Skip to main content

Posts

Showing posts from August, 2010

ओश्लो, नेपालीहरु र मेरो एक असल साथी

मेरो बुबाको साथी र मेरो पनि साथी बरंजा म्याग्दीका रामचन्द्र आचार्य जस्ता साथीहरु निकै कम नै हुन्छन् । उनको सहयोगी बानी तथा साथीहरुको बारेमा अति धेरै चासो व्यक्त गर्ने, सञ्चो, बिसञ्चो सोध्ने उनको यी र यस्ता थुप्रै आनिबानीले मलाइ हायलकायल पारिसकेको छ । उनको मिजासता र हार्दिकता मैले कहिल्यै पनि बिर्सन सक्दिन होला भन्ने लाग्दछ । हिजो शनिबार सप्ताहन्तमा नेपालको न्यास्रो मेटाउनलाई उनको निमन्त्रणा थियो, मलाई । म उनकोमा गएँ । उनी ग्रूनल्याण्डमा आफ्नो काममा मस्त नै थिए । उनको मेहनती बानीले मलाई निकै नै प्रभावित पार्यो । म उनले गरिरहेको कामलाई निकै नै नजिकबाट नियाल्दै थिएँ । उनले मलाई पचास क्रोनरको नोट दिदैँ मलाई मन पर्ने तरकारी छानेर ल्याउन भने । मैले मसँगै छ पैसा राख्नुस भन्दा पनि उनी पटक्कै मानेन । कुनैदिन मलाई उनैले नै भनेका थिए, नर्बेमा आएका नेपालीहरुमा कसले धेरै पैसा कमाउने ? भन्ने अस्वस्थ प्रतिस्पर्धा छ । तर लाग्यो उनी त्यो प्रतिस्पर्धामा भाग नलिएका एक्ला बृहस्पती हुन । उनले मलाई ओश्लो झर्दाको दिन नै सिमसहितको मोबाईल दिए, आफूसँग थुपै्र पटक डिनर र लन्च गराए । र, हिजो फेरि आउनको लागि निमन्...

यो कस्तो गाईजात्रा, हरे राम !

अचम्म लाग्दछ मलाई, नेपाली नेता भनौंदाहरुको चालीमाली देख्दा । बल्ल एमआरपी छपाईको लागि फ्रान्सेली कम्पनी ओबर्थरसँग सम्झौता त भएछ तर कस्तो बिडम्बना एमआरपीको पानीचित्र र डिजाईनमा हस्ताक्षर गर्नुपर्ने परराष्ट्रमन्त्रि सुजता कोईरालाले अवरोध पो सिर्जना गरिछिन् । उनी मन्त्रि हुन कि कुनै कारखानाको मजदुर ? जब आफूले भने जस्तो हुँदैन अनि अवरोध सृजना गर्ने । मलाई आज आएर थाहा भएको छ, हामी नेपाली कि पछाडी छौं र हाम्रो देश किन सधैं पछि, अन्तिम र ओरालो झरेको स्थितीमा छ । जब नेता त यस्ता छन् दुई कौडीको बुद्धि र विवेक नभएका अनि देश कसरी उभो लाग्दछ । मलाई त यो सुजता कोइराला भन्नीको दिमागी हालत ठिक छ जस्तो पनि लाग्दैन् । यो भारतको कती बफादार भक्त ? बरु भारतमै एउटा गतिलो केटो खोजेर घरजम गरे भैहाल्यो नि । अनि त्यतै नेतृ बने पनि हुन्छ । अझ देश काम चलाऊ सरकारका भरमा टिकेको पनि अब दुई महिना पुग्नै आँटेछ । थुक्क नेताहरु ! यस्ता काम गर्न नसक्नेले त .... खाए पनि हुन्छ ! मलाई त ज्ञानेन्द्र नै को शासन ठीक थियो जस्तो लाग्यो । कम्तिमा पनि मौसुफले यस्तो गाइजात्रा त देखाईबक्सेको थिएन नी । मौसुफले यी नेताहरुलाई भेला पार...