Skip to main content

Posts

आधा जूनको उज्यालो र मेरा बाका कामरेडहरू

केहि दिन अगाडि मात्र एउटा उपन्यास पढेर भ्याएँ । आधा जून ! कम्युनिष्ट राजनीतिमा आफ्नो उर्वर वैंश खेर (?) फालेका र अहिले राजनैतिक विश्लेषणमा नियमित संलग्नता राख्ने झलक सुवेदीले लेखेको आधा जूनले नेपाली राजनीतिमा संघर्षशील इतिहास बोकेको एउटा राजनैतिक दलको क्रान्तिकारीतालाई छर्लङ्ग्याउने प्रयास गरेको छ । अनि उपन्यासले उस्तै कुशल पारामा स्पष्ट बताएको पनि छ कि एउटा कम्युनिष्ट दल कसरी नवसामन्तहरूको पहुँचमा पुग्यो, र किन आज मान्छेहरू त्यसलाई कम्युनिष्टको पुच्छ्रे झुण्डाएको नवउदारवादीहरूको जमात भएको पार्टी मान्न विवश छन् । प्रथम पुरूष पात्र सञ्जय नै उपन्यासको मुख्य पात्र छ । घरको आर्थिक दुरावस्थाका बावजुद पनि ऊ परिवर्तनको सपना साँचेर क्रान्तिको बाटोमा होम्मिएको छ । न्यायपूर्ण एवं समतामुलक राज्यव्यवस्था निमार्णको लक्ष्य बोकेर रक्त क्रान्तिको झण्डा लिएर हिडेको सञ्जय नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भएका हजारौ इमान्दार कम्युनिष्ट कार्यकर्ताहरूको प्रतिनिधी पात्र हो । निर्दलीय पञ्चायती ब्यवस्थाका बखत कम्युनिष्ट पार्टीको एक इमान्दार योद्दाका रूपमा ऊ परिवर्तनको सपना मनमा साँचेर निरन्तर क्रान्तिक...

हामी, दिलशोभा र हाम्रा अखबारहरू

तस्वीर श्रोतः  द मेटा पिक्चर यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभाका बारेमा बताए । यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभा चिनाए । उनको त्याग, समर्पण, अनि समाजसेवाप्रतिको लगावका बारेमा जानकारी गराए । म उसैउसै प्रफुल्ल हुँदै आएँ – सोचेर कि अत्यन्तै व्यक्तिवादी भएको मेरो नेपाली समाजमा उनीजस्ता महान नारीहरु पनि छन् जसले सडकमा फ्याँकिएका वृद्धा आमाहरुलाई आफ्नो नीजि घरमा आफ्नै सिमित आयश्रोतका भरमा बसोबासको ब्यवस्था मिलाईन । र, उनै दिलशोभा हुन जसले सडकमा पुगेका बालबालिकाहरुलाई न्यानो काख दिईन । विभिन्न आर्थिक सीमाहरुका बाबजुद पनि बालबालिका र वृद्धाहरुलाई दुई छाक खान, एकसरो लगाउन र ओत लाग्ने घर दिईन । अनि अमूल्य आफ्नो माया दिएर राखिन । राखेकीछिन् !  यी सबैसबै खबरहरु, जानकारीहरु मैले अखबारहरुमा पढेर नै थाहा पाएको हो । तर उनी एक महान ब्यक्तित्व हुन भन्ने धारणा चाँहि फगत अखबारहरु पढेर बनाएको हैन मैले । मैले उनका अन्तरवार्ताहरु पढ्दा र हेर्दा उनको मनोविज्ञानलाई पनि सँगसँगै बुझ्ने यत्न गर्दै आएको छु । र मेरा बुझाईहरु भन्दछन् – दिलशोभा सपाट छिन् । सफा छिन् । महान हृदयकी खानी हुन् उनी ! ...

म र मेराे झाेले अभियान :)

पौने चार बर्ष पहिले मध्य साउन मासको एक दिन म चौराखेतको ओरालो झर्दै थिएँ, चौरको फाँटमा अन्तिम हल रोपाइँको काम चल्दै थियो । मेरा आँखा शिबालय मन्दिर नेर ओरालोबाट माथितिर आउँदै गरेको एक जना भाईमा गएर ठोक्किए । त्यो भाई जसलाई म सानैदेखि कलमकापी दिने गर्थेँ । उसले प्रवेशिका उत्तीर्ण गरेको एक महिना हुँदै थियो । ऊ नेर पुगेपछि मैले मेरो मोटरसाइकलको ब्रेक लगाएँ । डोको छड्के पारेर बोकेको थियो उसले । झण्डै विशिष्ट श्रेणीको अंक ल्याएर प्रवेशिका पास गरेको उसलाई मैले बधाई दिएँ । उसले मुस्कुराएर धन्यवाद भन्यो । उसका केही साथीहरु उच्च शिक्षा अध्ययनका लागि बजारतिर भर्ना फाराम लिन गएको देखेको मैले उसलाई भने त्यहाँ देखेपछि आश्चर्यतापूर्वक सोधेको थिएँ – भाई अब एघार चाँहि कहाँ पढ्ने बिचार गरेका छौं ? ऊ निशब्दः रह्यो ! मैले धेरै बल गरेपछि उसले भन्यो – “दाई, अब पढाई अगाडि बढ्दैन जस्तो छ । आमाले अब यहाँसम्म पढाईदिए त्यहाँभन्दा उता त गार्हो हुन्छ मलाई भन्नुहुन्छ ।” निशब्दः हुने पालो अब मेरो थियो । म चुपो लागेँ । र, मोटरसाइकल अगाडि बढाउँदै गर्दा मैले अलिपर पुगेको उसलाई हेरेर बोलेँ – “बिदुर, पाठ्यपुस्तक किन्न...

You and Snow

In Norwegian Du og snøen   Du og  snøen  Begge er hvite  Yup, hvit --   I betydningen av   Ingen dårlig er med deg!   Snow - at jeg liker det mye,  Du - som våger ikke å like deg?  Så jeg  Du og snøen  Jeg er fortsatt forvirret!  In English Version)   You and the Snow  You and the snow  Both of you are white Yup, white - In the sense of No bad is with you! Snow - that I like it much, You - who dare not to like you? So do I You and the snow I'm still confused! 

परेली खजाञ्जी, नेट ब्याङ्किङ् र मेरा पन्ध्र महिना

तस्वीरः गुगल :) ”भगवान कसम, त्यति राम्रा परेला भएकी केटी मैले अहिले सम्म देखेको पनि छैन, देख्न पनि नपरोस् !” – हामीसँगै भर्खर भर्खर फिनल्यान्ड पढ्न आएको एक मित्रले बैङ्क खाता खोलेर आएको दिन मेरी बास्सैको ‘खड्काजी' को शैलीमा बैङ्ककी खजाञ्ची युवतीको परेलाको तारिफ गर्दै सुनाएका थिए । सुन्नेमा एउटा म पनि थिएँ, मेरो त्यतिन्जेलसम्म बैङ्क खाता थिएन । प्रथम वर्षको म पनि विलखबन्दमा थिएँ, निर्णय लिन नसकेर कि खाता कुन बैङ्कमा खोल्ने ! दोश्रो वर्षका विद्यार्थीहरू प्रायःको खाता त्यही बैङ्कमा रहिछ । अर्थात उही परेला राम्री भएकी युवतीले काम गर्ने बैङ्कमा । अतएवः ईश्वीसन् २०१२ को सेप्टेम्बरको पहिलो हप्ता निख्रिदै गर्दा म पनि त्यही बैङ्कमा नै खाता खोल्नको लागि गएँ ।  निवासमा खजाञ्ची युवतीका राम्रा र तिखा परेलाका बारेमा निकै चर्चा भएकाले, ममा त्यो युवती हेर्ने उत्कट चाहना थियो । सौभाग्यवशः मैले खाता खोल्दा मलाई सहयोग गर्ने कर्मचारी त्यही युवती थिई जसका ठाडा ठाडा परेका खेलौना गुडियाका जस्ता परेला थिए । त्यो दिन खाता खोल्दै गर्दा उसँग भएको वार्तालापमा भन्दा मेरो ध्यान उसकै परेला एकदमसँगले आकर्षि...

एउटा त्यस्तो मित्र, जो बसिरहेछ दीलभित्र

२०१२ को सेप्टेम्बरको दोश्रो सप्ताह हुनुपर्छ त्यो - म हेलसिन्कीबाट ४० कि.मी उत्तर पश्चिम अवस्थित यारभेनपा बस्थेँ । नेपालबाट अध्ययनका लागि फिनल्यान्ड आएको त्यस्तै दुई हप्ता चल्दै थियो । मेरो बसोबासको ब्यवस्था सबैजना नेपालीहरूसँगै एउटै अपार्टमेन्टमा थियो । अपार्टमेन्टका तीन कोठामा दु ईदु ई  जनाका दरले बस्ने ब्यवस्था थियो । मसँग त पहिले नै कोठेसाथीको व्यवस्था थियो, हाम्रो कोठासँगै टाँसिएको अर्को कोठामा एकजना आ ई पुगेको थिएन । र, त्यो युवा सेप्टेम्बरको दोश्रो सप्ताहको एक दिन उसको एकजना फिनिस साथीको कारमा आफ्ना झिँटिगुम्टा लिएर टुप्लुकियो - यारभेनपामा ! लामो लामो कपाल, तिन्याउरो शरीर बोकेर फुकीढल प्राणी त भन्न नमिल्ने खाले तर करिब उस्तैउस्तै स्वरूपको प्राणी लाग्यो ऊ, मला ई  ! नमस्कारको आदानप्रदान बाहेक केहि पनि भएन । उसले धेरै केहि पनि सोधेन । अलिअलि मैले र अरूहरूले सोध्यौ‌ । विगत चारवर्षदेखि फिनल्याण्डमा बस्दै आएको उसले हामीहरूला ई  घुलमिलको लागि सुबिस्ताको वातावरण बनाउँछ कि भन्ने लागेको थियो, तर शुरूकै दिनमा उसको खुलेर नबोल्ने बानीले मला ई  निराश बनायो । मैले हतप्रद...

मेरा प्रिय तीन बाल सखाहरू, तीन प्रेरकहरू !

शितल । तस्बीरः उनको फेसबुक अल्बर्ट हब्बर्डले भनेका छन् – साथी भनेको त्यो हो जसलाई तिम्रो बारे सबै थाहा हुन्छ, र पनि माया गर्छ ! ( “A friend is someone who knows all about you and still loves you.”  ―  Elbert Hubbard )  हो, म मेरा तीनै तीनसाथीहरुका बारेमा लेख्तैछु जो सँग मेरा जीवनका स्वर्णीम पलहरु ब्यतित भएका छन । जो सँग म ठुस्केको छु । जो मसँग ठुस्केका छन । ठुस्काई एकै निमेश पनि लम्बाउन सकेको छैन र फेरि कुद्दै उनीहरु कहाँ म पुगेको छु । दौड्दै उनीहरु म भएको ठाउँमा आएका छन । ती तीनै साथीहरू जसलाई मेरा उज्याला पक्षहरु थाहा छ, जसको अँध्यारा पक्षहरु म जान्दछु । जसका उज्याला पाटाहरु मेरा यादमा झल्झल्ती आउँछन् जो मेरा अँध्यारा पाटाहरुलाई पनि स्वीकार गर्दछन् । मैले जिद्धी गर्दा मेरा जिद्धीहरु सहर्ष स्वीकारेका छन उनीहरुले ! म एकछिन चुपो लाग्दा किन निराश भएको ? किन नबोलेको भनेर उनीहरुलाई पिडा हुने गथ्र्यो ! जो मभन्दा अरुसँग बढि बोलेका दिन मलाई दुख लाग्थ्यो ! जलन हुन्थ्यो ! अब्यक्त पिडा हुन्थ्यो ! सायद उनीहरुलाई पनि त मलाई जस्तै नै हुन्थ्यो होला नी !   केस्रा केस्रा गर...