Skip to main content

Posts

फूलहरुको शहरमा एकदिन

फूलको बगैंचा घुम्न जाने प्रस्ताव जो कोहीका लागि सर्वस्वीकार्य प्रस्ताव हुन सक्दछ । त्यसकारण पनि यस्ता प्रस्ताव मेरा लागि अस्वीकार्य प्रस्ताव हुनै सक्दैनन् । अप्रिल २४ का दिन एउटा यस्तै प्रस्ताव थियो मलाई । लुभेन बेल्जियममा बस्दै आउनुभएका एकजना दाजु नारायण पौडेल मार्फत दाई बिष्णु थापा र मेरो लागि पनि टिकट बुक भैसकेको थियो । साथमा थिए साथी रमेश पौडेल । नातामा मेरा दाई र ब्याबहारिक हिसाबले मेरा साथी झलक दाइसँग म लक्जमबर्ग घुम्न निस्कनु अगाडि नै नारायण दाजुले यो सुन्दर प्रस्ताव राख्नुभएको थियो । तसर्थ हर हालतमा म अप्रिल २३ भित्रमा लुभेन आइपुग्नु पर्ने थियो । र, म २३ अप्रिलमै लुभेन फर्किसकेको थिएँ । २४ अप्रिलको बिहान बिष्णु दाई र म हामीलाई बोलाइएको स्थानमा पुग्यौं । तीन वटा बस लहरै मिलाएर राखिएका थिए । मलाई अचम्म लाग्यो र सोधेँ — हैन दाई, तीन तीन वटा बस किन राखेका हुन यहाँ ? पछि थाहा लाग्यो लुभेन शहरमा बस्दै आएका थुुप्रै नेपालीहरु त्यो बिश्व प्रसिद्द फूलको बगैंचामा जादैँ रहेछन् । यसो चिहाएर हेरेको अलिकति नेपाली दाजुभाईहरु जम्मा भैसकेका थिए । एकै ठाउँमा नेपालीको जमघट देख्दा कताकता न...

जहाजभित्रबाट एउटा ब्लग पोष्ट

पर्यटन वर्ष मनाइरहेको मेरो देशमा राष्ट्रिय ध्वजाबाहक बिमान कम्पनीको कन्तबिजोगका समाचारहरू पढेर म कति दुखित बन्दै आएको छु, त्यो म यहाँ ब्यक्त गर्न सायदै सकुँला । तर त्यही अभागि देशबाट विकासको चरमतालार्इ अंगालिरहेको नर्वेमा विगत ८ महिनादेखि रहँदै आएको मैले यहाँको नर्वेजियन फ्लाइटको बोइङ B737-800W उडान नं DY 245, ट्रोम्सोदेखि वश्लोको उडान भरिरहेको जहाजभित्रबाट यो ब्लग अपडेट गर्न पाउँदा समेत खुशि ब्यक्त गर्न सकिरहेको छैन । आखिर कहिले आउँला यस्तै दिन हाम्रो विमान कम्पनीको पनि ?

देश, खनाल र चौधरीहरु

देश हाँक्ने ठेक्का पाएकाहरुका गलत अभ्यासका बारेमा धेरैले थुप्रै मसि बगाए, मैले पनि जानी नजानि केहि लेख्ने प्रयास गरे हुँला । तर लाग्दैछ, जति लेखे पनि शासकहरुको मति बिग्रेपछि इन्द्रेको बाउ चन्द्रेको पनि केहि नलाग्दो रै’छ ! चित्त बुझ्ने काम फिटिक्कै गर्दैनन् गाँठे, बाहिर सपाट चरित्र देखाउन खोज्छन् भित्र सर्वाङ्ग नांगा छन् । यिनको यो गतिछाडा र टीठलाग्दो व्यवहार देख्दा म आफैदेखि उदेक लाग्न थाल्छ । अनि यसो सोच्छु, यी हुँडारहरु हुन् यीनले हामी निम्छरा जनताहरुलाई प्रजाबाट उठेर स्वाभिमानी नेपाली नागरिक भएर उठ्न कहिल्यै नदिने भए । न आफू गर्छन, न केहि सपार्न चाहनेलाई काम गर्ने वातावरण बनाइदिन्छन् । हुँदा हुँदा पत्रकारिताका नाममा मुखपत्र चलाइरहेका केहि बज्रस्वाँठहरु तीनका गलत काम सहि हो भनि प्रमाणित गर्न भगिरथ प्रयासमा समेत लागिपर्छन । प्रसंग रामेश्वर खनालका बारेमा उठाउन खोजिरहेछु म । उनका कामका बारेमा म हिजोसम्म बेखबर थिएँ । केहि उल्लेखनीय र सबल उनका कदमका बारेमा मैले आजभोली सुन्न पाइरहेको छु । हिजो उनका असल कदमका बारेमा पत्रिकाहरुले आवश्यक कभरेज गरेनन त्यसैले म बेखबर थिएँ, अकस्मात उनको राजीनामा...

एस.एल.सी, ब्यापार र हरिलठ्ठकहरु

एस.एल.सी अर्थात प्रवेशिका, एउटा बिधार्थीका लागि बिधार्थी जीवनमा आउने एउटा महत्वपूर्ण खुड्किलो । कति यसलाई महत्वपूर्ण अवसर मान्छन् त कति बिधार्थीकालकै सबभन्दा ठूलो घाँडो । तथापि यसलाई महत्व नदिने सायदै कोही होला । अझ यो शैक्षिक राजनीतिमा लागेका केहि शिक्षक नामका राजनैतिक दलका कार्यकर्ताहरुलाई त आफ्नो महत्वलाई ह्वात्तै माथि उकास्ने खास चाड पनि । अरु त अरु राम्रो र गुणस्तरीय शिक्षा दिन्छौं भनी फलाक्ने नीजि बिधालयका संचालकहरुका लागि त आफूले भने अनुसारको शिक्षाको फगत नारालाई प्रमाणित गर्न प्राप्त हुने यो यस्तो एउटा अवसर कि, यसमा उनीहरुको खास केहि “ट्रिक” चलेन भने प्रवेशिकाको नतिजा प्रकाशित भएपछिको एक वर्ष दुनियाका माझ आफ्नो शान शौकत करिब करिब सबै ध्वस्त हुने मनोबिज्ञानले खेदिरहन्छ । कतिले प्रवेशिकामा ग्यारेन्टी पास गराउन सक्ने स्तरको ट्युशन सेवा दिन सक्ने आफ्ना आकर्षक विज्ञापनहरुले खास ब्यवसाय पनि गरे होलान । कोहीले भातका ब्यापार गरे सायद त कतिले रातका पनि ब्यापार ! यिनै तीता यथार्थहरुका बिचबाट यसपालीको प्रवेशिका पनि शुरु भैसक्यो । तथापि म्याग्दीमा प्रवेशिका परीक्षा सञ्चालनमा प्रयोग हुदैँ आ...

छोरी जन्मिदाको त्यो दिन !

आज हाम्री प्राणप्रिय छोरी एन्जील तीन वर्ष पूरा पुगेर चौथो वर्षमा लाग्दैछिन् । हिजो झैं लाग्छ, उनी जन्मेको, कति छिटो तीन वर्ष पार गरि सकिन सम्झेर ल्याउँदा अनौठो अनूभुति हुन्छ । मलाई सम्झना छ, उनको पहिलो वर्षको जन्मदिनको खास उत्साहप्रद रहेन, सायद म र श्रीमतीबिच केहि त्यस्तै असमझदारी रहेको हुनुपर्छ । तर दोश्रो वर्ष पार गरि तेस्रो वर्षमा लाग्दा भने छोरीको जन्मदिन भने जसरी मनाउने ब्यवस्था गरेका थियौं । र, यो उनको जन्मदिनको तेस्रो उत्सब म उनीसँग छैन, मन भरिएर आएको छ । जेहोस छोरीसँगका केहि पलहरू सम्झेर उनको जन्मोत्सब मनाउने प्रयास गरेको छु । ठिक तीन बर्ष पहिले आजकै दिन बिहानीपख १ बजेतिर मलाई श्रीमतीले कोट्याउँदै भनिन् – सुन्नुन मलाई त पेट दुख्न थाल्यो । मैले उनलाई पहिले नै सजग गराएको थिएँ कि हल्का पेटमा केहि पीडा भयो भने मलाई भनि हाल्नु, बागलुङ्बाट गाडी मगाउन सजिलो पर्छ । सायद त्यही भएर होकी सानुले मलाई कोट्याएको ! म बिस्तराबाट बिध्यूतिय गतिमा उठेँ र झटपट आमालाई उठाएँ । आमा अलि बिरामी भएका कारण हामीसँग बागलुङ जाने अवस्था नरहेकाले म ठूली आमालाई बोलाउन ठूली ...

पत्रकारहरू पनि गर्छन भ्रष्ट्रचार !

दुर्इचार वर्ष पहिलेको कुरा हो , म्याग्दीमा एउटा यस्तै घटना भयो । नेपालसमाचार पत्रका लागि म्याग्दी संबाददाता ध्रुबसागर शर्माले पुनहिल (म्याग्दीको पर्यटकिय क्षेत्र) को भनेर एउटा तस्बीर पत्रिकामा पठाउनुभएछ । तर छापिएर आएपछि ठूलो हल्ली खल्ली भयो , त्यो तस्बीर त पुनहिलको परेनछ । शर्माले गुगलमा राम्रो फोटो देखेर कम्प्यूटरमा केहि समयपहिले राखेको फोटो पुनहिलको भनेर पठाएछन् । आखिर फोटो परेछ स्वीटजरल्याण्डको ! ल हेर्नुस् त कन्तबिजोग ! एउटा जिल्लाको संबाददाताले कुन ठाउँको फोटो भन्ने कुरा निर्क्यौल नै नगरि ढ्याङ्ग जुन पायो त्यो फोटो पठाउनु हुन्छ त ? ल पठाउनेले त पठाए रे फेरि त्यो पत्रिकामा भएका कला सम्पादकहरूको काम चाँहि के हो कुन्नी ? फोटो आए भयो , जहाँसुकैको होस् पठाउनेले पठाएपछि छाप्नलार्इ के ? आखिर , पत्रिकाको विश्वसनीयता माथि प्रश्न त उठ्यो नी ? हैन र ? जैरे एउटा फोटो नचिन्ने पत्रिकाका मान्छेहरूले समाचार के चिन्लान र ? हैन र ? एकपटक मैले यहि ब्लगमा उल्लेख गरेको थिएँ , बेनीमा एउटाको नाममा प्रकाशित समाचार पोखरामा अर्कैको नाम दुरूस्तै छापिएको हुन्छ । र , झन अर्काको नाममा त्यो खबर राष्ट्रिय पत्रि...

नकाबधारी, चोरीकाण्ड र एउटा मान्छे

बेनी सानो ठाउँ, सानै खबरले पनि खुब तात्तिने गर्छ, मेरो अनुभवले यहि भन्छ । यो त घटना नै गम्भीर छ । घटनासँग सम्बन्धित भनिएका पात्रहरुको बारेमा एकखालको चर्चा बाहिर आएपछि मैले यो घटनालाई गम्भीर हैन भनेर ठोकुवा गर्न चाहिनँ । विषय जति गम्भीर छ, विषयसँग सम्बन्धित उत्प्रेरकका विषयमा भएको चर्चाले मलाई थुप्रै प्रसंगहरु उठान गर्न मन लाग्यो ।  चोरी सानो होस् वा ठूलो त्यो चोरी नै हो । र, यो एक सामाजिक अपराध पनि । पछिल्लो समय, बाबियाचौर चोरी काण्डले चोरीकाण्डमा जुन संस्थागत संलग्नता समेत रहन आएको कुरा खुलासा गरेको छ, त्यसले पक्कै पनि आम मानिसहरुको एउटा जिम्मेवार पार्टी पंक्तीप्रति नै नकारात्मक धारणा विकाश हुन गएको छ । घटनाको सतही जानकारीबाट नै एक सचेत नागरिकले निक्र्यौल गर्न सक्दछ कि लाखौंको धनमाल लुटपाट गर्नमा सानो वा कमजोर समूहले आँट गर्न सक्दैन । पक्कै पनि त्यो समूह पेशेवर हो र एउटा सशक्त समूह पनि । चोरीमा कसको के कस्तो संलग्नता थियो वा छ त्यो विषयमा भन्दा पनि घटनामा संलग्न ब्यक्तिले किन एक जिम्मेवार दलका जिम्मेवार नेताको संलग्नता समेत थियो भनेर बयान दिए सन्दर्भ बिचारणीय छ । खैर, यो विषय...