Skip to main content

Posts

सधै‌ थला पारिएको एउटा देश

माध्यमिक तहको पढाइ चलिरहँदा सामाजिक शिक्षाका गुरु नारायण ढुंगानाले हामीलाई सारा पृथ्वीको मानचित्र हेर्ने औसर जुटाइदिनु भएको थियो – एउटा डेट एक्सपायर्ड ग्लोब ल्याइदिएर । विश्व मानचित्रमा कतै हराएको अति सुक्ष्म विन्दु झैं लाग्ने हाम्रो देशको नक्शा अति मुश्किलले भेट्टाएपछि कक्षाकोठाभरीका हामी ६०–७० जना किशोर किशोरीहरु बडो चिन्तामा पर्थ्यौ । अनि सामाजिक सरको कानै नजिक गएर भन्थ्यौं– वीर गोर्खा लडाकुहरुको देश यति सानो ?! हाम्रो सानो मस्तिष्कले सोच्न भ्याएको यो अपत्यारिलो र अप्रसाङ्गिक प्रश्न पश्चात: लगभग त्यो ४५ मिनेटको एउटा पूरै पिरियडभर कक्षा एकदम स्तब्ध रहन्थ्यो । हामी ग्लोब घुमाउँदै, फेरि घुमाउँदै र अझ धेरै पटक उसै गरी घुमाउँदै सयौं विशाल देशहरुको मानचित्रको सीमारेखाभित्र रहेको सानो "स्पेश" भित्र नेपाललाई पटक पटक खोजीरहेका हुन्थ्यौं अनि सामाजिक सर हामीबाट केहि पर कालोपाटीको ठीक मुन्तिर उभिएर हामीलाई सोधिरहनु हुन्थ्यो – ए, बाबुनानीहरू हाम्रो देशको नक्शा भेटायौं त ? यो त भयो किशोरवयको कुरो । जव मैले आफूलाई जवान हुँदै गएको पाएँ अनि बल्ल थाहा पाउन थालेँ, ती किशोरवयमा हामीले पोख्ने...

फेवासिटीमा बितेका पट्यार लाग्दा पलहरु

४२ वर्षसम्म मेरो बुबा एक पटक पनि बिरामी पर्नु भएको थिएन् । तर यतिखेर उहाँ एक्कासी यो महिनाको १७ गतेदेखि लगातार विरामी पर्नुभयो । टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लाउने तीन किसिमका फरक फरक व्यथाले उहाँलाई कमजोर पारे । बागलुङ्का विभिन्न नाम चलेका क्लिनिकमा चेक अप गरेर औषधी सेवन गरेतापनि बुबाको स्वास्थ्यस्थितीमा सुधार नआए पछि थप उपचारका लागि हामीले उहाँलाई पश्चिमाञ्चलमा नै नाम चलेको फेवा सिटी नामक नीजि अस्पतालमा लग्यौं । पाँच दिन चार रात सम्म पनि उहाँको विरामीको कारण केहो पत्ता लगाउन त्यहाँका प्रतिष्ठित डाक्टर नर्सहरू असफल नै रहे । तर तिनीहरुले प्रदान गरेको औषधी र उपचार विधिले भने उहाँको स्वास्थ्यमा केही सुधार आउन थाल्यो । तथापी उहाँको उपचारको क्रममा अस्पतालमा बस्दा त्यहाँको व्यवस्थापनले मलाई धेरै असहजिलो बनायो ।  काउण्टरमा बस्ने युवती स्टाफसँग नियमितजसो मेरो असमझदारी रह्यो ।  म सोध्छु – सिस्टर, डाक्टर साब कतिखेर पाल्नुहुन्छ होला ?  डाक्टरको टाइम साइम फिक्स हुँदैन् । यिनी झर्केर जवाफ फर्काउँछिन् ।  म ब्लड, युरिन आदि चेकको रिपोर्टका लागि पैसा तिरी बिल लिन खोज्द...

सुन्दरताको परिचायक - गुर्जा

“टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पुर्याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम बेनीदेखि उत्तरतर्फ २६ कोष टाढा अवस्थित यो एक सुन्दर गाविस हो । अझ यस गाविसमा अवस्थित सु्न्दर हिमालहरु तथा यहाँ पाइने बहुमुल्य जडिबुटी तथा भौगोलिक बनोटले यसको सुन्दरताको थप पुष्टी गरेको छ । तथापी यातायातको उचित प्रबन्ध हुन नसक्नु र उपलब्ध घोडेटो बाटोको समायानुकुल मर्मत सम्भारको अभावका कारण यस गाविसका बासिन्दाको आयआर्जनका क्रियाकलापमा सहज पहुँच पुग्न सकेको देखिदैन् । छन्त्याल जातिको सघन उपस्थिती रहेको यस गाविसलाई “छन्त्यालको गाउँ” भनेर पनि चिनिन्छ । देशभर मै छन्त्यालहरुको मात्र बस्ति रहेको एक्लो गाविसको रुपमा यस गाविसलाई चिन्ने गरिन्छ । यसर्थ ः छन्त्यालहरुको सघन उपस्थित रहेको यस गाविसमा छन्त्याल जातिका विभिन्न साँस्कृतिक चालचलनलाई पनि नजिकैबाट अध्ययन गर्न सकिन्छ । वि.सं. २०५८ को जनगणना अनुसार कुल १०५३ जनसंख्या रहेको यस गाविसमा छन्त्याल बाहेक केही दलितहरुको पनि बसोबास रहेको छ । मुख्यत: आलु खेती हुने यस गाव...

माग्नु हाम्रो नियती ! माग्नु हाम्रो विशेषता !

हामी नेपालीको एउटा अनौठो लाग्दो विशेषता भनेको हामी माग्नमा विश्वास गर्छौ, वा हामीलाई माग्नमा लाज शरम छैन् । हाम्रो देशमा विकाशका लागि पनि नेपाल सरकारले दातृ निकायहरुलाई भिख नमागी सुख्खै छैन् ! अर्थात भनूँ – माग्नु हाम्रो शान वा माग्नुले हामी गोर्खाली भनौदाहरुको वीरताकोे पुष्ट्याई गरेको छ । संसारमा कुन त्यस्तो देशमा त्यस्तो सरकार छ, जसले हाम्रो सरकारले झैं विदेशीहरुसँग हात फिँजाएर रकम जम्मा पार्न सफल भै देश चलाउन सकेका छन् ? त्यसैले हामीले गर्व गर्न सक्नुपर्छ – हामी माग्नमा माहिर छौं । यो देखिएको तस्विर यो पटकको काठमाडौं बसाईको क्रममा खिचेको हुँ । एउटी बुढी आमा (जसले सुनले भरेको दाँत लगाएकी थिइन) म बसेको माइक्रोको सिट नेरको झ्यालमा उभिएर मजाले हात फिँजाउदै टुठेफुटे हिन्दी लवजमा बोल्दै थिइन – कुछ देदो बाबु भगवान तेरेको मंगल करेगा ! लौ भयो अब ? सुनको दात लगाएकी बजैको त यो हालत छ, अब अरुको कुरा के नै भो र ? जस्तो देश उस्तै भेष भनेको यहि त होला नि !

पानी बोक्दै गरेका नानीहरु

प्रत्येक वर्ष प्रवेशिका परीक्षाको नतिजा प्रकाशित हुन्छ । नतिजाले देखाउँछ सरकारी तथा सामुदायिक विद्यालयको नतिजा एकदमै सरमलाग्दो अझ जोडदारले अभिव्यक्ती गर्दा – बेइज्जतपूर्ण ! तर यस्तो नतिजा आउनुका पछाडी कारणहरु खोज्दै जाँदा धेरै तथ्यहरु बाहिर आउन थाल्छन् । पहिलो कुरा त सरकारी वा सामुदायिक विद्यालयका शिक्षकशिक्षीकाहरु आफ्नो पेशाप्रति वफादार नहुनु नै हो । अरु मुख्य कारणहरुमा गाउँघरतिरका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुले आफ्नो पढाइका लागि समय व्यवस्थापन गर्न नपाउनु । सामुदायिक विद्यालयका विद्यार्थीहरु घरको काममा निकै खट्नु पर्ने अवस्था र पढाइप्रति अभिभावकहरुको अरुची कारण पनि यस्ता नतिजा आउने गरेको हो । यो माथि दिइएको तस्विर बेनी (म्याग्दी जिल्लाको सदरमुकाम) देखि झण्डै ३० किमी उत्तरमा अवस्थित मुना गाविस (हालको धौलागिरि गाउँपालिका, मुना) को हो । यस तस्बिरमा देखिएका नानीहरु झण्डै आधा घण्टाको बाटो हिडेर पानी ओसार्न विवश छन् । अब तपाई नै अनुमान गर्नुसु – यी नानीहरुले कतिबेला पढ्ने ? कतिबेला गृहकार्य गर्ने ? अनि कुनबेला विद्यालय पुग्ने ? र कसरी उत्कृष्ट नतिजा प्राप्त गर्ने ? यहि नै हो गाउ...

एउटा इतिहासको अन्त्य

श्रावण महिनाको २३ गते म्याग्देली शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सोमबहादुर बोगटीको देहावसान भएको छ । रत्नेचौर गाविस वार्ड नं. १ का बासिन्दा बोगटी पृथ्वी नारायण क्याम्पसको स्थापनामा पनि सक्रिय सहभागि हुनु भएको जानकारहरु बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक वातावरणलाई अनुशासित र नियमित गर्ने कार्यमा उहाँले निभाउनु भएको भूमिका प्रशंसनीय रहेको छ । पञ्चायती शासन व्यवस्थाका विरुद्धमा विद्रोहको आगो ओकल्नहरुको अग्रपंक्तिमा उभिई आफ्नो बलिदानीका लागि उहाँ कहिल्यै पछि हट्नु भएन । पछिल्लो समय शैक्षिक क्रियाकलापमा उति सक्रिय नदेखिए पनि श्री भानु मा.वि.रत्नेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही आफ्नो काममा खटिरहनु भएको थियो । उहाँको देहावसानले म्याग्दीले एक अनुशासित र संघर्षशिल शैक्षिक सिपाही गुमाएको कुरामा कसैको दुई मत नरहला । स्व. बोगटीको आत्माको चीर शान्तिका लागि म भगवान्सँग प्रार्थना गर्दछु । साथै उहाँले प्रशस्त गरिदिएको शैक्षिक यात्रामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् !

हामीलाई मृत्युको भय छैन्

यो साता पनि म अघिल्लो साता झैं आफ्नो प्यारो रत्नेचौर गाउँ गएँ । गाउँ जानु स्वभावतः सदरमुकामका नयाँ नौला खबर गाउँतिर सम्प्रेषण गर्नु जस्तै पनि हो । गाउँघरतिर भेट्टिएका सबैले हालै बेनी – दरबाङ सडकखण्डको भालुखोलामा भएको दुर्घटनाका सम्बन्धमा सोधखोज गर्ने काम गरे । मैले पनि थाहा पाए सम्मको विवरण उनीहरुलाई सुनाई दिएँ – ८ जनाको मृत्यु २८ जना घाइते । यहि विवरण सुनाइरहँदा रत्नेचौर–भकिम्ली ग्रामिण सडकमा बागलुङबाट भकुण्डेका लागि आउँदै गरेको यो जीपलाई देखेँ । १२–१४ जना सम्मको क्षमता भएको जीपमा १८ भन्दा बढी यात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका थिए । यो हुँइकिएर आइरहेको जीप देखे पछि मलाई लाग्यो – आखिर मान्छेलाई मृत्युको भय हुँदो रहेनछ !