Skip to main content

Posts

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई ...

ती दशैंहरू

नातिनीलाई टिका लगाईदिदै मेरी आमा म महशुस गर्दथेँ कि प्रत्येक वर्ष दशैं आउँदै गर्दा यसलाई कसरी मनाउने होला भन्ने पीरले आमालाई अलि बढी नै पिरल्थ्यो । दशैं खर्चको बन्दोबस्त बुबाले गर्नुहुन्थ्यो तर कुटुम्बहरूलाई दिइने दक्षिणाको ब्यवस्थापन आमाले गर्नु पर्थ्यो । बुबा केहि निश्चित रकमको चाँजो मिलाउनुहुन्थ्यो, अनि त्यो एकदम निश्चित रकमबाट बुबाको 'गन्यमान्य ब्यक्तित्व'को 'प्रतिष्ठा'लाई ख्याल गर्दै साइनो अनुसारको दक्षिणा मिलाउने बडो महत्वपूर्ण कमाण्ड आमाले सम्हाल्नु पर्थ्यो । दक्षिणामा पैसा खर्च गर्नुभन्दा बरू मासु किन्ने र टिका थाप्न आउने प्रत्येक कुटुम्बलाई टन्न मासुभात ख्वाएर पठाउनु पर्छ भन्नेमा बुबाको जोड हुन्थ्यो । आमा चाँहि त्यसमा थप कुटुम्बहरूले 'छि यति पनि के दक्षिणा दे'को होला' नभनुन् भन्नेमा बढि गम्भीर भएर लागे जस्तो मलाई लाग्थ्यो । उहाँको एउटै जोड – बुबाको इज्जतका खातिर दक्षिणाचाँहि आकर्षक नै हुनुपर्छ ।   घटस्थापना आउँथ्यो, दुर्गा पूजा आउथ्यो अनि आउँथ्यो – दशैंको टिका थाप्ने दिन । कान्छो बुढोबाको हातको टिका थापेपछि बुबाले आमालाई टिका लगाइदिनु...

संविधानकाे जस्केलोबाट उदाएको एउटा सभासद

केहि महिनादेखि लेखनकार्यमा उती रुची लाग्ने गरेको छैन मलाई । लेख्दा धेरैले चित्त दुखाउने र नलेख्दा आफ्नै चित्त दुख्ने कठोर परिस्थितीबाट गुज्रिदै आएपछि मैले लेख्ने निर्णय गरेँ । मलाई लाग्यो – लेख्ने अरुका लागि हैन आफ्नै लागि हो । लेखनलाई मनको भडाँस पोख्नेभन्दा पनि विषयवस्तुप्रति आफ्नो समालोचनात्मक दृष्ट्रिकोणमा तिख्खरता ल्याउने औजारको रुपमा प्रयोग गर्न सकिने निष्कर्षमा पुगेपछि मैले केहि हप्ताको लेखनकार्यको विश्रामलाई अन्त्य गर्ने निर्क्यौल गरेको हुँ । दुई हप्ताजस्तो भो’ म्याग्दी जिल्लाले आफ्नो खातामा अर्को एउटा सभासद थप्न सफल भएको छ । संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट अकल्पनिय (अकल्पनिय यस अर्थमा कि निर्वाचनपूर्व चुनाव जित्ने प्रचारबाजीमा सडकसम्मै ओर्लेका थिए) हार बेहोरेको म्याग्दी कांग्रेस लामो समयदेखि समानुपातिक सूचीबाट सभासदहुनेहरुको लाममा आफ्नो जिल्लाबाट पनि अनिवार्य प्रतिनिधित्व गराउन पर्ने मागमा दृढ भएर युद्धको जेहाद छेडेथ्यो – सानेपा दरबारविरुद्ध ।  सम्भवतः नेपाली राजनैतिक इतिहासमै पहिलो पटक हुनुपर्छ आफ्नो पार्टीको केन्द्रसँग जिल्लामा उपलब्ध सबै गुटका नेताहरु एक ढिक्...

के चरीलाई बाँच्न पाउने अधिकार थिएन् ?

“We're all human, aren't we? Every human life is worth the same, and worth saving.”  ―  J.K. Rowling चर्चित लेखिका जेके रोवलिङको भनाई हो यो । उसो त मलाई सोधिने - बलत्कारीलाई के सजाय दिनुपर्छ ? र , तिम्रो आफन्त (कुनै पारिवारीक स्त्री सदस्य) लाई बलात्कार गर्नेलाई कस्तो सजाय होस् भन्ने चाहन्छौ‌ ? भन्नेमा मेरो फरक उत्तर हुन सक्ला ! अझ , तिमी नै बलात्कारी प्रमाणित भयौ भने तिमीलाई के सजाय हुनुपर्ला ? भन्ने प्रश्नमा त झन मेरो जवाफ अझ भिन्दै होला । सायद , यहाँहरूबाट पनि यी तिन भिन्न फरक अवस्थाहरूमा गरिने प्रश्नहरूको उत्तरहरू फरक नै मिल्ने छ भन्नेमा मेरो    निसंकोच दावी रहनेछ ! मेरो एक मित्रले हालैको एक दिन बताएका थिए - कि एक सामाजिक सर्वेक्षणमा अपराधीलाई दिईने सजायका बारेमा सर्वसाधारणहरूलाई राखिएका जिज्ञासाहरूमा अधिकतम जवाफहरू अत्यन्तै क्रुरर र अमानवीय थिए । उनले मलाई थप बताएका थिए -  त्यस सर्वेक्षणलाई मान्ने हो भने अब मानवीय मूल्य ( Human Life Value) मा चिन्ताजनक ह्रास आएको छ । त्यस्तै , दुई दिन अगाडि प्रहरी इन्काउन्टरमा मारिएका भनिएका धादिङका ३० वर्षे...

मोदीको भाषणमा हाम्रा नेताको ताली

अबकी बार मोदी सरकार ! यो त्यहि नारा थियो जसले केहि महिना अगाडि विश्वकै सबभन्दा ठूलो लोकतान्त्रिक देश भनिने भारतलार्इ जुरूक्कै उचाल्न सक्यो । राजनीतिलार्इ फोहोरी खेलको संज्ञा दिने करौडौं भारतीय युवाहरु समेत आफ्ना सम्भावित प्रधानमन्त्रीको पक्षमा खुलेर अगाडि आए । ती युवाहरूको समर्थन त्यसै सजिलै पनि आएको थिएन् त्यसमा कहि न कतै समृद्द र विकसित भारतको सपना गाँसिएर आएको थियो । र, भारतीय युवाहरूलार्इ के विश्वास लाग्यो भने पछिल्लो दशकदेखि २९ वटा प्रान्तहरू मध्ये अत्यन्तै तिब्रतर विकासको गति समातेको गुजरात प्रान्तको नेतृत्वको मुख्य कमाण्ड सम्हाल्दै आएका नरेन्द्र दामोदरदास मोदीको प्रेरणामा आधुनिक भारतको खास प्रगती सम्भव छ । फलतः नमोक्रेज यसरी ह्वात्तै बढ्न पुग्यो कि जसको लोकप्रियताको तेजले एकदशकभन्दा बढि केन्द्रिय राज्यसत्ता सञ्चालन गरिररहेको कांग्रेस आर्इ संविधानतः संसदमा प्रमुख प्रतिपक्षीको हैसियत प्राप्त गर्न पनि असमर्थ रह्यो । संक्षेपमा भन्दा मोदीको उदयले पारम्परिक शक्तिको पत्तासाफ हुन पुग्यो । र, तिनै चमत्कारिक नरेन्द्र दामोदरदास मोदी उनकै अनुसार, दोश्रो पटक एक सुन्दर हिमाली राज्यको भ्रम...

मेरा शब्दहरू

ए, साँवा अक्षर चिनेर बुद्दिजीवीको पगरी गुथ्नेहरू हो - सुन, बुझार्इको गहिरार्इ शब्दको स्वरूपमा पाइँदैन त्यसको एकदम आवरणीय  संरचनामा भेट्टिदैन । तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र, निषेध नगर मेरा शब्दहरूलार्इ ! तिमी अक्षरमा अक्षर मात्र देख्छौं शब्दमा खाली शब्द मात्र भेट्छौं के अक्षर फगत अक्षर मात्र हो ? के शब्दमा कुनै गाम्भीर्यता हुँदैन ?  तिमी किन इन्कार गर्दछौं ? कि, एक अक्षरमा सिंगो ब्रम्हाण्ड वशीभूत छ !  तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र, निषेध नगर मेरा शब्दहरूलार्इ ! तिमी एक दीर्घरोगी नै हौ जसलार्इ छ - ज्ञानको कुपोषण  - बुझार्इको पोलियो - समीक्षाको रतन्धो र, छ - शब्दको फोविया  ए, शब्दहरूबाट डराउने डरपोकहरू हो  तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र...

बोक्रे विद्वानहरू र एक विवादास्पद लोक गायक

केहि दिनदेखि यता सामाजिक सञ्जालमा ' विद्वान ' नेपालीहरूको तारो भएको एउटा नाम हो – पशुपति शर्मा । पछिल्लो दशक नेपाली लोकसंगीतमा चर्चीत गायकका रूपमा परिचित शर्मा विशेषतः रोर्इला गीतका लागि परिचित छन् । उनका गीत मैले धेरै त सुनेको थिइँन, तर म्याग्दी महोत्सबका केहि संस्करणहरूमा उनको प्रस्तुतीले नेपाली लोकसंगीत प्रतिको मेरो चाह थोरै भएपनि बढाएकै हो । नत्र त किशोरवास्था ताकाको नेपाली पप एवं हिपहप संगीतको पारखी म, लोकगीत सुन्नेहरूलार्इ ' पाखे ' ठान्दथेँ । नेपाली हुनुको नाताले लोकगीतका बारेमा ज्ञान हुनैपर्छ वा पर्दैन भन्ने मान्यतामा म उती गम्भीर छैन । तर नेपाली भएरै पनि नेपाली लोक संस्कृतीलार्इ हेयका भावले हेर्ने मेरो किशोरावस्थाको त्यो सोच घटिया र निम्नस्तरको थियो भन्नेमा म ढुक्क छु । यति हुँदाहुँदै पनि बिस्तारै नेपाली लोक संगीत सुन्दै जाँदा यो अझ अरू कर्णप्रिय लाग्दै आएको छ । तर पछिल्ला बर्षहरूमा नेपाली लोकसंगीतका नाममा तयार पारिएका सस्ता र कोठे भाकाहरूले नेपाली लोकगीतको मर्मलार्इ प्रहार गरेको कुरामा सायदै कोही असहमत होला । उसो त पशुपति शर्माका गीतहरू त्यति धेरै मेहनत साथ त...