Skip to main content

Posts

मैले मेरो बा फिर्ता पाएँ

  आठ बर्ष पहिले संसदिय निर्वाचनको छेकोमा मैले बालाई फोन गरेको थिएँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रहेथ्यो,  त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, "बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो ।" "चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ ।" फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान गर्न सक्थेँ ।  पक्कै पनि अत्यन्तै धेरै खुशीले बाको मुहार धपक्कै बलेको हुनुपर्छ । दुई मिनेट चौतिस सेकेण्डको कुराकानीमा मैले अन्तिम प्रश्न गरेँ, "बा, जितिन्छ त चुनाव?"  बाले एक क्षण पनि नसोची उत्साह अनि थोरै आशङ्का भरिएको आवाजमा भन्नुभएथ्यो,” जितिएला नी!” चुनाव भो, बाले चुनाव पनि  जित्नुभो । दुई चरणमा भएको त्यस निर्वाचनको समयमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको आफ्नै पिताजी उम्मेदवार भएको निर्वाचन क्षेत्रको मतगणना पनि अर्को चरणमा निर्वाचन हुने अन्य निर्वाचन क्षेत्रको मतदान सम्पन्न भैसकेपछि मात्र सँगै हुने भएकाले म छिट्टै फिनल्याण्ड फर्किएथेँ । म फर्किनुको अघिल्लो साँझ, बाले मलाई, “अब ३ हप्ताको कुरो न हो बाबु, नतिजा आएपछ...

बर्षको अन्तिम बिजुली पत्र

प्रिय मित्र,  तपाइँको बिजुली पत्र पाउँदा साथ तपाइँलाई पत्रको जवाफ छिट्टै दिनेछु भनि मैले लेखी पठाएको इमेल पनि अब एक महिनाभन्दा बढि पुरानो भैसकेछ । थाहा छैन् मानिस किन कुन परिबन्धमा परिबस्छ? सायद यस्तै केहि परिबन्धमा म पनि परि बसेँ कि ? म पनि त आखिर मानिस न परेँ !  तर आज डिसेम्बर ६ तारिख बडो गज्जपको दिन जुरेछ, तपाइँलाई पत्रको जवाफ लेख्न बसेको दिन, यो सामान्य दिन मात्र हैन् फिनल्याण्डका नागरिकहरूका लागि, आज यिनीहरूको मुक्ति दिवस् । अर्थात रसियनहरूको शासनबाट फिनिसहरूले मुक्ति पाएको दिन ! आज यहि फिनिश स्वतन्त्रता दिवसको अवसरमा अस्तव्यस्तपूर्ण जीवनशैलीबाट अलिकति छुटकारा लिएर यो पत्र लेख्न बस्दैछु । करिब एक महिना पहिला म चालिसौं बर्षमा प्रवेश गरेँ । त्यसको हप्ता दिनपछि तपाइँको पनि त्यहि नै अवस्था भो । हामी दामली भएकाले पनि एकै समयमा बडो विचारणीय र उस्तै प्रकृतिका अनुभूतिहरू गरिरहेका हुन्छौं भन्ने मेरो ठनाइ छ । मैले उमेर बढ्दै गएपछि स्वतःस्फूर्त रूपमा परिपक्वता बढ्दै गएको हो कि भन्ने भान हुन थालेको छ । जस्तो उमेरसँगै भावनालाई काबुमा ल्याउन सकिन्छ भन्ने मेरो बुझाई रहेको छ । अलि पहिलेक...

भान्ता ट्राम: महत्वाकांक्षा कि व्यवहारिक परियोजना ?

✍ शेखर आचार्य सम्भवतः भान्ता नगरपालिकाको धेरै बासिन्दाहरु भान्ताको आफ्नै ट्राम  चलाउने महत्वापुर्ण र महत्वाकाक्षी परियोजना  बारेमा जानकार भइसक्नुभएको छ होला। यो परियोजना अन्तर्गत भान्ता नगरपालिकाभित्र अबको केहि वर्षमा लगभग १७ कि मि दुरीको ट्राम   सेवा सुचारु  हुने छ।  विशेषगरी तिक्कुरिला ट्रेन बिसौनी, पुस्तकालय र kielotie क्षेत्रमा भैरहेको निर्माण कार्यले ट्राम निर्माण कार्यको प्राथमिक चरणका काम झल्काउँछ।   भान्ता  नगरपालिकाले ट्रामलाइ एउटा गौरबको आयोजनाको रुपमा चित्रण गरेको छ, र बास्तबमै एउटा आधुनिक र उन्नत सहरको मापकको रुपमा ट्रामले राम्रो भूमिका खेल्न सक्दछ भन्ने बारेमा सायद कसैको बिमति नहोला । विश्वका विभिन्न ट्राम  संचालित शहरहरुको उदाहरण हेर्ने हो भने पनि सवारी साधनका बिकल्पमा ट्रामलाइ उत्तम मानिएको छ । ट्रामकै कारणले हाम्रै फिनल्याण्डको  ताप्म्पेरेको लोकप्रियता बढ्नु र  सबभन्दा आकर्षक शहरको रुपमा  चित्रित हुनुले फिनल्याण्डकै सन्दर्भमा पनि सकारात्मक प्रभाबहरु देखिनछन । र, यो उदाहरण यहाँका योजनाकारहरुका लागि...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

राजा आऊ, देश बचाऊ !

नौ महिना पहिले जन्मेको हाम्रो छोरो घुँडा टेकेर अगाडि हैन्, पछाडी सर्न थालेपछि मैले प्रचण्ड नामका कम्युनिष्ट नेताको खुब याद गर्ने गरेको छु । कामरेड प्रचण्ड यस्तरी पछि सर्नुलाई स्वभाविक मान्दैनन् । यस्तो अवस्थाको उनी घोर विरोध गर्छन्, र भन्छन् - यो प्रतिगमन हो । यस्तो गर्ने व्यक्ति प्रतिगमनकारी । कामरेड प्रचन्नका कुरा मान्ने हो भने मैले मेरो छोरोलाई प्रतिगमनकारीको संज्ञा दिनुपर्ने हुन्छ ।  तर मैले कामरेड प्रचन्नका तिलस्मी कुराहरूमा विश्वास कहिल्यै नगरेकाले उनको परिभाषाको प्रतिगमन मेरा लागि चाँहि अग्रगमनको पूर्वतयारी हो। अतः हाम्रो छोराले पछाडितिर घस्रिदै जानुलाई प्रतिगमन नभएर अग्रगमनको तयारीको रूपमा लिएको छु ।  भन्न त मानिसहरूले भनेका छन्, कि विशेषतः कम्युनिष्ट भनेर चिनिन रूचाउनेहरू ज्यादातर नेतागणहरूमा फोस्रो आडम्बरपूर्ण जीवन शैली हावी भएको छ । मैले पनि बुझेको छैन् कि अमेरिकी अर्बपतिहरूले समेत अपनाउन लज्जा महशुस गर्ने जीवनशैली यि साम्यबाद ल्याउने सपना बाड्ने नेपाली कम्युनिष्टहरूले बेसरम अपनाएका छन् । तर किन कसैले यिनीहरूलाई अझै बुझाउन सकेको छैन कि जनताहरूलाई तन्त्रप्रति हैन तिम...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...