Skip to main content

Posts

मेरा प्रिय तीन बाल सखाहरू, तीन प्रेरकहरू !

शितल । तस्बीरः उनको फेसबुक अल्बर्ट हब्बर्डले भनेका छन् – साथी भनेको त्यो हो जसलाई तिम्रो बारे सबै थाहा हुन्छ, र पनि माया गर्छ ! ( “A friend is someone who knows all about you and still loves you.”  ―  Elbert Hubbard )  हो, म मेरा तीनै तीनसाथीहरुका बारेमा लेख्तैछु जो सँग मेरा जीवनका स्वर्णीम पलहरु ब्यतित भएका छन । जो सँग म ठुस्केको छु । जो मसँग ठुस्केका छन । ठुस्काई एकै निमेश पनि लम्बाउन सकेको छैन र फेरि कुद्दै उनीहरु कहाँ म पुगेको छु । दौड्दै उनीहरु म भएको ठाउँमा आएका छन । ती तीनै साथीहरू जसलाई मेरा उज्याला पक्षहरु थाहा छ, जसको अँध्यारा पक्षहरु म जान्दछु । जसका उज्याला पाटाहरु मेरा यादमा झल्झल्ती आउँछन् जो मेरा अँध्यारा पाटाहरुलाई पनि स्वीकार गर्दछन् । मैले जिद्धी गर्दा मेरा जिद्धीहरु सहर्ष स्वीकारेका छन उनीहरुले ! म एकछिन चुपो लाग्दा किन निराश भएको ? किन नबोलेको भनेर उनीहरुलाई पिडा हुने गथ्र्यो ! जो मभन्दा अरुसँग बढि बोलेका दिन मलाई दुख लाग्थ्यो ! जलन हुन्थ्यो ! अब्यक्त पिडा हुन्थ्यो ! सायद उनीहरुलाई पनि त मलाई जस्तै नै हुन्थ्यो होला नी !   केस्रा केस्रा गर...

दाई अनि उसको गोलीवाला ज्याकेट

त्यस्तै दश वर्ष पहिले मलाई विदेशबाट दाईले फोन गर्दा मैले भनेको थिएँ – “दाई, सेकेण्ड लेफ्टीनेन्टमा देखिन खोजेको काठमान्डु जानु पर्ने !”  दाईले सोध्नुभएथ्यो – “आठ हजारले पुग्छ ?” दश वर्ष पहिले आठ हजार मेरा लागि आठ लाख बराबर थियो ।  भोलीपल्ट दाईले पठाएको आठ हजार लिएर म काठमान्डु हानिएको थिएँ मित्र विनयसँग !  अनि बच्चै हुँदाको कुरो, म माग्थेँ – “दाई, त्यो हजुरको गोली भएको ज्याकेट मलाई हैं !” दाई भन्नुहुन्थ्यो – “अहिले चुपबस, म पछि दिन्छु, यो ज्याकेट मलाई कस्तो मन पर्छ !” त्यसको केहि समयपछि दाईलाई नै अत्यन्तै मन पर्ने ज्याकेट मैले पाएको थिएँ । खासमा दाई अर्थात मेरा मामाको छोराका थुप्रै राम्रा कपडाहरु लगाएको छु मैले बच्चा हुँदा । सायद जड्यौरी भनिन्छ त्यसलाई, तर मलाई दाईले त्यो मेरो हक जस्तै बनाईदिनुभएको थियो । जड्यौरी हैन ! भर्खर आइ कम पढ्दै गरेको मलाई, एकदिन दाईले सोध्नुभएको थियो – “टिथको सिङगुलर फर्म के हो ?” कसम मलाई त्यसको जवाफ आएन । अनि दाईले एकदम झपार्नु पनि भो – “तँलाई यत्ति आउँदैन, मेहनत गर, अंग्रेजी वीक छ तेरो !” त्यहि दिन हो मैले टिथको सिङ्गुलर टुथ भन्ने ज...

१६. विश्वविद्यालयमा भेटिएकी एउटी साथी

फेसबुकमा कुरा हुँदै गर्दा एकदिन मैले उनलाई बताएथेँ – “तिमीबाट म निकै प्रभावित छु । तिमी मेरा जीवनका २८ प्रेरक ब्यक्तिहरु मध्ये एक हौं । तिम्रा बारेमा लेख्दैछु म ।” यसो भन्दा उनी रिसाईन । जवाफमा भनिन – “यदि तिमीले मेरा बारेमा लेख्यौ भने म सम्झने छु कि तिमीले मलाई सम्मान हैन दुव्र्यवहार गर्दछौ । सबभन्दा बढि घृणा गर्दछौ !” उनले यस्तो भन्दा मलाई दुख लाग्यो । सम्झाएँ पनि उनले मेरो कुरामा सहमत जनाईनन । तर मेरो उद्देश्य उनको आत्मसम्मानमा ठेस पु¥याउनु हैन । असम्मान गर्नुपनि हैन । साथी, मलाई माफ गरिदिनु मैले तिमीलाई आफ्ना प्रेरकहरु मध्ये एक ब्यक्तित्व नमानी रहन सकिनँ ! हो, मैले तिम्रा प्रेरणाहरुका खातिर केहि शब्दहरू अभिब्यक्त नगरी रहन सकिनँ ! कृपया सक्छौ भने माफ गरिदिनु ! स्नातकोत्तर तहको कक्षाहरु तर्किक हुनुपर्ने, बहसमुलक हुनुपर्ने, विचार विमर्श र तर्क वितर्क पनि हुनुपर्ने तर हाम्रो कक्षामा त्यस्ता केही अभ्यास उस्तो भएनन । हुन त पढ्दापढ्दै एक वर्षमा पलायन भएको मैले आद्योपान्त मूल्याङ्कन गर्न सक्दिनँ पनि तर बेलाबेलामा तिमीले कक्षा हुँदै गर्दा पोख्ने असन्तुष्टिहरुमा मेरो पनि सहमती थियो । त...

बोगटी सर - अँध्यारो बस्तीमा एउटा जून !

उनीहरुले उहाँलाई पागल भने । म भन्छु, उनीहरुले उहाँलाई पागल बनाए ! एउटा ओजिलो व्यक्तित्व ! एउटा ओजपूर्ण ब्यक्तित्व ! जो बाँचुञ्जेल गलत प्रवृती, कुरिती र गवाँरहरुका बिरुद्ध लडिरह्यो । त्यो ब्यक्तित्व – जसले एउटा शानको जीवन बाँच्यो, जसले चरम पीडा पनि भोग्यो ! जसलाई मान्छेहरुले हाईहाई गरे, जोसँग मान्छेहरु तर्कीतर्की पनि हिडे । त्यो शिक्षाको उज्यालो जसले पोखराका धेरै अँध्यारा बस्तीहरुमा ज्ञानको प्रकाश दिलायो, त्यो चम्किलो तारा जसले म्याग्दीमा उच्च शिक्षाको प्रवेश गरायो । हो, त्यहि प्रदिप्त नक्षत्र जसलाई मेरो जन्मभूमिले आफ्नो काखमा खेलाउने सौभाग्य प्राप्त गर्‍यो, त्यहि ब्यक्तित्व नाताले मेरो मावलतिरका हजुरबा ! र, सानिन्ध्यताले मेरो गुरू ! मेरो पथप्रदर्शक ! विराट ललाट भएका मान्छेहरुको भाग्य दरो हुँदैन । हो, मैले सुनेको मान्छेहरुले यसै भन्थे ! त्यस्तै विराट ललाट उहाँको पनि थियो मेरो आदरणिय गुरूको, मेरो बोगटी सरको ! म जान्दिनँ विराट ललाट भएकै कारण उहाँको भाग्य दरो थियो/थिएन । म यति जान्दछु, बोगटी सर भाग्यमा विश्वास गर्नु हुन्थेन । किनकी उहाँ भाग्यवादी हुनुहुन्थेन । उहाँका पुर्खाहरुले मन्दिर...

१२. रुपचन्द्र बिष्ट जसले भने – थाहा पाई भाते !

म नौ कक्षामा पढ्थे त्यो बेला । शुक्रबारको दिन घर आएपछि म मामाघर गएको थिएँ । त्यो जेष्ठ महिनाको दिन थियो । माइजुले आफूले पढ्दै गरेको नवयुवाबाट एक जना ब्यक्तिको बारेमा सुनाउनु भएको थियो । त्यतिन्जेल सम्म मैले त्यो मनुवाका बारेमा केही थाहा पाएको रहिनरछु । माइजुले भन्नुभो – रुपचन्द्र विष्ट थाहा छ तिम्लाई ? नेपालको दार्शनिक हो ! मैले थाहा छैनको भावमा मुन्टो हल्लाए पछि माइजुले मलाई “थाहा” आन्दोलनका बारेमा केही बताउनुभएको थियो । मैले खासै केहि बुझिनँ त्योबेला । पछि कलेज पढ्न थालेपछि रुपचन्द्र विष्टका बारेमा पढ्दै र बुझ्दै गएपछि उनको चेतनाको स्तरले मलाई राम्ररी तान्दै गयो । रुपचन्द्र विष्टका बारेमा पढ्दै जाँदा जति उनी एउटा अनौठो मान्छे हो भन्नेमा म पूरै निश्चित भएँ ।  मैले पढेपछि थाहा पाएँ – रुपचन्द्र विष्ट त्यस्तो मान्छे, जसले हरेक गलत कृत्यको विरोध गरे । उनकै शब्दमा पञ्चायत एउटा “महाडाँकातन्त्र” थियो र उनी त्यो “महाडाँकातन्त्र”को विरोधमा आफूलाई उरालिरहेका थिए । देशलाई खोक्रो पार्न उद्यत मण्डलेहरुको कुरुप तस्वीरलाई बाहिर ल्याउने काममा उनी जीवन पर्यन्त लागिरहे । जीवनकालभर उनी सधैं जनता...

मेरो एउटा छिमेकी दाई

उहाँ अर्थात मेरो छिमेकी दाई, हामी गोपाल दाई भन्थ्यौं । पछि उहाँको स्कुल भर्नाहुँदाको नामले बोलाउन थाल्यौं – प्रदिप दाई ! म भन्दा तीन÷चार कक्षा सिनियर दाई । विद्यालयका मेधावी छात्रहरु मध्ये एक । मलाई राम्ररी सम्झना छ–  उहाँले प्रायः प्रथम वा द्धितिय स्थान हासील गर्नुहुन्थ्यो । कितावी ज्ञान मात्र हैन बाहिरी ज्ञान पनि राम्रो थियो उहाँको ! उहाँ मेरो सदनको टोली नेता पनि हुनुहुन्थ्यो । र, हामीहरु हाजिरीजवाफ प्रतियोगितामा सधैं पहिलो हुन्थ्यौं ।  म प्रायः उहाँकोमा गैरहन्थेँ । मेरो घरबाट एक मिनेट भन्दापनि कमको दुरीमा उहाँको घर अवस्थित छ । यसकारण पनि मलाई उहाँको घरमा आउजाउ गर्न सजिलो हुन्थ्यो । म भन्दा पाका उमेरकाहरुमध्ये प्रदिप दाईले नै हो मलाई पहिलो पटक “तिमी” भनेर सम्बोधन गरेको । सामन्यतयाः हाम्रो गाउँघरतिर आफूभन्दा सानोलाई तँ भनेर होच्याएर बोलाउने चलन थियो त्यतिखेर । एकदिन प्रदिप दाईलाई मैले प्रस्ताव राखेको थिएँ – “ल दाई अबदेखि म तँलाई तपाइँ भन्छु, तपाइँ मलाई तिमी भन्नुस ल !” र, उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो । त्यसदिनदेखि उहाँले मलाई ‘तिमी’को सम्बोधन गर्न थाल्नु...

माल्दाई - पारिवारीक सुखका सुत्रधार !

गाउँले नाता छ उहाँसँग मेरो । त्यसैले म उहाँलाई माईला मामा भन्दछु । धेरैजसोले उहाँलाई माल्दाई भन्छन् । पेशाले उहाँ विद्यालयको पाले हुनुहुन्थ्यो । त्यसैले धेरैजनाको लागि उहाँ हाँसोको पात्र हुनुहुन्छ । किनकी हाम्रो समाज नै त्यस्तै छ – निर्धाहरूलाई हेप्ने ! मेरा गाउँलेहरुका लागि एक निर्धा ब्यक्ति उहाँ मेरा लागि भने आदर्शका ब्यक्ति मध्येको एक हुनुहुन्छ । उहाँप्रति सम्मान जागेर आउँछ मलाई ! म बच्चैछँदा खेरीदेखि उहाँसँग मेरो राम्रै हिमचिम भो ! उहाँले “जागिर” गर्ने विद्यालय र मैले अध्ययन गर्ने विद्यालय एउटै भएकाले पनि उहाँसँग धेरै जसो भलाकुशारी हुने गर्दथ्यो मेरो । खासगरिकन एक बजेको छुट्टीमा बोइकोमा आएर खाजा खाएर स्कुल फिर्ता हुँदा १०–१५ मिनेट बाँकी नै हुन्थ्यो र त्यो समय म घन्टी झुन्डाएको कुनामा उहाँसँग गफ गरिरहेको हुन्थे । अलि ठट्यौली पाराको मान्छे हुनुहुन्थ्यो त्यतिखेर त्यसकारण पनि उहाँसँग गफिन मलाई निकै मन पर्दथ्यो । के के कुरा गरेर हसाईराख्ने ! उत्तीखेरै रोएको नक्कल गर्ने, अनि उत्तिनै खेरी राक्षस यसरी हाँस्छ भनेर ठूलो र धोद्रो आवाजमा हाँस्ने । अङ्ग्रेजी र नेपाली मिलाएर लामो समयसम्म एक...