेनीअनलाइनको वेभसाइट खोलेँ । दक्षिण एशियाली फुटबल च्याम्पियनसिपमा उपाधी चुम्ने लक्ष्यसहितको नेपाली टोलीको विशेष तयारी बाहेकको गर्...

इपियसपिडीत नेपालीहरूलाई खुलापत्र

कोरियन भाषा परीक्षा पासगरी कोरिया जान नपाएका इपियस पिडीत मेरा प्रिय नेपाली दाजुभाई तथा दिदीबैनीहरू, तस्वीर स्रोतः अनलाइन खबर डट कम म एक विदेशिएको तिमीहरुकै एउटा दाजु/भाई/साथीको तर्फदेखि हार्दिक प्रेम तथा सम्झना स्वीकार गर । आज अचानक तिमीहरुलार्इ म यो पत्र किन लेख्तैछु, त्यो म सविस्तार वर्णन गर्ने नै छु । तर त्योभन्दा पहिले म तिमीहरुलाई मेरो परिचय संक्षेपमा राख्न चाहन्छु ।  उमेरले म २८ बर्षको युवा हुँ । विवाहित पनि छु । अध्ययनका शिलशिलामा फिनल्याण्डमा छु । अध्ययन पनि गर्दैछु ।  नेपालमै बि.सं. २०६२ मा नै मैले स्नातक तह उत्तीर्ण गरिसकेको छु । स्नातकोत्तरका लागि फिनल्याण्ड, नर्वे र जर्मनी मध्य एउटा देशमा आउन चाहन्थेँ । तर ती देशका कुनैपनि विश्वविद्यालयमा मैले स्नातकोत्तरका लागि भर्ना पाइँन । कारण, यी देशमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि स्नातक तहको पाठ्यक्रम चार वर्षको हुनुपर्दो रहिछ । फलतः युरोपमा आएर अध्ययन गर्ने मेरो चाहनालाई साकार पार्न मैले फिनल्याण्डमा स्नातकका लागि आवेदन दिएँ । आईएलटिएस पनि गरेँ । प्रवेश परीक्षामा सामेल भएँ । र, उत्तीर्ण भएपछि यहाँ आउन योग्य ठहरिए...

कठै, हाम्रो नेपाली भाषा !

अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलवाल तस्बीर स्रोतः न्यूज२४ हाम्रो देशमा राष्ट्रियताको निकै नै चर्को बहस हुने गर्दछ । विभिन्न उच्च पदस्थ ब्यक्तिहरूले खास खास ऐन मौकामा राष्ट्रियताको मुद्दालाई विशेष जोड दिएर प्रस्तुत पनि गर्ने गरेका छन् । तर मैले बुझ्न नसकेको खास कुरो चाँहि राष्ट्रियताको ठोस अर्थ के रैछ ? खाली सीमा मिचियो भनेर चर्का कुरा गर्नु ? भारतीय सीमा प्रहरी बलको दस्ता नेपाल छिरेर नेपाली कुटे भनेर चर्को कुरा गर्नु मात्र राष्ट्रियताको सवाल हो र ? के राष्ट्रियतासँग नेपाली भाषा र संस्कृतिको प्रयोग पर्दैन ? पछिल्लो समय, हामीमा एउटा अत्यन्तै अनौठो भ्रम परेको छ – कि, संवाद, छलफल वा भलाकुशारीमा अङ्ग्रेजी शब्दको प्रयोगले हामीलाई बुद्दिजीवीको पगरी मिल्दछ । अधिकांश हामी कथित पढेलेखेकाहरू संवादका समयमा अङ्ग्रेजी शब्दावलीहरूको भरपुर प्रयोग गर्न खोज्दछौं र गर्दछौं पनि । जब कोही शुद्द नेपालीमा बोल्ने प्रयास गर्दछ वा बोल्दछ अनि हामीमध्य धेरैलाई लाग्दछ – त्यो बेफ्वाँकको नाटक हो ! अङ्ग्रेजी शब्दावलीहरूको प्रयोगका विषयमा धेरैपटक थुप्रै मान्छेहरूसँग मेरो घनिभूत छलफल भएको पनि ...

आई हेट स्टालिन !

अस्ति सँगै कामगर्ने ग्रिसको साथीसँग राजनैतिक ब्यवस्थाका बारेमा छलफल हुँदा उसले मेरो चित्त दुख्ने तरिकाले भनिदियो – आई हेट फकिङ कम्युनिष्ट ! मैले सोधेँ – कम्युनिज्मका बारेमा तिमीलाई के थाहा छ ? उसले भन्यो – उनीहरु तानाशाह हुन्छन् । जनतालाई मत दिने अधिकार हुँदैन । मैले जिकिर गरेँ – कम्युनिष्ट हुँदैनन् तानाशाह ! उसले अलि चर्को आवाजमा प्रश्न गर्‍यो – स्टालिनका बारेमा । म चुपचाप रहेँ । मैले भनेँ – ठूलो राज्यको शासक बन्ने उनको महंगो सपनाका लागि म स्टालिनका केहि कामहरुप्रति असन्तुष्ट छु । उसले आश्चर्यता प्रकट गर्दै भन्यो – तैले असन्तुष्टी प्रकट गरेर के भो अरु कम्युनिष्टहरुले पूजा गर्दछन उसलाई । मैले प्रतिवाद गरेँ – उनका धेरै राम्रा सुधारका कामका लागि उनी पूजा गर्न लायक ब्यक्ति पनि हुन, तथापि कम्युनिष्टहरु ब्यक्तिको देवत्वकरणमा विश्वास गर्दैनन् । उसले भन्यो – स्टालिनले आफ्ना विचारविरोधी लाखौ मान्छेहरुलाई मर्‍यो । मैले जिकिर गरिनँ – कम्युनिष्ट शासन आउनुपूर्व रुसका जारहरुले पनि हजारौं फरक मत राख्नेहरुलाई मारेका थिए । मैले यस कारण यो कुरामा अड्डी लिइँन कि मानिसहरुको हत्याको पुष्ट्याई हत्या ह...

चे ग्वेभाराको स्मृतिमा

बगैंचामा कतै एउटी सुन्दरी नवयौवनाको कसिलो अङ्गालोमा बेरिने उमेरमा तिमी, खोजको यात्रामा निस्क्यौ यस्तो यात्रा - जहाँ तिमीले असमानता भेट्यौ, असाक्षर भेट्यौ र भेट्यौ - अभाव, विभेद र थिचोमिचो ! रोकेन तिमीलार्इ - तिम्रो वैभवताले ! छेकेन तिमीलार्इ - तिम्रो नीजि विवशताले ! न लठ्याउन सक्यो तिमीलार्इ ब्युनर्सआयर्सको रमझमले ! न पगाल्न सक्यो - प्रियतमाको प्यारले ! सायद त्यसैले पो हो कि आफ्नो देशको भूगोल नाघेर हजारौ माइलको अर्को भूगोलमा निरङ्कुशताको क्रुरर पञ्जामा पिल्सिएका निरूपायहरूलार्इ तिमीले स्वजातिय मान्यौ अनि लामबद्द भयौ - रातो क्रान्तिमा ! प्रिय फुसर, प्रिय चे ए, प्रिय कामरेड थाहा छ ? मेरो युगलार्इ पनि एक क्रान्तिकारी आवश्यक छ - जो सकोस त्याग्न प्रियाको आलिङ्गन नकार्न सकोस नीजि वैभवता अस्वीकार गरोस असमानता, अभाव, विभेद र थिचोमिचो अनि लामबद्द हुन सकोस् रातो क्रान्तिमा मुक्तिको युद्दमा हो, प्रिय कामरेड खाँचो छ त्यस्तो ब्यक्तिको जो गर्न सकोस नेतृत्व लडार्इ समानताको !

साला नेताहरुले देश खत्तम पारे !

एउटा बाबा आफ्नो अभिभावकत्व राम्ररी निर्वाह गर्न सक्दैन । बिहान उठ्दा बित्तिकै भट्टीतिर लाग्छ । टिल्ल परेर राती अबेरमात्र घर फर्कन्छ । आफ्ना सन्तानसन्तती र श्रीमतीको भरणपोषणमा कुनै ध्यान दिदैन । तैपनि आफ्ना जड्याँहा साथीहरुसँग हरेक साँझ आफ्ना असफल जिन्दगीको तिक्तता पोख्दछ – साला नेताहरुले देश खत्तम पारे ! भर्खरमात्र आफ्नो शिशुको पास्नी उम्काएकी एउटी आमा आफ्ना स्तनका स्वरुप बिग्रने भयले शिशु पाँच/छ महिना पुग्दासाथ स्तनपान गराउन छाड्छे । शिशुको स्याहारसुसारमा भन्दा बढ्ता आफ्नो सुन्दरता कायम राख्नमा ब्यस्त हुन्छे । बुढीभएकी सासुआमासँग गुनासो गर्नमै कति समय गुजार्छे । फेरि पनि आफ्ना दामली नवविवाहिताहरुसँग देशको राजनीति बिग्रेकोमा गुनासो गरेकै हुन्छे – फटाहा नेताहरुले सबै खत्तम पारे । देश लथालिङ्ग पारे ! एउटा रोजगार युवक आफ्नो काम कहिल्यै समयमा गर्दैन । आफ्नो कामप्रति ऊ कहिल्यै जिम्मेवार बन्दैन । सहकर्मीहरुसँग आफ्नो हाकिमका बारे गुनासो गरिरहन्छ । सार्वजनिक यातायातमा भाडा बचाउन कलेज नपढेपनि बिद्यार्थीको नक्कली परिचयपत्र बनाएर बिद्यार्थी सहुलियतको फाइदा लुट्छ । पैसा बचत गर्न नसकेकोमा विदेशिने...

प्रवेशिका परीक्षा र जिन्दगीको परीक्षा

२०५८ को आषाढको दोश्रो हप्ता बिहानै रेडियोमा समाचार आयो – परिक्षा नियन्त्रण कार्यालयले २०५८ बैशाखमा लिएको प्रवेशिका परीक्षाको नतिजा प्रकाशित गरेको छ । रेडियोले स्वच्छन्द स्वङ्मेनले नेपाल टप गरेको पनि भन्यो । त्यसपछि के के भन्यो त्यो मैले चासो दिईन । मसँगै रेडियो सुनिरहनुभएको मेरो बुबाले मलाई मेरो सिम्बोल नम्बर सोध्नु भयो र बेनीतिर हानिनु भयो । प्रथम श्रेणीमा उत्तिर्ण हुनेमा म ढुक्क थिएँ । एउटै मात्र घिडघिडो थियो कि विजयले (कक्षाका प्रथम छात्र) जित्लान वा मैले जितुँला ? त्यो सबै लब्धाङ्कपत्र आएपछि जानकारी हुने कुरो रह्यो । बेलुका बुबालाई पर्खेर बसिरहेको म उहाँको मुहारमा धपक्क बलेको चमकले निकै नै खुशि भएँ, अनि बुबाले भन्नुभयो – फर्स्ट डिभिजन ! बुबाले सधैं बोक्ने गरेको झोलाबाट कालो प्लाष्टिक निकालेर दिनुभयो र भन्नुभो – जा, गएर आमालाई दे । यसो चिहाएको त्यो खसिको मासु थियो । आमाले गुनासो गर्दै भन्नुभयो – “मासु किन ल्याउनुभएको ? बाबुलाई खीर मन पर्छ, मैले बाटाघर काईली दिदीलाई भनिसकेकी छु पाँच माना दूध !” त्यो दिन हाम्रो परिवारको लागि विशेष दिन थियो । यसैमेसोमा मैले बुबालाई सोधेँ – बुबा, हजुरक...