पत्रकारिता, सृजनशिलता र नब विकल्प

(बेनी, म्याग्दीबाट प्रकाशित हुने साप्ताहिक पत्रिका नब विकल्पले
 गौरबमय १०० औं अंक प्रकाशन गर्न सफल भएको उपलक्ष्यमा लेखिएको लेख )
युवाहरुको समूह कार्यमा विश्वास गर्ने मान्छे म, जब केहि युवाहरुको समूहले बेनीमा पत्रकारिताको नयाँ आयाम शुरु गर्ने उत्साहका साथ नव बिकल्पको प्रकाशन गर्न थाले, मेरा मनमा अनेकन जिज्ञासाहरु आएका थिए । पत्रिका प्रकाशनका शुरुका हप्ताहरुमा पत्रकारितामै लागेका बेनीका केहि हस्तिहरुले भन्न थाले— रहर हो केटाहरुको दुईचार दिनको । रहर पुगे पछि थाक्छन् यिनीहरु । शुरुमा त मलाई पनि त्यस्तै लाग्यो । ओंठ निचार्दा दुध झर्ने अल्लारेहरु नै छन् पत्रिकामा, के यसको निरन्तरता सम्भव होला र ? 
म त अनुभवमा होईन काममा विश्वास गर्ने मान्छे । मलाई त सधैं लाग्दछ, सृजनशीलता भएका मान्छेहरुका लागि अनुभव ठूलो हुनै सक्दैन । कार्यसम्पादनका समयमा आर्जन गर्ने सीप हो — अनुभव त । सृजनशिलता र लगनशीलता नभएकाहरु कुन क्षेत्रमा कति नै टिक्छन् र ? विकल्पको शुभारम्भ अंक नै आकर्षक थियो । मलाई याद छ, ठूलो मेहनतका बाबजुद प्रकाशित भएको हुनु पर्दछ, त्यो । समाचार लेखन शैली नौला थिए, ग्राफिक्स डिजाईन, फोटो छनौट, रंग समायोजन र पृष्ठ डिजाइनिङ पनि कम थिएनन् । म आत्तिएँ, लौं यो साँघुरो नगरीमा ई सबैका सकारात्मक विश्लेषणहरु सम्भव होलान ? आदि, ईत्यादि ! पत्रिका निक्लेकोमा भन्दा राम्रो निक्लेकोमा पत्रकारिता गर्नेहरुले नै आलोचनात्मक दृष्टिकोणले चर्चा गर्न थाले । त्यो कुनै हालतमा शोभनिय विषय थिएन । तर त्यसले विकल्पलाई अझ बढी परिष्कृत, परिपक्व र उत्कृष्ट बन्नमा भने प्रेरित गरेको हुनु पर्दछ । 
बेनीमा निक्लेका र निक्लिीरहेका पत्रिकाहरुले बेनी मै घट्ने घटनाहरुलाई ब्यानर न्यूज बनाउने चेष्टा गरेनन र सायद गर्ने पनि छैनन् । सम्झनामा अझै ताजा छ, म्याग्दीको एक क्रियाशिल साहित्यिक संगठन पौलस्त्य साहित्य समाजको अधिवेशनलाई ब्यानर न्यूज बनायो विकल्पले । मलाई लाग्यो, के गरिरहेछन् यिनीहरु ? पछि बुझ्दा लाग्यो, स्थानीय संघ संस्थाहरुको क्रियाकलापलाई कभर गर्नु र तीनलाई विशेष प्राथमिकता दिनु विकल्पको उद्देश्य पो रहेछ ! अब यहिँ नेर लाग्यो मलाई, अनुभव ठूलो कुरो होईन । सृजनशीलता महत्वपूर्ण हो । साना मसिना घटनाहरुको पनि प्रभाव विश्लेषण गरेर घटना सम्बन्धित विषय, उपविषयहरुको पनि आफ्नै महत्व हुन्छ भन्ने धेरै पत्रकारहरुले मेसो पाउँदैनन । जसले त्यो बुझ्छ, सहि रुपमा त्यहि नै सच्चा पत्रकार हो । तर कुनै पनि दल विशेष वा व्यक्ति विशेषको प्रभावमा रहेर उनीहरुकै लगौटीं बनेर आफ्ना अति नीजि अंगहरुको लाज बचाउन किमार्थ सकिदैन । विकल्पसँग सम्बन्धित युवा पत्रकारहरु यसमा चुकेँ कि चुकेँनन, त्यसको समिक्षा आवश्यक छ । नत्र बेनीमा जति पनि पत्रिकाहरु निक्ले धेरै हदसम्म राजनैतिक दलका मुखपत्रका रुपमै काम गरेँ । अझ कति त पत्रकारिताको धर्मलाई नै भुसुक्कै बिर्सिएर खुल्ला र छाडा दोहोरी, तेहेरीमा समेत उत्रे ! यो बेनीको पत्रकारिताको ईतिहासमा दुःख लाग्दो विषय हो । मलाई लाग्दैन कसैको निजात्मक गोप्यताको हुर्मत लिनु पत्रकारिताको विषय हो । वा चरित्र हत्या पत्रकारिताको विषय हो । म सधैं विश्वस्त छु, पत्रकारिताको महत्वपूर्ण पक्ष भनेको कुनै पनि घटनाको सभ्य र भव्य तबरबाट विश्लेषण गरिनु हो । 
आठ दशहजारको एउटा क्यामेरा, सानो झोला भित्र एउटा डायरी र कलम राखेर भिर्दैमा सबैजना पत्रकार हुनै सक्दैनन् । ईः देखावटी कुरा हुन । यो दुईचार हजार आम्दानी भएको जोसुकैले गर्न सक्दछ । पत्रकार बन्नका लागि अन्तरनिहित क्षमता आवश्यक हुन्छ । यसको आफ्नै निजात्मक शैली हुन्छन । हरेक विषय माथि आफ्नै स्वतन्त्र विश्लेषण गर्न सक्ने खुबी हुन्छ । अनि पो पत्रकार ! तर के छन् त सबै आफ्नै खाले विशिष्ट क्षमता भएका पत्रकारहरु, बेनीमा ? होलान् तर न्यून त्यो पनि अञ्चलमै । मैले एकदिन पढेको थिएँ, बागलुङबाट प्रकाशित हुने एक पत्रिकामा गौश्वारामा चिया खेतीको बारे रिपोर्टिङ । जहाँ सम्बाददाता लेखेका छन्, म्याग्दी जिल्लाको गौश्वारा गा. वि. स. ! मलाई त लाग्दैन, म्याग्दी जिल्लामा गौश्वारा नामको कुनै गा.वि.स छ । त्यो त ज्यामु्रककोट गा.वि.स. एक बस्तीको नाम जस्तो लाग्दछ । अब जो पनि भन्न सक्तछ, एउटा गा.वि.स. को नाम थाहा पाउन नसकेका पत्रकारले स्थलगत रिर्पोटिङ भनेर दावा गरेको समाचारमा कति विश्वसनीयता रहन सक्ला ? बेनीमा बसेर गुर्जाका समाचारहरु धेरै आएका छन् । तर विकल्पले कम्तिमा पनि यो संस्कारलाई तोडिदिएको छ । स्थानीय पत्रिकामा छापिने समाचारको सम्भवत ः पहिलो प्रयास हुनु पर्दछ, विकल्पको यो कदम । देख्नु र सुन्नुमा आकाश—जमिनको भिन्नता हुन्छ, भन्ने कुरालाई आत्मासाथ गर्नु हरेक पत्रकारको कर्तव्य हो । अझ हाँसो उठ्दो कुरो, बेनीमा एकजनाको नाममा छापिएको एउटा समाचार, अर्कोको नाममा पोखरामा त्यहि समाचार छापिएको हुन्छ, अरु त अरु राष्ट्रिय दैनिकमा पनि तिनै दुरुस्तै समाचार झन अर्काको नाममा धेरै पढेको छु, मैले । वास्तवमै पृथक छ, बेनी नगरीको पत्रकारीता !
पत्रकारिताका क्षेत्रमा देखिएका नकारात्मक अभ्यासहरुलाई चिरेर नब विकल्पका पत्रकारबन्धुहरुले बेनीको पत्रकारितालाई उठाएर म्याग्दीको पत्रकारिता मूल धार बनाउने सामथ्र्य राख्नेमा मलाई शंका छैन । मलाई विश्वास छ, नब बिकल्प छापा पत्रकारितामा धौलागिरिकै कोशेढुंगा बन्नेछ, एकदिन । मेरा झैं थुप्रै पाठकहरुको ई र यस्तै अझ अरु अपेक्षाहरु होलान विकल्पप्रति । आशा छ, विकल्प त्यो पूरा गर्न सधैं तत्पर रहनेछ र यसलाई आफ्नो धर्म पनि ठान्नेछ ।
(लेखक, २०६५ मा स्नातक तहमा पत्रकारितामा म्याग्दी बहुमुखी क्याम्पसका सर्वोत्कृष्ट छात्र हुन ।)

Comments

भगवान चोखाल said…
असाध्यै राम्रो छ हो ब्रो गूड् जब..!!!!!!& सफलताको शुभकामना....!!!!!!!!!
Unknown said…
निराजनजी हजुरको लेख
सान्दर्भिक छ ।हो यथार्थमा
पत्रकारिताको अर्थ नै सत्य तथ्य समाचार
सम्प्रेसण गर्नु हो ।विकल्पलाई मेरो
पनी शुभकामना ।
Anonymous said…
निराजन जि, तपाईको artical तारिफ योग्य छ। राम्रो लाग्यो
रामचन्द्र थापा said…
निराजन जि, तपाईको artical तारिफ योग्य छ। राम्रो लाग्यो
रामचन्द्र थापा said…
निराजन जि, तपाईको artical तारिफ योग्य छ। राम्रो लाग्यो
suresh said…
निराजनजी हजुरको लेख
सान्दर्भिक छ ।हो यथार्थमा
पत्रकारिताको अर्थ नै सत्य तथ्य समाचार
सम्प्रेसण गर्नु हो ।विकल्पलाई मेरो
पनी शुभकामना ।

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)